Home » Archives for May 2024 » Page 3
Monthly Archives

२०८१ जेष्ठ १५, मंगलवार १२:२७

महाभारतकालीन हस्तिनापुर, जसलाई भारतको रूपमा महाराज्यको स्थान दिइएको थियो र हस्तिनापुरमा सङ्घीय राज्यको राजधानी राखेर कुरुवंशी राजाहरूले शासन गरिरहेका थिए। हजारौँ राज्यहरूको सञ्जाल र हजारौँ राजाहरूको शासन थियो, जसलाई गणराज्यको रूपमा मान्यता दिइएको थियो। सबै अधीनस्थ गणराज्यहरूको कर्तव्य पालना तोकिएको थियो। कुरुवंशका शत्रुहरू पनि थिए जसका राज्यहरू हस्तिनापुरमा समाहित गरिएका थिए। ती राजाहरू अन्य देशमा बसेर, शरणागत भई आफ्नो राज्य फिर्ता लिने दाउमा सधैँ हुन्थे। अधीनस्थ राज्यहरू, गणराज्यहरूमा आपसमा कुनै मनमुटाब नहोस्,गणराज्यहरूको झगडाका कारणले राज्यहरू नासिँदै जान नसकुन् भन्नेमा चक्रवर्ती कुरुवंशी राजाको ध्याउन्न रहन्थ्यो। शान्तिपर्वको अध्याय १०७ मा गणतन्त्र राज्यको वर्णन र ती गणराज्यहरूप्रति सङ्घको नीतिका बारेमा भनिएको छ।

युधिष्ठिरले …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनीस्थित मायादेवी मन्दिरभित्र अनधिकृत रूपमा मूर्ति राखिएको छ । पुरातत्त्व महाशाखाको अनुमतिबिना लुम्बिनी विकास कोषले २५६८औँ बुद्ध जयन्तीको अवसरमा जेठ १० गते सो मूर्ति राखेको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वको जीवन्त सम्पदा स्थल मायादेवी मन्दिरभित्र नियम विपरीत अनधिकृत नयाँ बुद्ध मूर्ति राखिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

युनेस्को समेतले सम्पदा स्थलमा संरचनात्मक परिवर्तन र अनधिकृत कार्यको विषयमा चिन्ता व्यक्त गरेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, ‘विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न किन नपर्ने भनेर युनेस्कोले लुम्बिनी विकास कोषलाई १० बुँदे स्पष्टीकरणसमेत माग गरेको स्थितिमा मन्दिरभित्र उसको सहमतिबिना नयाँ

0 comment
0 FacebookTwitterEmail

नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मङ्गलबार राष्ट्रिय दिवस मनाइँदैछ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गर्नुभएको थियो भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उहाँको अध्यक्षतामा …

0 comment
0 FacebookTwitterEmail

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ। निर्देशिकासँगै जिल्लान्तर सरुवा रोक्का फुकुवा गरिएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताउनुभयो। “शिक्षण पेसालाई गुणस्तरीय, आकर्षक र मर्यादित बनाउने हाम्रो प्रयास हो। शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन, तालिमलगायत मन्त्रालयको सुधारको कार्ययोजनामा यो निर्देशिका प्रस्थानविन्दु हो,” शिक्षामन्त्री श्रेष्ठले भन्नुभयो।

निर्देशिकामा शिक्षकले सरुवाका लागि आफैँ विभिन्न ठाउँमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको छ। आइतबार मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत निर्देशिकामा आवश्यकताअनुसार शिक्षकको पद रिक्त भएपछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा राखेर सात दिनभित्र …

0 comment
0 FacebookTwitterEmail

एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालयलगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गर्नुभएको छ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको जेठ १४ को बैठकमा सांसद स्वयम्‌ले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भएबापत प्राप्त गर्नु भत्तासमेत रोकिएको भनी रोदन प्रकट गर्नुभयो।

उहाँ विसं २०७० वैशाखमा तेजाब आक्रमणमा पर्नुभएको थियो। तेजाब आक्रमणपछिको जलनजस्तै उपचारका क्रममा भोग्नु परेको पीडा उस्तै रहेको पनि उहाँले बैठकमा सुनाउनुभयो। उहाँले उपचारका क्रममा पिताका नाममा रहेको घर धितोमा राखेर ऋण लिन परेको र त्यो ऋण तिर्न नसक्दा कालोसूचीमा …

