‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने उक्ति अहिले नेपाल सरकारको सोच र गतिविधिसँग मिल्दोजुल्दो छ । बाँकेको लक्ष्मणपुर बाँध र यसले पारेको प्रभावका विषयमा वर्षौंदेखि आवाज उठाइँदै आइएको छ तथापि त्यसको सुनुवाइ कहीँ कतैबाट हुन सकेको छैन । यो सबाल सरकारलाई थाहा नभएको पनि हैन तर जसका सामु जुन तरिकाले सबाल उठान र सम्बाेधनकाे पहल गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । ३ दशकदेखिको समस्या एकातिर छँदै थियो, पछिल्लो चरण अर्को समस्या पनि थपिएको छ, भारतद्धारा सीमानजिकै बनाइएको ’बाँधजस्तो सडक’ । तटवन्ध जस्तो देखिने सडक बारे मीडियामार्फत सार्वजनिक भए पनि कराउने फेरि हराउने जस्तै भयो । यतिबेला प्रधानमन्त्री पुष्पकमल …
