Home » Archives for October 2023
Monthly Archives

२०८० कार्तिक १४, मंगलवार २०:३९

बाराको सदरमुकाम कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश सराफ (स्वर्णकार) हत्याको ९५ प्रतिशत अनुसन्धान सकिएको बारा प्रहरीले जनाएको छ। हत्या रुपेशकै प्रेमिका राधा गुप्ता र राधाका अर्का प्रेमी मनोज गुप्ताको संलग्नता भएको अनुसन्धानबाट खुलेको छ।

सोमबार दिउँसो करिब साढे १२ बजे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्कुल मदरसाको बिच रोडमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले दिनदहाडै सराफमाथि गोली प्रहार गरी हत्या गरेका थिए। हत्याको प्रकरणमा प्रेमिका राधा गुप्ता सहित दस जनालाई बारा प्रहरीले पक्राउ गरी बुधवार पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका …

0 comment
0 FacebookTwitterEmail

सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ, जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन्। जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ। त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन्। यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन्।- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस

 

 “तपाईँहरू आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर यो सजिलो भने छैन। स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो।”- महासचिव एन्टोनियो गुटेरेस

 “पछिल्ला केही दिनमा यो असाधारण देशको भ्रमण

0 comment
0 FacebookTwitterEmail

गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ एकै खालको भएको बताउनु भएको छ। उहाँले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभएको छ ।

उहाँले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गर्नुभएको छ । गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।”

बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उहाँले खुसी व्यक्त गर्दै उहाँले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गर्नुभयो । उहाँले विश्वभर नै जलवायु परिवर्तनले …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आर्टिफिसियल इन्टेलीजेन्स (कृत्रिम बौद्धिकता) बारे पहिलो पटक कार्यकारी आदेश जारी गरेका छन् । एआई कम्पनीहरूले अपनाउनु पर्ने सुरक्षा सूची र एआईले रोजगारीमा पार्ने प्रभाव बारेको खुलासा गर्नुपर्ने प्रमुख सर्तहरू यस कार्यकारी आदेशमा समेटिएका छन् ।

एआई नियमनबारे अमेरिकी काँग्रेसमा गहन र घनिभूत छलफल चली रहेको भए पनि यस सम्बन्धी कानुन तर्जुमा नभै सकेको अवस्थामा राष्ट्रपतिको कार्यकारी आदेशले प्रभावकारी कानुनका रूपमा काम गर्ने विश्वास गरिएको छ ।

कानुन बनाउन निकै समय लाग्ने संसदीय प्रक्रियाका कारण पनि सो कार्यकारी आदेशले एआईको कानुनी व्यवस्थाका रूपमा लामो समय काम गर्ने अनुमान गरिएको छ । एआई प्रविधिलाई नियमन गर्न बनाइएको …

एआई नियमनका लागि जारी भयो पहिलो अमेरिकी कानुन 
0 comment
0 FacebookTwitterEmail

पाकिस्तानी सरकारले बुधबारदेखि कागजातविहीन अफगानीहरूलाई गिरफ्तार गरिने र होल्डिङ सेन्टरमा राख्ने बताएपछि मङ्गलबार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् ।

सत्र लाख अफगानीहरूका लागि स्वेच्छाले पाकिस्तान छोड्न वा गिरफ्तारीबाट निर्वासनको सामना गर्ने समयसीमाको अन्तिम दिन अफगानीहरू आप्रवासी सीमामा पुगेका हुन्।

पाकिस्तानको सरकारले कागजातविहीन अफगानीले पाकिस्तान नछोडे जबरजस्ती अफगानिस्तान फिर्ता पठाइने बताएको थियो ।

पाकिस्तानको उक्त नीतिलाई काबुलको तालिबान सरकारले ‘उत्पीडन’ भनेको छ । “हजारौँ अफगान शरणार्थीहरू सवारी साधन, लरी र ट्रकहरूमा आफ्नो पालो पर्खिरहेका छन् र यो सङ्ख्या बढिरहेको छ”, तोर्खम सीमामा सरकारका वरिष्ठ अधिकारी इर्साद मोहम्मदले भन्नुभयो, “बिहानैदेखि १० हजारभन्दा बढी शरणार्थीहरू जम्मा भएका छन् ।”

सरकारले …

0 comment
0 FacebookTwitterEmail

धनुषा जिल्ला नगराइन नगरपालिका ७ का विनोद साहसहित उहाँको परिवार असार १ गतेदेखि काठमाडौँ माइतीघर मण्डलामा धर्ना बस्दै आइरहेको छ। यसरी धर्ना बस्न थालेको पनि ४ महिना भन्दा बढी भइसकेको छ।

न्यायको आशामा भौतारिएका आरतीका परिवार चौबिसै घण्टा सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहेको १३८ दिन पुगिसक्दा पनि सम्बन्धित निकायको यस विषयमा  ध्यानाकर्षण नभएको हुँदा उहाँहरू चिन्तित देखिनुहुन्छ। घटनाको विवरण अनुसार, यही जेठ ७ गते धनुषा स्थित आफ्नै घरमा आरती साहको हत्या भएको थियो। हत्यामा उहाँका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन, सासू आमा रेणुदेवी र देवर रवि साह रहेको आरती साहका परिवारको आरोप छ। थप दाइजोका लागि सपरिवार मिलेर निर्घात कुटपिट गरी …

0 comment
0 FacebookTwitterEmail

सरकारले जारी गरेको भूमि सम्बन्धी नियमानुसार सम्मरीमाई गाउँपालिकाले भू उपयोग क्षेत्र वर्गीकरण (कित्ताकाट) सम्बन्धी मापदण्ड तयार गरेको छ ।

कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि गाउँपालिकाले इलाका मालपोत कार्यालय र इलाका नापी कार्यालय मझगावालाई हस्तान्तरण गरेको छ । कागजातहरू मर्चवारको मझगावास्थित इलाका मालपोत कार्यालयका प्रमुख तिलक रावतलाई गाउँपालिकाका प्रमुख विनोद कुमार श्रीवास्तवले हस्तान्तरण गरेका हुन ।

यससँगै रुपन्देहीको दक्षिणी क्षेत्र सम्मरीमाई गाउँपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट भोली कार्तिक १४ गते मङ्गलवार देखी खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिको सचिवालयले जनाएको छ ।


अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्ने …

0 comment
0 FacebookTwitterEmail

आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ। मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

टाउको र छातीमा गोली लागेर घाइते हुनुभएका सर्राफलाई सुरुमा उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो तर त्यहाँ उपचार हुन सकेन। त्यसपछि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रिन्सिपल सर्राफको शव हाल अस्पतालमै राखिएको छ ।

कलैया बजारबाट मिठाई किनेर विद्यालय तर्फ आउँदै गर्दा दिउँसो १ बजेतिर कलैया उपमहानगरपालिकाको मदरसा टोल नजिकै मोटरसाइकलमा आएका दुई जनाले प्रिन्सिपल सर्राफमाथि दुई …

0 comment
0 FacebookTwitterEmail

“म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्”, नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सगरमाथाको काखबाट भन्नुभएको छ।

सगरमाथा क्षेत्रको अवलोकनका लागि उहाँ आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुग्नुभएको थियो। उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्स (ट्विट्‌र ) मार्फत भिडियो सन्देश दिँदै  महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

उहाँले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको छ ।

भिडियो सन्देशमा गुटेरेसले भन्नुभएको …

0 comment
0 FacebookTwitterEmail

सर्वत्र निराशाले छाएको बेलामा नेपालका लागि एक सुखद तथ्याङ्क सार्वजनिक भएको छ । जसअनुसार उच्च प्रविधिमा आधारित उत्पादनको निर्यात गर्ने देशहरूको सूचीमा नेपाल ३५ नम्बरमा परेको छ । 

तथ्याङ्कहरूको विश्वव्यापी खुलासा गर्ने एक फिडले ट्विटरमा गरेको तथ्याङ्क सार्वजनिक करणमा उल्लेख भए अनुसार सन् २०२१ को निर्यात तथ्याङ्कमा नेपाल ३५ नम्बरमा देखिएको हो । कोरोनाको महामारीले गर्दा सो समयमा अन्य उत्पादन क्षेत्र खास गरी औद्योगिक उत्पादन क्षेत्रमा उत्पादन र निर्यात निकै घटे पनि सूचना प्रविधिमा आधारित उत्पादन र निर्यात भने ह्वात्तै बढेको थियो । 

उक्त तथ्याङ्क अनुसार चीनले सो वर्ष उच्च प्रविधिमा आधारित उत्पादन ९ सय ४२ बिलियन डलरको निर्यात गरी

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved