Home » Archives for August 2023 » Page 7
Monthly Archives

२०८० श्रावण ३०, मंगलवार १४:१०

राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिइभिटी पुनः सञ्चालनको माग गर्दै मेडिकल शिक्षा व्यवसायी विभिन्न १४ बुँदे मागसहित आन्दोलित भएका छन्।
ऐनका कारण नेपालमा मेडिकल शिक्षा पढाउने २२८ शिक्षण संस्था बन्द हुनुका साथै वार्षिक करोडौं रुपैयाँ बिदेसिएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति गठन गरी लुम्बिनी प्रदेशका व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन्।

संघर्ष समितिले बुटवलमा पत्रकार सम्मेलन गरी सिटिइभिटीअन्तर्गतको प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १३७, स्टाफ नर्स ७३, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ ८ वटा शिक्षण संस्था गरी २२८ वटा शिक्षण संस्था बन्द भएको बताएको छ।

नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज …

मेडिकल शिक्षा अध्यापन गराउने २२८ संस्था बन्द भएपछि १४ बुँदे मागसहित व्यवसायी आन्दोलित
0 comment
0 FacebookTwitterEmail

नेपाली परम्परामा जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने कुनै चिज छ भने त्यो फूल हो। यसै पनि फूललाई शान्त तथा सुन्दरताको प्रतीक मानिन्छ। कसैलाई उपमा दिँदा पनि फूल प्रयोग भएको पाइन्छ– फूलजस्तै मान्छे, फूलजस्तै कोमल, फूलझैं निष्पाप आदि–इत्यादि।

समयक्रमसँगै फूलको आयातन फैलिएको छ। आफ्नो रुचिका लागि बगैंचादेखि कौसीसम्म फूल रोप्ने मानिस छन् भने कतिले यसलाई व्यवसाय पनि बनाएका छन्। जस्तो धनकुटा औरखौलेका रोहितराज सुवेदीले बनाउनुभएको छ।

किसानी परिवारमा जन्मिएका सुवेदीले सानैमा बुवा गुमाउनुभयो। त्यसपछि पारिवारिक अवस्था पनि बिग्रन थाल्यो। त्यसलाई भरथेग गर्न सुवेदी पढाइ बीचमै छोडेर घरबाट भाग्नुभयो।

सुरुमा गाउँकै चिनेका दाइसँग विराटनगर पुग्नुभयो सुवेदी। त्यहाँ उहाँले माडेको पसलमा काम गर्नुभयो। कामचाँहि …

निरन्तरको संघर्षपछि सफल बनेका रोहित, टनेल नसर्रीबाटै मासिक २ लाख कमाइ
0 comment
0 FacebookTwitterEmail

कुनै समय थियो– गाउँमा सबैका गोठमा दुहुना गाईभैँसी पालिएका हुन्थे। दूध काठका भाँडामा जमाइन्थ्यो। काठकै भाँडामा मोही पारिन्थ्यो। तर, पछिल्लो समय काठका भाँडाकुँडा विशेषगरी ठेकी प्रयोग लोेप हुँदै गएको छ। प्लास्टिकका भाँडाको प्रयोेग बढ्दै गएपछि काठद्वारा निर्मित ठेकीमदानी लोप हुने अवस्थामा पुगेका छन्। अर्थात् प्लास्टिकका भाँडासँग परम्परागत ठेकी हानुपर्ने अवस्था आएको छ।

यसरी काठका ठेकी लोप हुँदै जानुमा काठको अभाव र खर्च बढी भएको जानकारहरू बताउँछन्। साथै सरकारले यस्ता घरेलु सामानलाई प्रोत्साहन गर्न नसक्दा पनि लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

समय फेरिँदै गएको छ। समय फेरिएको पनि के भन्नु ? मान्छेका आवश्यकताहरू बढ्दै गए। सुख खोज्न कोही परदेसिए …

प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी
0 comment
0 FacebookTwitterEmail

राम्रो काम गर्नेलाई टिक्नै नदिने र विभिन्न बहानामा पद खोस्ने प्रवृत्तिको शिकार हुनुभएको छ निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी। मोदीलाई माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार फिर्ता बोलाएको थियो। समग्र कर्मचारी प्रशासन र मन्त्रालयका कृयाकलापमा सुधारका काम थालेका मोदीलाई आफ्नै पार्टीका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  फिर्ता बोलाएर उहाँको स्थानमा जनमत पार्टीकी अनिता देवीलाई ल्याउनुभएको हो।  सोमबार बिहान १० राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथग्रहण गरेसँगै मोदीको कार्यभार अनितादेवीको काँधमा सरेको छ।  प्रधानमन्त्री प्रचण्डले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा आफ्नै पार्टीका युवा नेता अमनलाल मोदीलाई नियुक्त गर्नुभएको थियो।

राजनीतिक सौदाबाजीमा नअलमलिइकन कर्मचारीतन्त्रलाई जनमुखी र

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्य र कर्मचारीका लागि खरिद गरेको विद्युतीय चुलो २१ जना सांसदले बुझेका छन्।

विद्युतीय चुलो बुझ्नेमा कोशी प्रदेश सरकारका दुई पूर्वमन्त्रीसमेत रहेका छन्। माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता एव पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बो र एमाले नेता एव पूर्वसामाजिक मन्त्री बुद्धीकुमारराज भण्डारीसमेत रहनुभएको छ।

प्रदेश सरकारले प्रदेशसभा सदस्य र कर्मचारीका लागि विद्युतीय चुलो खरिद गरी वितरण गर्न थालेपछि कतिपय प्रदेश सभासदस्यले त्यसको विरोध गरिरहँदा पूर्वमन्त्रीहरुले नै विद्युतीय चुलो बुझेर लगेको पाइएको छ।

कोशी प्रदेश सचिवालयका अनुसार गएको साउन १५ गतेदेखि आइतबारसम्म प्रमुख तिन दलका २१ जना सांसदले चुलो बुझेका छन्। आइतबारसम्म चुलो …

कोशी प्रदेश सरकार : सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको विद्युतीय चुलो खरिद
0 comment
0 FacebookTwitterEmail

विश्वभरिको भाषाको विवरण राख्ने र अन्य भाषाहरूसंग तुलना गर्ने वेबसाइट languagecomparison.com काअनुसार विश्वभर लगभग एक करोड ४१ लाख मानिसले संस्कृत बोल्छन्। अन्य प्राचीन भाषाहरूका तुलनामा यो निकै ठूलो संख्या हो। यसभन्दा पनि महत्वपूर्ण तत्थ्य के छ भने विश्वभरि नै विगतका तुलनामा संस्कृत बोल्ने, लेख्ने र संस्कृतभाषामा साहित्य सृजना गर्ने जनसंख्या बढ्दो छ।

तर प्राचीनतम संस्कृतभाषाप्रति सर्वसाधारण र विद्वानहरूको अभिरुचि किन बढ्दो छ ? विश्वभरीका भाषाविदहरुले सोच्ने पर्ने भएको छ। अक्सफोर्ड विविमा संस्कृतका प्राध्यापक सेलडोन पोलोकले आफ्नो संस्कृत सम्बन्धि कार्यपत्रमा १९९०को दशकमा संस्कृतलाई “मृतभाषा” भनेपछि भारतसहित नेपापाली संस्कृत प्रेमीहरूमा निकै हलचल मचिएको थियो। आज ठीक ३० वर्षपछि संस्कृतभाषीहरूको बढ्दो जमातले तिनको …

सिक्नै र जान्नै पर्ने संस्कृत भाषा
0 comment
0 FacebookTwitterEmail

पाकिस्तानी वरिष्ठ पत्रकार जान मोहम्मद महरको मृत्यु भएको छ। सिन्ध प्रान्तको सुकरमा भएको सांघातिक हमलामा उहाँलाई अज्ञात व्यक्तिले नजिकैबाट गोली प्रहार गरेका थिए। उहाँको मृत्यु १३ अगस्टमा भएको हो।

हत्याको सत्यतथ्य जाँच गर्न तथा आक्रमणकारीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय पत्रकार संगठन आइएफजेले माग गरेको छ।

आइएफजेका अनुसार पत्रकार तथा कविस टेलिभिजनका सुकर ब्युरो प्रमुख महरलाई अगस्ट १३ को राति कार्यालयबाट घर फर्किने क्रममा गोली प्रहार भएको थियो। अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उहाँ आफ्नो गाडीभित्र रहेको उहाँका सहकर्मीको भनाइ छ।

महरलाई सुरुमा सिभिल अस्पताल लगिएको थियो भने पछि त्यहाँबाट एक निजी अस्पतालमा सारिएको थियो। त्यहीँ उहाँको मृत्यु भएको हो।

सुकर प्रहरीले …

0 comment
0 FacebookTwitterEmail

अहिले गोलभेंडाको मूल्य अकासिएको छ। जसले गर्दा भान्सासमेत थप महँगो बनेको छ। बजारमा उच्च माग र आपूर्ति कम हुँदा एक्कासि गोलभेंडाको मूल्य बढेको व्यापारीहरू बताउँछन्। महिना दिनअघि करिब २५ रुपैयाँ किलोसम्म पाइने गोलभेंडा अहिले डेढ सय रुपैयाँसम्म पुगेको छ।

कालिमाटी तरकारी तथा फलफूल बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार गत असार २ गते गोलभेंडा लगभग ९५ टन जति भित्रिएको थियो। त्यस्तै साउनको तीन साता (२०–२२) ३७ टनमा झरेको थियो। अहिले ६१ प्रतिशत कम आयात भइरहेको छ।

जेठ र असार पहिलो साता किसान तथा व्यापारीले गोलभेंडाको प्रतिकेजी दुई रुपैयाँ पनि नपाएपछि कालीमाटीमै गोलभेंडा फालेर विरोध प्रर्दशन गरेका थिए। तर अहिले …

किन बढ्यो गोलभेंडाको मूल्य?
0 comment
0 FacebookTwitterEmail

च्याट जिपिटी डेभलप गर्ने कम्पनी ओपन एआई आगामी वर्ष टाट पल्टिन सक्ने आकलन गरिएको छ। एनालिटिक्स इन्डिया म्यागेजिनको एक रिपोर्टअनुसार च्याट जिपिटी चलाउन कम्पनीले अहिले दैनिक ७ लाख डलर खर्च गरेको छ।

रिपोर्टअनुसार ओपन एआई तीव्र गतिमा आफ्नो फाइनान्सियल रिसोर्समा काम गरिरहेको छ। तर जिपिटी–३.५ र जिपिटी–४ का लागि पेड सर्भिस सुरु गरेपछि यसको लागत उठाउन सक्ने गरी आम्दानी गर्न सकेको छैन।

माइक्रोसफ्टको लगानीबाट चलिरहेको कम्पनी

रिपोर्टका अनुसार ओपन एआईमा माइक्रोसफ्टले १० अर्ब डलर लगानी गरेका कारण नै कम्पनी अहिले चल्न सकेको हो। ओपन एआईले सन् २०२३ मा २० करोड डलर वार्षिक आम्दानी हुने आकलन गरेको छ। यस्तै आगामी वर्ष …

टाट पल्टिन सक्ने खतरामा च्याट जिपिटी डेभलपर कम्पनी ओपन एआई
0 comment
0 FacebookTwitterEmail

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ।

सम्झौतापछि बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले समबन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले वीरगन्ज पर्सामा रहेको मंगलम डाइग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत छुट पाउने बैँकले जनाएको छ। यस्तै, सिमरा बाराममा रहेको होटेल क्विक–२० एन्ड रिभर साइड प्रालिका सेवामा अधिकतम १० प्रतिशत, हेटौँडा मकवानपुरमा अवस्थित रेगल हेटौँडा रिसोर्टमा १५ प्रतिशतसम्म, धनगढी कैलालीस्थित निसर्ग हस्पिटलमा अधिकतम २० प्रतिशत छुट पाउन सक्ने बताइएको छ। यसैगरी हेटौँडाकै विशुद्ध मोचोचामा १० प्रतिशत …

महालक्ष्मी विकास बैँकका ग्राहकले विभिन्न संस्थाको सेवामा २० प्रतिशतसम्म छुट पाउने
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved