‘व्यक्ति एउटै, नागरिक दुई देशको ।’ यस्तो कुरा पटकपटक सुनिएकै हो । यसैक्रममा रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्षमाथि नेपाल र भारत दुबै देशको नागरिकता रहेको विवाद सिर्जना भएको छ ।
मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह र उहाँको ससुरा काका तथा सोही गाउँपालिकाको वडा नं ५ का वडाध्यक्ष कृष्णा सिंह दुवै जना नेपाल र भारत दुई देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेपछि सो कुरा बाहिर आएको हो ।
भारतको निर्वाचन आयोगको पहिचानपत्र अनुसार आशा सिंह जानकी नगर वडा नं १८ थाना नौतनवा, तहशील नौतनवा जिल्ला महराजगञ्ज (उत्तर प्रदेश) भारतका …
