नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भनी फसाएर काठमाडौँका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाइएको पाइएपछि प्रहरीले थप निगरानी बढाएको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकाहरुलाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको हो ।
अनुसन्धानका क्रममा स्पा सेन्टर सञ्चालकहरु गोरखा सिरानचोक घर भई हाल काठमाडौँको टोखा बस्ने रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटा ३३ वर्षकी मखमली माया स्याङ्तान उक्त कार्यमा संलग्न रहेको भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिए। अनुसन्धान थालिएको र अन्य क्षेत्रमा खोजी तथा निगरानी जारी रहेको ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम …
