Home » Archives for October 2023 » Page 5
Monthly Archives

२०८० कार्तिक २, बिहीबार १४:२४

विगत १० वर्षदेखि लेकी शेर्पा गाईको दूध बेच्दै आउनुभएको छ। उहाँले २०७२ सालको भूकम्प आउनुभन्दा करिब एक–दुई महिनाअगाडिदेखि गाई फार्म खोल्नुभयो। दुर्भाग्य भन्ने कि संयोग ! फार्म खोलेको केही समयपछि नै बजार ठप्प भयो। कारण थियो विनाशकारी भूकम्प।

‘गाई फार्म खोलेको दुई महिना नबित्दै भूकम्प आयो,’ लेकी विगत सम्झँदै भन्नुहुन्छ, ‘हामीले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गथ्र्यौं। मानिसको चहलपहल कम हँुदा एक वर्ष त निकै गाह्रो भएको थियो।’
भूकम्प भाग्य नै न नभनौं तर दयालु बनेर आयो। लेकीको परिवार र फार्मका गाईवस्तुलाई केही भएन। ‘अलिक घाटा त भयो तर केही छैन। क्षति नहुनु नै ठूलो कुरा मानियो,’ लेकीले …

३५ लाख लगानीमा गाई फार्म, दूध बेचेरै मासिक ३ लाख आम्दानी
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरूङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद देखिएको छ। सुरुवाती चरणमै विवाद देखिएपछि आयोजना समयमै नसकिने हो कि भन्ने चिन्ता बढ्न थालेको छ।

सुरूङमार्ग निर्माणका लागि सो क्षेत्रमा राख्न खोजिएको क्रसरका विषयमा केही स्थानीयले तथ्यहीन आरोप लगाएको भन्दै निर्माण कम्पनीले असन्तुष्टि जनाएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डमा सुरूङमार्ग निर्माणको काम वर्षाको समय भएकाले भौतिक रूपमा रोकिएको छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा असारको पहिलो साता दुईवटा टनेल पहिरोले पुरिएपछि भौतिक निर्माणको काम स्थगित गरेर अन्य काम भइरहेको छ।

सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सनिरको …

सिद्धबाबा सुरुङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद, आयोजना समयमै सकिनेमा शंका
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेका अस्पताल विकास समिति खारेज गरेको छ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो।

पाण्डेका अनुसार अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिनेछ। प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। जसका लागि कार्यविधि, २०८० स्वीकृत गरेको छ।

आँखाको नानी निःशुल्क प्रत्यारोपण कर्निया ट्रान्सप्लान्टेसन शोध भर्नासम्बन्धी कार्यविधि,२०८० स्वीकृत गरेको छ। चालिस वर्षभन्दा माथिका लागि नसर्ने …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्।

असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लगेर एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।

लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो।

भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेको, दसी–प्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको …

0 comment
0 FacebookTwitterEmail

संसारको ठूलो र शक्तिसम्पन्नमध्येको एक महानगर न्युयोर्कले प्रविधिको अत्याधुनिक विकासको औजार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई महानगर सरकारको शासकीय प्रणालीको आधुनिकीकरणमा उपयोग मात्र गरेको छैन ‘न्युयोर्क सिटी एआई कार्ययोजना’ समेत घोषणा गरेको छ।

न्युयोर्कका मेयर एरिक एडम्सले सो कार्ययोजना (एक्सन प्लान) घोषणा गर्दै एआई प्रविधिलाई नगरको शासन व्यवस्था सुधार समग्रमा एआई उद्योगको विकास गर्न महानगरले गर्नुपर्ने कदम गरी २ क्षेत्रमा प्रवद्र्धन गर्ने बताउनुभएको छ।

न्युयोर्क सिटी एआई कार्ययोजनामा ३७ वटा मुख्य कार्यक्रम समेटिएका छन्। जसमध्ये २९ वटा एक वर्षभित्रै सम्पन्न गरिसकिने पनि मेयर एडम्सले बताउनुभएको छ।

यस कार्ययोजना भित्र ‘एआई गभर्नेन्स फ्रेमवर्क’ समेत छ। जसअन्र्तगत एआईको प्रयोगबाट विभेद र पक्षधरता नहोस् …

0 comment
0 FacebookTwitterEmail

 चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन–भदौको वित्तीय प्रतिवेदनअनुसार चालू खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो । त्यस्तै, भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा थियो ।

गत असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेको छ । बढेपछिको सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कुल विदेशी …

चालू खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चिति एक वर्षको आयात धान्न पर्याप्त तर बढ्यो महँगी
0 comment
0 FacebookTwitterEmail

कास्कीकी आरतीलाई उहाँको परिवारले अरू वेला एक्लै छाड्दैन। त्यसदिन घरमा आमा-छोरी मात्रै थिए, गाउँमा पूजाको निम्तो मान्न जानु थियो। ‘नजिकै छ, एकैछिन त हो नि’ भनेर बौद्धिक अपांगता भएकी आरतीलाई घरमा एक्लै छोडेर आमा बाहिरिनुभयो।

आमा निस्किएको केही बेरमै आरती कराएको अस्वाभाविक आवाज छिमेकीले सुने। सुरुमा बेवास्ता गरे पनि लगातार त्यस्तै आवाज आएपछि छिमेकीहरू दौडिएर उहाँलाई हेर्न पुगे। कोठामा आरतीलाई अर्को पुरुषले अँठ्याइरहेको थियो।

लेखपढ गर्दै बौद्धिक अपांगता भएकी बालिका। तस्वीरहरु: दुर्गा राना मगर

लछारपछार पारिएकी उहाँले प्रतिकार गर्न बाउँडिएका औंलाले कुचो समाउनुभएको थियो। अम्रिसोका ठूटा कोठाभरि छरिएका थिए। लगाएको सुरुवाल तल झरेको थियो। छिमेकीले ती पुरुषलाई समातेर प्रहरीको जिम्मा …

0 comment
0 FacebookTwitterEmail

इजरायल र हमास युद्धमा मंगलबार राति सबैभन्दा ठूले हमला भएको छ।

गाजा सहरको अहली अरब सिटी हस्पिटलमा रकेट हमला हुँदा ५०० जनाको मृत्यु भएको छ। हमासले यो हमला इजरायलले गरेको दाबी गरेको छ। यता इजरायलले हस्पिटलमाथिको हमलामा आफ्नो हात नरहेको बताएको छ।

गाजा अस्पतालमा भएको हमलापछि आज इजरायल पुग्नेहुने अमेरिकी राष्ट्रपति जो बाइडेनको अरबका नेतासँग हुने भनिएको भेटवार्ता रद्द भएको छ।

इजरायलले एक भिडियो जारी गर्दै प्यालेस्टाइनी लडाकुले नै अस्पतालवरिपरि हमला गरेको बताएको छ।

गाजामा यतिबेला ५ हजार महिला गर्भवती रहेका र उनीहरुलाई उपचारको आवश्यकता रहेको न्युयोर्क टाइम्सले लेखेको छ। तर त्यहाँका हस्पिटल तथा क्लिनिकमा न औषधि छ न त …

0 comment
0 FacebookTwitterEmail

अक्टोबर १६ मा तेल अभिभमा इजरायली संसदको शीत सत्रको पहिलो दिन थियो। संसद् सुरु भएको केही मिनेट मात्रै हुन थालेको थियो अचानक साइरन बज्न थाल्यो। साइरन बज्दा एक महिला सांसद बोल्दै हुनुहुन्थ्यो। हतारहतार भाषण बन्द गर्दै सबै सांसद र प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बंकरभित्र जानुभयो। केही समयपछि कामकारबाही फेरि सुरु भयो।

अहिले इजरायलको अवस्था यस्तै छ। यो अवस्थामा ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार (आज) इजरायल जाँदै हुुनुहुन्छ। हमासले इजरायलमाथि निरन्तर सशस्त्र हमला गरिरहेका बेला उहाँको भ्रमण हुँदै छ। यसरी हेर्दा इजरायलमा राष्ट्रपति बाइडेनका लागि राजनीतिक मात्रै नभएर सुरक्षा पनि ठूलो चुनौती हुने देखिन्छ। राष्ट्रपति बाइडेनले बंकरमा शरण लिनुपर्ने पनि …

0 comment
0 FacebookTwitterEmail

हमासले आक्रमण गरिरहेकाे देश इजरायलबाट १८ जना नेपाली स्वदेश फिर्ता भएका छन्।

तेल अभिभस्थित नेपाली दूतावासले  मंगलबार १८ जना नेपाली नागरिक इजरायलबाट आफ्नो मातृभूमि प्रस्थान गरेको एक विज्ञप्तिमार्फत जनाएको छ।

चारजना विद्यार्थी, तेह्र जना कामदार र एक पर्यटक रहेको समूहले स्थानीय समय अनुसार दिउँसो २ः५५ बजे बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पाइसजेट एयरलाइन्सको उडान नम्बर एसजी ९९९६ मा चढेका थिए।

नयाँ दिल्लीस्थित भारतीय दूतावाससँग समन्वय गरी उनीहरुलाई भारतको राजधानी सहर हुँदै ट्रान्जिटको व्यवस्था गरेएको दूतावासले  जनाएको छ।

नयाँदिल्ली पुगेपछि त्यहाँको नेपाली दूतावासको सहयोगमा  नेपालसम्म पुऱ्याउने गरी व्यवस्था गरिएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले आवश्यकता अनुसार अन्य नेपालीलाई स्वदेश फर्काउन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved