Home » Archives for January 2024 » Page 9
Monthly Archives

२०८० माघ ४, बिहीबार १४:५६

तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको जनाएको छ ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इरानले पाकिस्तानमा मङ्गलबार राति ‘आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “ठूलो परिमाणमा आतङ्कवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।”

सरवन शहरवरपरका

0 comment
0 FacebookTwitterEmail

गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी छन् ।

उनका अनुसार- “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । ” परिश्रमका कारण आफूलाई सफलता मिलेको

0 comment
0 FacebookTwitterEmail
मध्य थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बुधबार बताउनुभएको छ ।

स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ । विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो ।

सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह (इओडी) लाई उद्धृत गर्दै एएफपीलाई भन्नुभयो, “हामीले इओडी टोलीबाट २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेका छौँ ।” विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन ।

यद्यपि नट्टापटले के कारणले विस्फोट भएको हो भन्नेबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो
0 comment
0 FacebookTwitterEmail

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन बाली तथा बागवानी प्रविधि तथा वैज्ञानिकहरू बिच  बुधवार देखि छलफल सुरु भएको छ । कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा मुलुकभरिका वैज्ञानिक तथा प्राविधिक अधिकृतहरूको भेला सुरु भएको हो  । 

पाँच दिनसम्म चल्ने बाली तथा बागवानी अनुसन्धान कार्य गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि कार्यकारी अनुसन्धान निर्देशक डाक्टर ध्रुवराज भट्टराईले कृषि क्षेत्रलाई अझ प्रभावकारी बनाउन पर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी अनुसन्धान निर्देशक भट्टराईले कृषि क्षेत्रमा बढ्दै गएको आयातलाई निरुत्साहित बनाउन यो भेला फलदायी हुने धारणा व्यक्त गर्नुभयो । 

उहाँले वाली तथा बागवानीमा देखा पर्ने समस्याहरूको सही पहिचान गरी साधनाको लागी कार्यक्रमका योजना तर्जुमा गर्न

0 comment
0 FacebookTwitterEmail
हमास– इजरायल युद्धका क्रममा गत ७ अक्टोबर यता गाजा क्षेत्रमा कार्यरत रहेका पत्रकार मध्ये ९ प्रतिशत पत्रकार मारिएका छन् ।

प्यालेस्टाइन जर्नालिष्ट सेण्डीकेट (पीजेएस) ले जनाए अनुसार विगत तीन महिनामा इजरायली सेनाले मात्रै ७२ जना पत्रकार मारेको र विभिन्न कारणबाट युद्धमा एक सय नौ जना पत्रकार गाजा क्षेत्रमा मारिएका छन् ।

यस्तै दरमा पत्रकारहरू मारिए भने सन् २०२४ को अन्त्य सम्ममा गाजा क्षेत्रका आधा पत्रकार मारिने प्रक्षेपण पनि सो सेण्डीकेटले गरेको छ । यही साताको आइतबार पनि इजरायलले लक्षित आक्रमण गरेर अल जजिरा टिभीका पत्रकार हाम्जा दाहदो र मुस्ताफा थुरायाको हत्या गरेको छ ।

धेरैजसो मारिएका पत्रकार हवाई आक्रमणमा परेर
0 comment
0 FacebookTwitterEmail

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।

अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५ करोड बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी बहाल करमा रू एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।

त्यस्तै, सम्पत्ति करमा रू ६७ करोड १७ लाख २० हजार असुल गरेको

0 comment
0 FacebookTwitterEmail
विवादास्पद निर्वाचअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् ।

कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन् ।

पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन् जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ ।

फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिनुभयो ।

गत
0 comment
0 FacebookTwitterEmail

नेपालको एक मात्र घुमन्ते फिरन्ते समुदाय हो राउटे समुदाय । जङ्गलमा फिरन्ते जीवन बिताउँदै काठका कोशी मदुस बनाएर गाउँमा गएर अन्न पातसँग साटेर जीविका धान्ने राउटे समुदाय पछिल्लो समय परिवर्तन हुन् थालेका छन् ।

पहिले खेतीपाती नै गर्नुहुन्न भन्ने यो समुदाय अहिले सागपात उमार्ने, च्याउ उमार्ने लगायत कृषि क्षेत्रमा थोरै रुचि देखाउन थालेका छन् । च्याउ उत्पादन सम्बन्धी दुई दिने तालिम पाएका यो समुदायले अहिले च्याउ उत्पादनमा लागेका छन् ।

एइआईएन लक्जेम्बर्ग र डीसीय नेपालको साझेदारी गुराँस गाउँपालिकाको समन्वय सोसेक नेपालको सहजीकरणमा लोपोन्मुख राउटे समुदायको पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । दुई दिने तालिम लिएका उनीहरूले

कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
0 comment
0 FacebookTwitterEmail
समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन् । बितेका वर्षमा मङ्सिर महिनामै हिमपात हुने गरेकामा यस वर्ष माघ लागिसक्दा समेत हिउँ पर्ने छाँटकाँट नरहेको स्थानीय सन्तोष मगरले बताउनुभयो ।

गत वर्ष पनि ढिला गरी हिमपात भएको थियो भने यस वर्ष पनि माघ लाग्दासमेत हिउँ पर्न नसकेको उहाँको चिन्ता छ । मगरले भन्नुभयो, “हिउँ नपर्दा हिमाल कालो हुन थालेको छ भने बालीनाली पनि सुक्न थालेका छन् । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे ।”
0 comment
0 FacebookTwitterEmail

फोहोर व्यवस्थापन नहुँदा पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा दुर्गन्धिन बन्दै गएका हुन् ।

पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका–६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको सङ्गमा रहेको पूर्तिघाट तथा विश्वकै ठूलो शालग्राम शिला रहेको सेतीवेणीलगायतका घाटमा फोहोर थुप्रिन थालेको छ ।

मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले प्लाष्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताउनुभयो । साथै कतिपय जातिमा शव नजलाउने र ढुङ्गाले पुरेर छाड्ने प्रचलनले पनि दुर्गन्ध फैलिएको उहाँको भनाइ छ । त्यस्ता शवका कारण गर्मी मौसममा अत्यधिक

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved