बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताउनुभयो।
उहाँका अनुसार उनीहरूमा रगत अभाव देखिएपछि तत्काल उपचार प्रक्रियामा लगिएको छ। स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक विद्यालयमा किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रममा परीक्षण गरिएकामध्ये किशोरीको शरीरमा रगतको मात्रा कम देखिएको हो। कोहलपुर नगरपालिका–१ को कृष्ण मावि कौशिल्यानगरमा दुई सय ३५ किशोरीको परीक्षण गर्दा एकजना र वडा नं १२ स्थित ज्ञानज्योति माविका दुई सय ६८ जना किशोरीको जाँच गर्दा दुईजनामा रक्तअल्पता देखिएको हो।
रक्तअल्पता देखिएका किशोरीलाई पनि आइरन …