0 comment
0 FacebookTwitterEmail

पन्ध्रौँ आवधिक योजनाले वन घनत्वसम्बन्धी निर्धारण गरेका ११ सूचकमध्ये छमा न्यून र चारमा शून्य प्रगति देखिएको छ। महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा सूचकमध्ये एउटामा मात्रै उल्लेख्य प्रगति देखिएको छ।

प्रतिवेदनअनुसार जङ्गल घनत्वमा ९७ दशमलव ७२ प्रतिशत प्रगति देखिएको छ भने छ सूचकमा प्रगति सातदेखि ५० प्रतिशत प्रगति भएको छ। त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन भएको क्षेत्रफल, दर्ता भएका निजी वन विकास, प्लाष्टिक पुनः प्रशोधन गरी तयारी वस्तु उत्पादन गर्ने उद्योग र बायो इन्जिनियरिङ गरेको क्षेत्रफल सूचकमा भने प्रगति शून्य देखिएको छ।

आव २०७९/८० मा लिएको लक्ष्यमध्ये वृक्षारोपण गरिएको क्षेत्रफलको प्रगति दश दशमलव १२ प्रतिशत, विरुवा उत्पादन …

0 comment
0 FacebookTwitterEmail
जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाइजासहित उहाँका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा सङ्कलन गर्नेको भीड लागेको छ ।

चिमखोलाका करिब ५० जना अहिले यार्सा सङ्कलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताउनुभयो । “करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा सङ्कलन गर्छौ, बिगतका तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा सङ्कलन गरिरहेका छौँ”, पाइजाले भन्नुभयो । यसअघिका वर्षमा दिनमा दुई सय वटासम्म यार्सा सङ्कलन

0 comment
0 FacebookTwitterEmail

शुक्रबार गएको पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यूगिनीको सरकारले जानकारी दिएको छ  ।

संयुक्त राष्ट्रसङ्घले मानवीय क्षतिको सङ्ख्या ६ सय ७० भएको अनुमान गरेको थियो । तर पपुवा न्यू गिनी सरकारले आज सार्वजनिक गरेको मानवीय क्षतिको सङ्ख्या २ हजार माथि पुष्टि भैसकेको बताएको समाचार एजेन्सी एपीले जानकारी दिएको छ ।

देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे गाउँलेहरू सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका छन् ।

मुङ्गालो पर्वतको एउटा ठूलो भाग भत्किँदा सयौं घरहरू पुरिएपछि ठ्रलो सङ्ख्यामा स्थानीयको मृत्यु भएको हो । …

0 comment
0 FacebookTwitterEmail

आर्थिक वर्ष  ०७९/८० मा आहिले सम्मकै सबै भन्दा धेरै २ खर्ब २३ अर्ब बेरुजु थप  भएको छ। योसँगै फर्छ्यौट गरी टुंगो लगाउनुपर्ने कुल बेरुजु अंक ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ पुगेको  महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले जनाएको छ ।

महालेखापरीक्षक कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको  प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ को तुलनामा गत आर्थिक वर्षको बेरुजु करिब २३.२८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७८/७९ मा बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड थियो । यो बेरुजु पनि अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष ०७७/७८ मा कुल बेरुजु ८ खर्ब २९

0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ। सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म रु १९ अर्ब ६० करोड २९ लाख राजस्व असुल गरी सञ्चित कोष दाखिला गरिसकेको छ। प्रदूषण शुल्कबापतको यति ठूलो रकम भने प्रयोजनहीन अवस्थामा छ।

सो रकम प्रत्यक्ष रूपमा प्रदूषण नियन्त्रण एवं रोकथाम गर्न कार्यमा खर्च नगरेको महालेखापरीक्षको कार्यालयको प्रतिवेदनले औँल्याएको छ। जेठ १३ मा सार्वजनिक गरिएको महालेखाको ६१औँ वार्षिक प्रतिवेदनले जुन प्रयोजनका लागि शुल्क उठाएको हो सोही कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

गत आवमा छ

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved