Home » Archives for May 2023 » Page 2
Monthly Archives

२०८० जेष्ठ १६, मंगलवार १२:१०

प्राकृतिक इतिहास संग्रहालय नेपालको प्राकृतिक इतिहास संग्रहालय हो। विसं २०३२ मा स्थापित यो संग्रहालय काठमाडाैंको स्वयम्भूमा अवस्थित छ। नेपालको प्राकृतिक इतिहाससम्बन्धी सामग्रीको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले यसको स्थापना भएको हो। संग्रहालयले नेपालका ५० देखि ५५ हजारभन्दा बढी वनस्पति र वन्यजन्तुकोे नमुना संकलन गरी प्रदर्शनमा राखेको छ। यो संग्रहालयले नेपालमा ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ साइटेससम्बन्धी तालिम तथा कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ।

संग्रहालयमा ५५ हजारभन्दा बढी वनस्पति तथा जनावर भएता पनि प्रदर्शनमा १० प्रतिशत मात्र राखिएको छ। बाँकी नमुना भने स्टोर रुममा थन्काएर राखिएको प्राविधिक व्यक्ति देवेन्द्र मर्हजनले बताउनुभयो। उहाँका अनुसार करिब एक सयभन्दा बढी रैथाने प्रजातिका …

प्राकृतिक इतिहास संग्रहालय अर्थात् सिंगो जंगल
0 comment
0 FacebookTwitterEmail

आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। यद्यपि यसको औपचारिक उद्घाटन जेठ २५ गते हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले केबलकारको उद्घाटन गर्नुहुनेछ।

‘जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी सञ्चालनमा आएको छ,’ अध्यक्ष ढकालले भन्नुभयो ‘जेठ २५ गते औपचारिक रूपमा प्रधानमन्त्रीबाट उद्घाटन हुन्छ।’

केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो।

कम्पनीले बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडावासीलाई केबलकार …

लुम्बिनी केबलकार सञ्चालनमा, औपचारिक उद्घाटन जेठ २५ मा प्रधानमन्त्रीबाट
0 comment
0 FacebookTwitterEmail

आजकल नेपालमा विश्वासको खडेरी देखिन्छ। नक्कली भुटानी शरणार्थीको काण्डमा कुनै किसिमको नरमी अपनाइने छैन भनेर सरकार भनि राख्छ। तर राजनैतिक दवाब परेको समाचार दिन दिनै आइराख्छ। नेपालको आईजीपी र माहान्यायाधिवक्ताको चार घण्टा सम्म भेटघाट भयो भनेर थाहा पाइन्छ। नेपालको प्रधानमन्त्री, विरोधी दलका नेता र नेपाली क्राँग्रेसका नेता भेट गरे भनेर भनिन्छ। अब यो काण्डमा अरु तानिनु हुन्न भनेर काण्डको जाँचबुझ नै चाँडै टुङ्गयाउने कुरा निस्कन्छ। कति मानिसको नाउँ आएको तर प्रमाण फेला नपरेकोले नसमातिएको भन्ने खबर प्रहरीबाट नै जानकारी आउँ छ। ठुला ओहदामा बसेका मानिसहरू समातिए पनि हथकडी नलगाइएको कुरा सर्वव्यापी रूपमा भनिन्छ।

हुन पनि यो काण्ड त्यति कै भासभुस …

0 comment
0 FacebookTwitterEmail

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको छ । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड स्रोत व्यवस्थापन गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो।

यस्तै ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुने स्रोतमध्ये वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गर्नु भएको छ।

यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब तीन अर्ब २६ करोड रुपैयाँ अर्थात ८८ प्रतिशत खर्च हुने संसोधित अनुमान सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने अनमुान थियो। कूल सरकारी खर्च मध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ …

0 comment
0 FacebookTwitterEmail

 

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

सरकारले पारित गरेको बजेट केहीबेरमा राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट पारितआगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
0 comment
0 FacebookTwitterEmail

भारतको मणिपुरमा कुकी र मैतेई समुदायबीच आरक्षणलाई लिएर करिब महिनादिनयता हिंसा जारी छ। आइतबार फेरि एकपटक राजधानी इम्फालनजिकका सेरौ र सुगुन इलामा हिंसात्मक झडप भएको छ। झडपमा परी १ प्रहरीसहित ५ जनाको मृत्युको भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यस्तै १२ जना घाइते भएका छन्। ३ मेदेखि जारी हिंसामा अहिलेसम्म ८० जनाको ज्यान गइसकेको छ।

आइतबार मात्रै प्रहरीले ४० जनाको इनकाउन्टरसमेत गरेको छ। मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले यसको पुष्टि गरेका छन्। उनले इनकाउन्टरमा मारिएकाहरू आतंकवादी भएको बताएका छन्। उनका अनुसार आतंकवादीले आमनागरिकको स्वतन्त्रताविरुद्ध एम–१६, एके–४७ असल्ट राइफल र स्नाइपर गन प्रयोग गरेका थिए।

मणिपुरमा कुकीले जनजाती मैतेई समुदायलाई एसटीको दर्जा …

भारतको मणिपुरमा जातीय हिंसा झन् भड्किँदै, ८० जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

आजको मन्त्रिपरिषद् बैठक  दिउँसो २ बजे बस्ने भएको छ।

आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस हुनेछ।

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्दैबजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्दै
0 comment
0 FacebookTwitterEmail

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

बिहानैदेखि डिल्लीबजार कारागारबाहिर भेला भएका उनका समर्थकले उनलाई अबिर र फूलमाला लगाइदिएर स्वागत गरे। कारागारबाट रिहा भएपछि पत्नी एवम् भूमिसुधार …

0 comment
0 FacebookTwitterEmail

आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो। सो घोषणाको अवसरमा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने गरिन्छ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । यस्तै विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि …

आज गणतन्त्र दिवस
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved