Home » Archives for October 2023 » Page 4
Monthly Archives

२०८० कार्तिक ६, सोमबार १२:२१

वीरगन्ज महानगरपालिकाका एक  वडाध्यक्षले आइतबार राती सफाइकर्मीलाई कुटपिट गरेका छन्। महानगरपालिका वाड नम्बर २५ सिर्सियाका वडा अध्यक्ष आशुतोष चतुर्वेदीले महानगरपालिकाका सरसफाइ शाखामा कार्यरत ट्याक्टर ड्राइभर नेक महमदलाई कुटपिट गरेका हुन। हेलमेट र मोबाइल प्रहारबाट घाइते भएका महमदको उपचार नारायणी केन्द्रीय अस्पतालमा गरिएको छ। वीरगन्जमा  फूलपाती र अष्टमीमा दशैको मेला लाग्ने गर्दछ। मेलाबाट फोहर भएको बाटोघाटोलाई सफाइ गर्ने क्रममा राती साढे दश बजे ट्याक्टर ड्राइभरलाई कुटपिट गरेका हुन। रक्सीले मातेका वडाध्यक्ष चतुर्वेदीले वीरगन्जको आदर्श‍नगरमा आइतबार राती महानगरपालिकाको ना १ द २६१ नम्बरको ट्याक्टर रोकेर सफाइ काम बन्द गर भन्दै आफू र मेयरलाई तथानाम गाली गर्दै कुटपिट गरेको ड्राइभर नेक महमदले बताए। …

0 comment
0 FacebookTwitterEmail

“हाम्रा खानाको प्रचुर सम्भावना छ। देशभित्र र बाहिर धेरैले नेपाली खानाको प्रवर्द्धनको काम गरिरहेका छौ। चुनौती धेरै छ तर पनि हामी सफल भइरहेका छौ, ” बेलायतमा एक बहुराष्ट्रिय कम्पनीमा उपल्लो स्तरमा कार्यरत विनोद बराल भन्नुहुन्छ, “हामी नेपाली खासमा कस्तुरीको सुगन्ध खोज्न भौँतारिएको कस्तुरी मृगजस्ता हौ। स्वाद हाम्रो नेपालीको सादापनमा छ तर हामी विदेशी स्वादको पछाडि दौडन्छौ।”

पोखरामा जन्मिएर धादिङको मलेखु तथा काठमाडौँमा हुर्किनु भएका विनोदको भनाइमा, “हाम्रा छिमेकी भारत र चीन आफैमा अत्यन्त ठुला देश मात्र होइनन् सयौँ पाक परम्परा भएका मुलुक हुन। अनि विश्वमा चिनियाँ र भारतका अनेक प्रकारका खाना संसारमा लोकप्रिय पनि छन्। त्यस्तोमा पनि हामीले नेपाली खानालाई …

नेपाली खानाको प्रचुर सम्भावना
0 comment
0 FacebookTwitterEmail

पाल्पाको तानसेन रानी महल सडक खण्डको रानी महल दरबार नजिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बेलुका करिब ५ बजेको समयमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानी घाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ । दुर्घटना अप्ठ्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन …

पाल्पा जिप दुर्घटना ६ जनाको मृत्यु 
0 comment
0 FacebookTwitterEmail

सधैँको लफडा र किचलो हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पुन एक पटक फुटेको छ। नेपाली राजनीतिक दलको प्रभावमा गुटगत हुँदै पटकपटक टुक्रने र जुट्दै आएको यस संस्थाको अस्तित्व सङ्कटमा परेको छ। यसपालि त विवादरहित अधिवेशन होला की भन्ने आशा गर्ने सदस्यहरूमा पुन निराशा छाएको छ। प्रवासी नेपालीहरू जो यस संस्थासँग आबद्ध हुँदै आएका छन्, उनीहरूको मन कुँडिएको भने यो पहिलो पटक होइन।

यस संस्थाको ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा बद्री केसीका विजयी प्यानलले हिजो मात्र शपथ लिएका थिए। ११ औँ महाधिवेशनमा मतदान प्रक्रियामा धाँधली भएको भन्दै विवाद हुँदा सबै प्रक्रिया रोक्ने सहमति विपरीत एउटा पक्षले शपथग्रहण गरेपछि अर्को पक्षले समानान्तर कार्यसमिति …

अन्ततः फुट्यो एनआरएनए-समानान्तर कार्यसमिति गठन
0 comment
0 FacebookTwitterEmail

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कका एक न्यायाधीशले राज्यका महान्यायाधिवक्ताले ल्याएको सिभिल ठगी मुद्दामा  अदालतको आदेशको उल्लङ्घन गरेको आरोपमा ५ हजार डलर जरिवाना तोकेका छन्। ग्याग भनिने केही  सूचनाहरू सार्वजनिक नगर्नका लागि अदालतले दिएको उलङ्घन गरेकोमा न्यायाधीशले पुनःआदेश दिँदै ट्रम्पलाई ग्यागको थप उल्लङ्घन गरेमा जेल सजाय भोग्न सक्ने चेतावनी पनि दिएका छन्।

ट्रम्पले आफ्नो वेबसाइटबाट न्यायाधीशकी प्रिन्सिपल कानुन क्लर्क सम्बन्धी लेखिएको पोस्ट नहटाउन  पाएपछि न्यायाधीश आर्थर एङ्गोरनले शुक्रवार जरिवाना तोकेका हुन्। ट्रम्पले अक्टोबर ३ मा आफ्नो वेबसाइटमा गरेको उक्त पोस्टमा कानुन क्लर्कले “यो मुद्दा चलाउँदै” र “शुमरको प्रेमिका” भएको दाबी गरेको उल्लेख गरेका थिए। न्यायाधीशका अनुसार उक्त पोस्ट गलत र

डोनाल्ड ट्रम्पलाई ५ हजार डलर जरिवाना
0 comment
0 FacebookTwitterEmail

आमाबिना यस सृष्टिको कुनै अर्थ हुँदैन भन्ने विश्वास बलियो बन्दै गएपछि हाम्रा पुर्खा मातृप्रधान बने। नारीमा रहेको प्रजनक शक्तिले देवत्वकरण प्राप्त गर्‍यो।

भौगोलिक आकारले सानै भए पनि नेपाल विविधताले भरिपूर्ण देश हो। यहाँ सामाजिक, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक, वानस्पतिक लगायत मूल्य, मान्यता र जीवनयापनमा समेत विविधता पाइन्छ। विभिन्न जात जाति, भाषा भाषी र धर्मावलम्बीहरुका विचार र भावनाका शृङ्खलामा उनिएको नेपाली समाज धार्मिक, सांस्कृतिक समिश्रणको नमुना हो। धार्मिक हिसाबले हेर्दा यस सम्मिश्रणमा शाक्त सम्प्रदायको व्यापकता धेरै ठूलो छ। किनभने नेपालका सबै जाति, जनजाति कुनै न कुनै रूपमा शाक्त मतका अनुयायी भएको, रहेको प्रमाणित हुन्छ।

सरकारी अभिलेख अनुसार नेपालमा १ सय २५ …

शक्ति भन्नु नै हो स्त्री (देवी) अवतार
0 comment
0 FacebookTwitterEmail

खासमा हिन्दुस्तानी धर्मको कुनै एक पुस्तक छैन। एउटै देवताको सम्बन्धमा विभिन्न ग्रन्थहरूमा विभिन्न प्रकारका पाठहरूको उपस्थिति स्वीकार्य छ र आम पूजा विधि पनि यी ग्रन्थहरूमा फरक फरक रहेको देखिन्छ।

 लैंगिक न्याय र स्वतन्त्रतामा आफ्नो विश्वासको प्रतीक कालीको छविलाई एक भारतीय महिला निर्देशकले आफ्नो कुरा भन्नका लागि छनौट गरिन। त्यसको विरोधमा इन्टरनेटमा आगो ओकलिरहेका यी ‘आस्थावान’ हरू महिलाहरू स्वतन्त्रताको यो उन्मुक्त चित्रणबाट डराएका हुन त? वा कालीको स्वतन्त्रताको पक्षमा नारीले गरेको कुराले उनीहरूलाई अप्ठ्यारो परिरहेको छ?

“त्यसपछि अम्बिकाले ती शत्रुहरूप्रति ठूलो क्रोध प्रकट गरिन्। त्यतिबेला रिसले उनको अनुहार कालो भयो। निधारमा आँखीभौंहरू माथि उठेका थिए, र त्यहाँबाट तुरुन्तै तरबार र पासो …

0 comment
0 FacebookTwitterEmail

नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको ४१ औँ वार्षिकोत्सवका अवसरमा समूहलाई ६५ हजार १ रुपैयाँ राशि र सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो।
वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले कोषका तर्फबाट समूहलाई पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो। शुक्रवार (३ कार्तिकमा) ललितपुरको खुमलटारस्थित कोष परिसरमा आयोजित विशेष समारोहमा समूहको प्रतिनिधित्व गर्दै सचिव सृष्टि काफ्लेले पुरस्कार तथा सम्मानपत्र ग्रहण गर्नुभयो।
कोषले यही वर्षदेखि संरक्षक संरक्षण पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो। नेपालको वन, वातावरण, प्रकृति, वन्यजन्तुलगायत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा कोषले समूहलाई यो पुरस्कार प्रदान गरेको …

वातावरण पत्रकार समूहलाई पहिलो संरक्षण पत्रकारिता पुरस्कार
0 comment
0 FacebookTwitterEmail

सरकारले दशैको लागि सप्तमी देखि मात्र बिदा दिन्छ। तर सरकारी कर्मचारीलाई भने दशैले एक साता अघिदेखि नै छोइसक्यो। कतिपय कर्मचारीहरू काजको बहनामा, कतिपय दसैँ सपिङको बहानामा त कतिपय कर्मचारीहरू दसैँमा घर जाने तारतम्य मिलाउने बहानामा धमाधम बिदा लिएर बस्न थालेका छन्।

दसैँको सार्वजनिक बिदा सुरु नहुँदै सिंहदरबार र विभिन्न सरकारी कार्यालयहरूका कर्मचारीलाई बिदा मिलाउने सजिलो माध्यम बनेको छ काज बिदा। आफू कार्यरत रहेको कार्यालय नियमित आउन नसके पनि काजमा अन्य कार्यालय गएर काम गर्न काज बिदा लिएको भनेर उम्किन्छन्।

काजको बहानामा ३२८ कर्मचारी घुमघाममा मस्त

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार काठमाडौँका विभिन्न सरकारी निकाय र कार्यालयका ३२८ कर्मचारीले काज बिदा स्वीकृत …

0 comment
0 FacebookTwitterEmail

 काठमाडौँमा अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को चहलपहल छ। ५० देशका विभिन्न प्रतिनिधि भोट हाल्न र उम्मेदवारलाई सघाउन मात्र होइन अनेकथरी बहस गर्न काठमाडौँमा भेला भएका छन्। यही सन्दर्भलाई मनन गर्दै विदेशी लगानीबारे नेपाल सरकारले गरेका निर्णय, सीमा र अधिकारबारे यहाँ जानकारी दिने कोसिस गरिएको छ। यसमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा र उद्योग–व्यवसायका क्षेत्रबारे दिइएको छ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी लगानी ५० करोडसम्मका उद्योग व्यवसाय हुन सक्नेछन्।

ऊर्जामूलक उद्योगअन्तर्गत स्वचालित मार्गबाट विदेशी लगानी गर्न सकिने उद्योग–व्यवसायका क्षेत्रमा वायु, सौर्य शक्ति, बायो मास वा अन्य …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved