Home » निर्वाचन » Page 8
Category:

निर्वाचन

रुपन्देहीको क्षेत्र नं. ३ बाट प्रतिनीधिसभा सदस्य पदमा उम्मेद्वार बन्नुभएका गृहमन्त्री बालकृष्ण खाणसँग राप्रपाका नेता दीपक बोहोरा प्रतिस्पर्धामा हुनुहुन्छ। काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेद्वार गृहमन्त्री खाणलाई राष्ट्रिय जनमुक्ति पार्टीले समेत समर्थन गरेको छ। त्यसो त राप्रपा नेता बोहोरालाई नेकपा एमाले र जनता समाजवादी पार्टीको समर्थन छ।
रुपन्देहीको क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधिसभामा काँग्रेस नेता गृहमन्त्री खाणसहित प्रदेश सभा क मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डे तथा प्रदेश ख मा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल उम्मेदवार हुनुहुन्छ।
त्यस्तै एमाले राप्रपा र …

रुपन्देही ३: बालकृष्ण खाण र दीपक बोहोराबीच प्रतिस्पर्धा
0 comment
0 FacebookTwitterEmail

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेलसहित झापाका १९ जना उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने हुनुभएको छ।

आफ्नो मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर  उम्मेदवारी रहेकाले उहाँहरूले आफूलाई मतदान गर्न नपाउने हुनुभएको हो। आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफैंलाई मतदान गर्न नपाउने उम्मेदवारहरूमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतासहित अक्कलबहादुर तामाङ, महेन्द्र खायामली, राजन चुडाल, रामसुफल कामती, रेश्मा चेम्जोङ, त्रिनारायण राजवंशी, युग पाठक, कृष्णगोपाल छुस्यावाग, त्रिनारायण राजवंशी, श्यामबहादुर लिम्बू,

0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालित हुनेछन्। निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।
नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानूनमा आयोगको जिम्मेवारी बमोजिमका कार्य सम्पादनका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा सघाउन समुदायस्तरमा मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै आयुक्त डा. तुलाधरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको बताउँदै निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। उहाँले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार …

0 comment
0 FacebookTwitterEmail

अध्यक्ष केपी शर्माले नेकपा एमालेको चुनावी घोषणापत्र जारी गर्दै  पार्टीका २० ग्यारेन्टी र ३० नारा सार्वजनिक गर्नुभएको छ। “चुनावी घोषणापत्रका रूपमा जारी गरिएका प्रतिबद्धता व्यवहारमा पूरा भएनन् भन्ने प्रश्न उठ्ने गरेकाले नै” एमालेको सरकार गठन भएमा ग्यारेन्टीका रूपमा २० काम गर्ने जनाएको हो।

ग्यारेन्टी १  समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने: समृद्धिको अभियानमा बाधक रहेका नीतिहरूमा सुधार गरिने छ । अति राजनीतिकरणका कारण असक्षम बनेका राज्यका विभिन्न संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाइने छ । नागरिक प्रशासनलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाइने छ । राज्यका निकायहरूबिच अन्तर्निकाय समन्वयको प्रभावकारी व्यवस्था गरिने छ । कार्यसम्पादनको सुनिश्चितताका लागि प्रभावकारी …

0 comment
0 FacebookTwitterEmail

गुल्मी जिल्लाको क्षेत्र नं १ मा २०५६ सालदेखि प्रतिस्पर्धामा निरन्तर रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारी र नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पाँचौं पटक चुनावी मैदानमा उत्रिनु भएको छ।

दुवै नेताहरू वैचारिक र वाक कलामा खरिएका नेता मात्र होइन जनस्तरमै परिचित अनुहार हुनुहुन्छ। चन्द्र भण्डारी नेपाली कांग्रेसको इतर समूहको दोस्रो वरियतामा पाटीको महाधिवेशनमा उठ्नु भएका नेता हुनुहुन्छ। प्रदिप ज्ञवाली पनि एमालेको मूलधारका प्रभावशाली नेता हुनुहुन्छ।

दुवै पार्टीका प्रभावशाली नेताहरू एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रेको यो पहिलो पटक भने होइन। २०५६ देखि भण्डारी र ज्ञवालीबीच निरन्तर प्रतिस्पर्धा भइरहेको छ। यो बीचमा तीन पटकका निर्वाचन ज्ञवालीले जित्नुभएको थियो भने एउटा निर्वाचन …

गुल्मी १: पाँचौं पटक चुनावी मैदानमा भिड्दै चन्द्र भण्डारी र प्रदीप ज्ञवाली 
0 comment
0 FacebookTwitterEmail

सर्लाही क्षेत्र २ का चोकहरूमा, पान दोकानमा,  घरका आँगनहरूमा डाक्टर वीरवंश बैठालाई शिक्षासम्बन्धी आफ्ना योजना सुनाउँदै गरेको भेटिन्छ। मधेशका हेभिवेट उम्मेदवार महेन्द्र राय र राजेन्द्र महतोका विरुद्ध हाम्रो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका डाक्टर वीरवंश बैठा भन्नुहुन्छ, “कर्णाली प्रदेशलाई देशको दुर्गम प्रदेश मानिन्छ तर नेपाल मानव विकास प्रतिवेदन, २०२० को साक्षरता सम्बन्धी तथ्याङ्कमा सबैभन्दा पछाडि परेको मधेस प्रदेश हो। यस्तो सहज भूगोल भएर पनि पर्याप्त शैक्षिक पूर्वाधारयुक्त मधेसको साक्षरता सम्बन्धी सबै तथ्याङ्क नसुधारेसम्म यो भूगोल समृद्ध बन्दैन।”

परम्परागत तथा पुराना राजनीतिक दलका उम्मेदवारसँगै गाडीको लावा लस्कर लिएर चुनाव प्रचार गरिरहेको भिडमा डाक्टर बैठासँग खासै केही छैन, छ त केवल तीन …

नेतालाई मात्र दोष दिएर मधेस उम्किन पाउला त ?
0 comment
0 FacebookTwitterEmail

नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनका लागि ५४ बुँदामा समेटिएको घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्र सार्वजनिक गर्ने क्रममा नेकपा एसका महासचिव बेदुराम भुसालले भन्नुभयो, ‘‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ। अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन। यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौं। यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ।’’

महासचिव भुसालले भन्नुभयो, ‘‘हामीले यो घोषणा पत्रमै के भनेका छौं भने–हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिवद्धतालाई कार्यान्वयनमा उर्ताछौं। यदि हामी सरकारमा रहनौं भने हामी …

५४ बुँदामा समेटिएको नेकपा (एकीकृत समाजवादी) को  घोषणापत्र
0 comment
0 FacebookTwitterEmail

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गर्दै अबको मूल कार्यभारमध्येको एक २१ औं शताब्दीअनुरूपको नेपाली विशिष्टतामा आधारित नेपाली मोडेलको समाजवाद स्थापना गर्ने भन्ने उल्लेख गरेको छ। माओवादीको भनाईमा यो “लोकतन्त्रको उच्चतम रूप हुनेछ र त्यसमा व्यक्तिगत स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गरिने छ।”

घोषणापत्र मार्फत नेकपा माओवादी केन्द्रले देखाएका केही सपनालाई यहाँ समेटिएको छ।

मूल कार्यभारहरू:

१. राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, हित र स्वाभिमानको रक्षा एवम् सुदृढ गर्नुलाई सर्वोपरि राखिने छ र राष्ट्रिय एकतालाई त्यसको मूल आधार बनाइने छ।

२. नयाँ प्रकारको मौलिक लोकतन्त्रका रूपमा स्थापित ऐतिहासिक राजनीतिक परिवर्तन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक …

माओवादीको घोषणापत्रः नेपाली मोडेलको समाजवाददेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसम्म
0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुनेछ  भने समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिन्ह त्यसै अनुसार तय भएको हो ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएका मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved