Home » Archives for January 2024 » Page 10
Monthly Archives

२०८० माघ २, मंगलवार ०८:३६

बढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका चाडपर्व तथा रीतिरिवाज अहिले त्यसको महत्व नदिएको पाइन्छ ।

बागलुङका मगर तथा छन्त्याल जातीले आजको दिन अर्थात् माघे सङ्क्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने गर्दथे । यसअघिका वर्षमा बागलुङ बजारमा ठूलो तामझामका साथ मेला लाग्ने गरेकामा अहिले धेरै ठाउँ सुनसान छन् ।

माघे सङ्क्रान्तिमा आफन्तसँग भेटघाट हुने, खुसी साटासाट गर्ने र होरे कापै (डम्फु बजाएर नाच्ने) प्रचलन थियो । पछिल्लो समय निसीखोला गाउँपालिका–१ को लेबाङ, निसीखोला–५ को निसी र ६ को भल्कोट गाउँ बाहेक अन्य ठाउँमा होरे कापै खैलने प्रचलन हराएको छ । होरे
0 comment
0 FacebookTwitterEmail

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेसबीचको लडाइँ सुरु भएदेखि सुडानमा ७४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको मानवीय राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।

गत महिनामा सुडानमा विस्थापित मानिसहरूको सङ्ख्या करिब छ लाख ११ हजारले बढेको छ । बिस्थापित हुनेमध्ये धेरैजसो गेजिरा र अन्य राज्यहरूबाट भर्खरै विस्थापित भएका व्यक्ति हुन् ।

बाली उत्पादन क्षेत्रहरूमा एसएएफ र आरएसएफ बीचको लडाइँको विस्तारले मध्य र पूर्वी सुडानमा मानवीय आवश्यकताहरूमा उल्लेखनीय वृद्धि गरेको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।…

0 comment
0 FacebookTwitterEmail

गुल्मी  पाल्पा, र स्याङ्जाको सङ्गमस्थल रिडीको रुरु क्षेत्रमा छ दिनसम्म लाग्ने माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । रुरु क्षेत्रमा माघे सङ्क्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ । काली गण्डकीमा स्नान गर्ने र तानसेन नगरपालिका–१४, अर्गलीतर्फ रहेको ऋषि केशव मन्दिरमा रहेको रुरु कन्याको दर्शन गर्ने प्रचलन रहेको अर्गलीका शोभाकर न्यौपानेले बताउनुभयो । नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालु भक्तजनहरू रुरु क्षेत्रमा स्नान र रुरु कन्याको दर्शन गर्न आउने गरेका छन् ।

ऋषि केशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईका अनुसार- ‘जेठी, माहिली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकीमा नुहाउने र ऋषि केशव मन्दिरमा दर्शन गर्ने परम्परा रहेको

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडी धाममा माघे सङ्क्रान्तिको मेला सुरु
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीय तहलाई  अप्ठ्यारो पर्न नदिइने बताउनुभएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन  निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउनुहुँदै  उहाँले कानुन बनाउने भन्दा पनि कार्यान्वयनमा जोड दिन जरुरी रहेको बताउनुभयो ।

कानुन निर्माणमा स्थानीय तह, प्रदेश र सङ्घको संयन्त्र बनाउन जरुरी रहेको उहाँले भनाइ छ ।  कपिलवस्तुको शिवपुरमा प्रदेश सभा सचिवालयले सञ्चालन गरेको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभामुख घर्ती मगरले सङ्घीयतालाई सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो । सभामुख घर्ती मगरले भन्नू भयो – ‘सङ्घीयता माथि  जबरजस्त

0 comment
0 FacebookTwitterEmail

वीरगन्जको एक मात्र समुदायक क्याम्पसको हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । क्याम्पसका निमित्त प्रमुखले पत्रकार सम्मेलन गरेर पूर्व क्याम्पस प्रमुखले भवन निर्माणमा आर्थिक नियमितता गरेको आरोप लगाएका छन् । पूर्व क्याम्पस प्रमुख भगवान् यादवले अनियमितता गरेको कारण क्याम्पसबाट ठेक्का पट्टाको फाइल नै  गायब गरेको निमित्त क्याम्पस प्रमुख किशोरी रायको आरोप  छ ।

गत पुस १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका रायले वीरगन्ज ३ आदर्शस्थित ८ कट्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एक तल्ले भवन निर्माण सम्पन्न नहुँदै ठेकेदारलाई पूर्व क्याम्पस प्रमुख भगवान् यादवले सबै भुक्तानी दिएको आरोप लगाउनु भयो । 

पत्रकार

क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब 
0 comment
0 FacebookTwitterEmail

सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्याैली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहनुहुन्थ्यो ।

दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेक्नुभयो । तर त्यो बाटो अब कहिल्यै फर्किनुहुने छैन । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका-५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाउनुभयो । दुर्घटनामा उहाँको परिवारका सबै सदस्य घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका-४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लाग्नुभयो । दीपक पहिलेदेखि नै बेलायत बस्नुहुन्थ्यो । बिहेपछि

0 comment
0 FacebookTwitterEmail

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको छ ।

अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताउनुभएको हो ।

कोभिड–सम्बन्धित मृत्युमा ठूलो कमी आएको भएता पनि ५० देशबाट अझै पनि प्रति महिना करिब दश हजारको मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ ।

भ्यान केरखोभले भाइरसको विकसित प्रकृतिको बारेमा चिन्ता व्यक्त गर्दै कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमहरूको

0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले किर्ते गरी युवतीलाई नागरिकता दिलाएको प्रकरण झन् पेचिलो बन्दै गएको छ । नागरिकता पाउन पेस गरिएका प्रमाणहरू जिल्ला प्रशासन कार्यालय पर्साबाट गायब भएसँगै यो प्रकरण पेचिलो बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालकै बेला उक्त प्रमाणहरू गायब गरिएको चर्चा छ ।

मेयर राजेशमान सिंह श्रेष्ठको ठेक्कापट्टाका पूर्व सहकर्मी एवं छिमेकी समेत रहेका नुरेनबी ठकुराइले उक्त नागरिकता पाउन पेस गरिएका प्रमाणका प्रतिलिपिहरू माग गरेपछि सूचना गायब गरिएको समाचार श्रोतको दाबी छ । ‘ठुलो रकमको चलखेलमा अनुसूची फारम र जन्म दर्ताको प्रमाणहरू गायब गरिएको हो । यसो त त्यस बेला

किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
0 comment
0 FacebookTwitterEmail
सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ।

प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो। शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ। अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ।

प्राधिकरण सञ्चालक समितिको गत मङ्सिर २५ गते बसेको बैठकले आवश्यक निर्णय गरेको छ। सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पूँजी रु तीन खर्ब कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको
0 comment
0 FacebookTwitterEmail

वीरगन्जको आदर्श नगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारीका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । करिब डेढ सयभन्दा बढी बचतकर्ताको लगानी लिएर फरार भएको सानो पाइलाबाट बचत रकम पाउनको लागी बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।  वीरगन्जका बचतकर्ताहरूको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका  सानो पाइला बचतका सञ्चालक जीवी (गितेन्द्रकाबु) राई सहित सञ्चालक र कर्मचारीहरूको पक्राउको माग गर्दै पीडित बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।

प्रचण्ड चिसोमा वीरगन्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरूले विरोध जुलुस निकालेर वीरगन्जमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सानो पाइलाका सञ्चालक जीवीलाई पक्राउ गरी कारबाही गर, बचतकर्ताको रकम फिर्ता गर, बचतकर्ताको रकम टिभीमा

वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved