जर्मनीको मन्त्रिपरिषद्ले बुधबार गाँजाको प्रयोग र खेतीलाई कानुनी मान्यता दिने विवादास्पद विधेयक पारित गरेको छ। यस विधेयकको उद्देश्य गाँजाको कालोबजारीलाई रोक्नु रहेको छ। हानिकारक पदार्थको प्रयोगलाई रोकेर यसका ग्राहक संख्यामा पनि कमी ल्याउन सकिने बताइएको छ।
कानुन पारित भएपछि १८ वर्षभन्दा माथिका वयस्कहरूले तोकिएको ठाउँबाट प्रतिमहिना २५ ग्रामसम्म गाँजा प्राप्त गर्ने सक्नेछन्। साथै नयाँ कानुनअनुसार व्यक्तिगत प्रयोगको लागि घरमा अधिकतम तीनवटा गाँजाका बिरुवासमेत रोप्न अनुमति पाउने छन्।
जर्मनीमा, चान्सलर ओलाफ स्कोल्ट्जको केन्द्र-वामपन्थी सरकारले जारी नयाँ कानुनले गाँजाको अवैध बजारलाई रोक्ने र उपभोक्तालाई खराब गाँजाबाट जोगाउने आशा गरेको जनाएको छ। यस्तै यसले न्यायिक प्रणालीको कामको बोझ पनि कम गर्ने सरकारको दाबी …
