अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “मृत्यु हुने प्यालेष्टिनी बालबालिका र महिलासहित सर्वसाधारणको सङ्ख्या ‘धेरै’ हुनु दुःखको बिषय भएको र यस सम्बन्धमा संयमित हुन इजरायली प्रशासनसँग आग्रह गरिएको छ ।”
गाजा पट्टीमा युद्ध सुरु भएयता मध्यपूर्वको आफ्नो चौथो सङ्कटकालीन भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग तेल अभिभमा भेटवार्ता गर्नुभएको थियो ।
ब्लिन्केनले तेल अभिभमा पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाले आफ्नो सहयोगीलाई समर्थन जारी राख्ने बताउनुभयो तर प्यालेस्टिनी क्षेत्रमा फसेका इजरायली तथा अन्य देशका नागरिकहरूको सुरक्षाका लागि थप काम गर्न …
