Home » Archives for October 2023 » Page 3
Monthly Archives

२०८० कार्तिक १०, शुक्रबार ०९:३९

हिन्दु बाहुल्यता भएकोले पनि देशै भरी पूजा–पाठ र पर्वहरूको महत्त्व त्यतिकै रहने गरेको छ।  बिहे–व्रतबन्ध होस वा श्राद्ध कर्मकाण्ड सबै पूजा पाठ सम्पन्न गर्न आम भाषामा पुरेत, पुजारी, बाजे, गुरुलगायत भाषामा सम्बोधन गरिने पुरोहितको आवश्यकता हुने गरेको छ।  जन्म कुण्डली बनाउने देखि ग्रह दोष निवारण गरी जीवनशैलीलाई उत्कृष्ट बनाउन ज्योतिष विज्ञान प्रति ठुलाबडाहरूको त्यतिकै आकर्षण बढ्दै गएको छ।  ज्योतिष पण्डित अथवा पूजापाठ गराउने पुरोहित पेसाको माग दिन प्रतिदिन बढ्दै गए पनि माग अनुसारको पुरोहित पाउन तराईमा गाह्रो हुने गरेको छ।

संस्कृत भाषाको अध्ययन–अध्यापन कमीले तराईका आकलझुकल परिवारको युवाहरू अध्ययनको लागि भारत जाने गरेका छन्। खास गरेर दसैँ तिहार जस्ता पर्वहरूमा …

0 comment
0 FacebookTwitterEmail

पतञ्जलि योग पीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले आफ्नो संस्थाले रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडीबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने बताउनु भएको छ।

पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बोल्दै आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने आचार्य बालकृष्णले बताउनु भयो।

नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबिच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उहाँको भनाई छ। नेपाल र भारतबिचको सांस्कृतिक विरासत साझा र अक्षुण्ण रहेको रहेको …

0 comment
0 FacebookTwitterEmail

दुर्गा मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर हराइरहेका सन्त कुमार राजभरको शव भेटिएको छ । बिहीबार दिउसो १२ः४५ बजेदेखि दानव खोलामा हराइरहेका २० वर्षीय सन्त कुमारको शव आज दिउसो ११ः४५ बजे स्थानीयले फेला पारेका हुन ।

मूर्ति विसर्जनका क्रममा कोटहीमाई गाउँपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा  मङ्गलवार सन्त कुमारसँगै डुबेर हराइरहेका २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय राजभरको शव सोही दिन स्थानीयले खोजतलासका क्रममा फेला पारेका थिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर सहितको उद्धारक टोलीले मङ्गलवारबाट दानव खोलामा हराइरहेका कोटहीमाई १ अमरगन्जका सन्त कुमारको खोजी कार्य गर्दै गर्दा स्थानीयले  ४७ घण्टापछि शव फेला …

0 comment
0 FacebookTwitterEmail

इजरायली युद्ध पोतहरू गाजा क्षेत्रमा छिरेर भावी स्थल युद्धको तयारी गरिरहेका छन् भने आधारभूत आवश्यकताका सामाग्रीको अभावमा गाजा क्षेत्रमा भोकमरीको स्थिति आइसकेको छ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकु समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको छ।

सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन्।

अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सीमानामा कम्तीमा …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा अल थानीलाई गाजा युद्धको बारेमा सरकारी स्वामित्वको मिडिया नेटवर्क अलजजिराको रिपोर्टिङलाई कम गर्न आग्रह गरेको एक्सिवस मिडिया एजेन्सीले जनाएको छ।

ब्लिन्केनले सन् २०२३ अक्टोबर १३ मा कतारलाई गाजा नियन्त्रण गर्ने लडाकु समूह र अमेरिका र इजरायलद्वारा आतङ्कवादी सङ्गठन मानिने लडाकु समूह हमासप्रति आफ्नो सार्वजनिक धारणा परिवर्तन गर्न मनाउनको लागि व्यापक प्रयासको एक भागको रूपमा दोहाको भ्रमणको क्रममा यो अनुरोध गर्नुभएको हो।

मिडिया एजेन्सीका अनुसार, ब्लिन्केनले इजराइल- हमास द्वन्द्वका बारेमा अलजजिराको रिपोर्टिङ कभरेजले यस क्षेत्रमा तनाव बढाउने र इजरायल र प्यालेस्टाइनबीच दिगो शान्तिको सम्भावनालाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गर्नुभएको …

0 comment
0 FacebookTwitterEmail

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधवार यही अक्टोबर २५ मा न्युयोर्कमा चलिरहेको ठगी मुद्दामा ग्याग भनिने केही  सूचनाहरू सार्वजनिक नगर्नका लागि अदालतले दिएको आदेश उलङ्घन गरेकोमा फेरि १० हजार डलर जरिवाना गरिएको छ। न्यायाधीश आर्थर एन्गोरोनले लगाएको ग्याग आदेशले ट्रम्पलाई अदालतका कर्मचारीहरू, विशेष गरी न्यायाधीशका कानुन क्लर्कहरूको बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न निषेध गरेको थियो।

म्यानहटन अदालतका न्यायाधीश आर्थर एन्गोरोनले ७७ वर्षीय पूर्व राष्ट्रपति ट्रम्पलाई सुनुवाइ पछि प्रतिपक्ष टेबुलमा फर्किना साथ जरिवाना सुनाउनुभयो। “यो फेरि नगर्नुहोस्, नत्र यो अझ खराब हुनेछ,” न्यायाधीश एन्गोरोनले चेतावनी दिनुभयो।

ट्रम्पले इन्गोरोनको कानुन क्लर्कको बारेमा बोलेको कुरा अस्वीकार गर्नुभएको छ। तर उहाँले पत्रकारहरूलाई “धेरै पक्षपाती व्यक्ति” …

अदालतद्वारा ट्रम्पलाई फेरि १० हजार डलर जरिवाना
0 comment
0 FacebookTwitterEmail

सरकारले एसियाली विकास बैङ्कबाट डेढ प्रतिशत ब्याजमा झन्डै १७ अर्बको ऋण लिएर पुनर्निर्माण सुरु गरेको बुटवल नारायणगढ सडक खण्डमा ५ वर्षको प्रगति पूर्वी खण्डमा ४० र पश्चिमी खण्डमा ३७ प्रतिशत मात्र छ। निर्माण सक्नका लागि १ वर्ष म्याद थप भएको छ। तर समयमै काम सम्पन्न नहुँदा यात्रुलाई सास्ती मात्र भएको छैन जुन फाइदाका लागि यो ऋण लिइएको थियो त्यो फाइदा नै ढिलाइले हराउँला जस्तो भइसकेको छ।  नेपाल सरकारको काम गर्ने यस्तो लाजलाग्दो प्रवृत्तिका कारण नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको त छँदै छ।

रुपन्देही काठमाडौँबाट बुटवल आउन ७/८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य भएका छन्। २०७५

0 comment
0 FacebookTwitterEmail
रुपन्देही-दसैंका लागि स्थापना गरिएको  दुर्गा मूर्ति विसर्जनका क्रममा  कार्तिक ७ गते दानव खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्। रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ अमरगन्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा  गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन्।
रुपन्देही जिल्लाको दक्षिण भागमा पर्ने  कोटहीमाई गाउँपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुई जनाको शव खोजतलासका क्रममा स्थानीयले फेला पारेका थिएँ। उनीहरूको शव पोस्टमार्टमका लागि भैरहवा लगिएको छ। यसैगरी एक जनाको खोज कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यसरी खोला डुबेर मृत्यु हुनेहरूमा अमर गन्जका २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय
0 comment
0 FacebookTwitterEmail

वैदिक कालमा वरूण प्रधान असुर देवता थिए। ऋग्वेदमा असुर शब्द प्रचेतस वरूणका लागि प्रयोग भएको छ। प्रचेतस शब्दले चतुर, बुद्धिमान, प्रसन्न, प्रफुल्लित र वरूण देवतालाई
जनाउँछ ।

हिजोआज असुर शब्दको सबैलाई थाहा भएको सामान्य अर्थ दैत्य, दानव वा राक्षस हो। हुन्दु धर्मका धार्मिक ग्रन्थहरूमा देवता र असुरहरू एकअर्काका वैरी हुन् भन्ने प्रसङ्ग जोडिएको पाइन्छ। आजकल त सुरहरू आर्य र असुरहरू अनार्य वा राईलिम्बु वा मङ्गोलियन परिवारका जाति हुन् भन्नेसम्मको भ्रम छ। हिन्दु धर्ममा जन्मका आधारमा वर्ण व्यवस्था हुने परम्परा स्थापित गराउन वेदको गलत व्याख्या गर्ने परम्परा नै बसेको छ।

वर्ण व्यवस्था र जाति व्यवस्था फरक कुरा हुन्। …

0 comment
0 FacebookTwitterEmail

नेपाल संस्कृति, विविधता र परिकारमा धनी देश हो । “दसैँ आयो… खाउँला ला पिउला” भन्ने वाक्यांशले नेपाली चाड दसैँको सारलाई सङ्केत गर्छ, जहाँ मानिसहरूले आफन्तहरू सँग भेटघाट गरी विभिन्न किसिमका रमाइलो गर्दै स्वादिष्ट परिकारहरू खाने गर्दछन् । यो चाडपर्वको मौसममा सबैभन्दा लोकप्रिय परिकार भनेको मासुका परिकारमा पाकेको काँक्राको अचार हो, जसलाई नेपालीमा खल्पीको आचार भनिन्छ।

पाकेको काँक्रोबाट बनाइने खल्पीको अचार एक परम्परागत नेपाली अचार हो जसलाई भदौरे काँक्रो भनिने काँक्रोको प्रयोग गरी बनाइन्छ। यो भदौरे काँक्रो नेपालको हिमालय क्षेत्र र भारतको सिक्किममा पाइन्छ र यसको आकार ठुलो र खादा स्वादिलो हुन्छ। खल्पीको अचार स्वादिष्ट मात्रै होइन पौष्टिक पनि हुन्छ । …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved