Home » Archives for January 2024 » Page 13
Monthly Archives

२०८० पुष २३, सोमबार १९:२०

वीरगन्जमा ठुलो मात्रामा अवैध औषधि बरामद भएको छ । औषधि व्यवस्था विभागले छापा मारेर सो औषधि बरामद गरेको हो । औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयबाट खटेको टोलीले एक गोदाममा छापा मारेर नेपालमा अस्वीकृत रहेको ठुलो परिमाणको भारतीय आयुर्वेदिक औषधि बरामद गरी जफत गरेको छ ।

विशेष सूचनाको आधारमा गएको टोलीले वीरगन्ज महानगरपालिका–१६ नगवा स्थित एक घरको गोदाममा छापा मारेर करिब १५ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद गरेको हो ।

वीरगन्जस्थित औषधि व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पंजियारको नेतृत्वमा खटिएको टोलीले उक्त औषधि बरामद गरेको थियो । बरामद गरिएको औषधि दुखाई कम गर्नका लागि मालिस गरिने र

0 comment
0 FacebookTwitterEmail

अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी जापानमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ भने  दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् ।  धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।

मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका

0 comment
0 FacebookTwitterEmail

क्षेत्रीयस्तर र विश्वबजारमा समेत व्यापारका आयाम परिवर्तन भइरहेको छ, त्यसबाट नेपालजस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भएका छन्।

यो कुरा विश्वव्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा आइतबारदेखि सुरु भएको दुईदिने ‘डब्लुसिपी नेपाल–एआइबी साउथ एशिया कन्फ्रेन्स, २०२४’ औल्याएको हो।

विश्वव्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति शृङ्खला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथ एशिया: कम्पिटेटिभनेस, भ्यालु चेन एण्ड इएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरकखालको वाणिज्य नीति अवलम्बन गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।…

0 comment
0 FacebookTwitterEmail
उखु किसानले भुक्तानी पाएपछि नजिकिँदै गरेको पर्व  माघेसङ्क्रान्ति मनाउन सहजता मिलेको बताएका छन् ।
तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो ।

गत मङ्सिर २६ गते यसपालिको यामको तौल खोलेर पुस ४ गते चिनी उत्पादन थालेको उद्योगले यस अवधिमा तौल भएको उखुको पूरै भुक्तानी दिएको छ । गत सोमबारसम्म तौल भएको करिब पाँच लाख क्विन्टल उखुको भुक्तानी उद्योगले किसानलाई उपलब्ध गराएको हो । यस्तो भुक्तानी पाउने महोत्तरीबाहेक अन्य जिल्लाका
0 comment
0 FacebookTwitterEmail

९२ वर्षको उमेरमा बित्नु भएका चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक र ‘प्रोफेसर’ का रूपमा पनि चिनिने मारियो जगालोलाई संसारभरिका फुटबलप्रेमीले अन्तिम श्रद्धाञ्जलि दिएका छन्। उहाँ ब्राजिलको सबैभन्दा महान फुटबल पुस्ताको अन्तिम सदस्य हुनुहुन्थ्यो।

रियो डे जेनेरियोमा ब्राजिलियाली फुटबल परिसङ्घ (सिबिएफ) को मुख्यालयमा आइतबार उहाँको कफिनअगाडि शोक सन्तप्त मानिस कालो, ब्राजिलको राष्ट्रिय टिमको पहेँलो तथा जगालोले खेल्ने र प्रशिक्षण गर्नुभएका क्लबहरूको रङका कपडा लगाएका थिए।

फिताले टाँसिएको कफिननजिकै ब्राजिलको रेकर्ड पाँच विश्वकप ट्रफीहरू पनि प्रदर्शन गरिएको थियो। फुटबल इतिहासमा सबैभन्दा बढी पाँचमध्ये चारवटा जित्नमा आफ्नो रणनीतिक प्रतिभाका लागि परिचित लेफ्ट विङ जगालोको हात थियो।

उहाँले ब्राजिलको सन् १९५८ र …

0 comment
0 FacebookTwitterEmail

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ।  “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो।”

गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताउनुभयो। “गत वर्ष यस याममा प्रतिमन रु २८ हजार थियो, हाल राम्रो अलैँची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ। किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता

0 comment
0 FacebookTwitterEmail

नयाँ वर्षको सुरुवातसँगै आएको भूकम्पको दुखद घटनापछि जापानमा भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता विषयमा बहस भइरहेको छ ।  

घटनाले भूकम्पको पूर्वानुमान गर्ने र सूचना दिने एआई प्रणालीको आवश्यकता रहेको देखाएको छ । जसरी अहिले एआईको क्षेत्रमा ठुलो प्रगति भइरहेको छ, सोही कारण चाँडै नै भूकम्प पूर्वानुमानमा गर्ने एआई प्रविधिको सफलता हासिल हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन्।

यस भूकम्प पूर्वानुमान प्रविधि बारे केही वर्ष अगाडि देखि अनुसन्धानहरू सुरु भइसकेको छ । गत वर्ष अमेरिकाको टेक्सस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चीनमा सात महिना सो विषयमा परीक्षण गरे। सेप्टेम्बरमा ‘सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिका’ बुलेटिनमा प्रकाशित सो अध्ययनले एआई एल्गोरिदमले ७०% भूकम्पको एक हप्ता

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा हात्तीको आतङ्क बढेको छ। हात्तीको हुलले गत साउन देखि झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। प्रहरीको तथ्याङ्कले १० वर्ष यताकै सबै भन्दा बढी हात्तीको बिजाइँ यी तीन जिल्लामा बढेको देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार– ‘साउन यता सबै भन्दा बढी  झापामा ५४, मोरङमा १६ र सुनसरीमा तीन गरेर ७३ वटा घरमा क्षति पुर्‍याएको छ । उनका अनुसार मोरङमा ८१ र झापामा दुई वटा गोठमा क्षति गरेको छ ।’ त्यसै गरी कृषकले सात बिघा
0 comment
0 FacebookTwitterEmail

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरूले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।

चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको २१ पुसमा उद्‍घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो। अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका बताउँदै उहाँले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भन्नुभयो। “उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ ”, उहाँले प्रश्न गर्नुभयो। नियोजित किसिमले झुट्टा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो।

अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved