उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत

अनिल तिवारी

नयाँ सत्ता गठबन्धन घोषणा भएको दुई दिन नबित्दै प्रचण्ड  सरकार सङ्कटमा पर्ने सङ्केत देखिन थालेको छ ।
 
सरकारमा सहभागिताको लागी मन्त्रिमण्डलको बाँडफाँड सन्तुलित नहुने भएपछि सरकारमा जानबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पछि हटेको जसपाको एक नेताले दाबी गरेका छन् ।
 
जनता समाजवादी पार्टीको बुधवार बसेको बैठकमा बहुमत कार्यकारिणी सदस्य तथा सांसदहरूको विद्रोहको धम्की दिएपछि यादव पछि हटेको एक नेताले दाबी गरेका छन् । उनका अनुसार सो दलका १२ जना सांसद मध्ये ८ जना वर्तमान गठबन्धनको विपक्षमा देखिएका छन् ।  

 उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको रूपमा वाम गठबन्धनको सरकारमा अध्यक्ष आफै  जान खोजेको आरोप उपेन्द्र यादव माथि लागेको छ । ‘बैठकमा व्यक्त बहुमतको धारणाको विरोधमा अध्यक्ष यादव गए पार्टी उनको नियन्त्रण भन्दा बाहिर जाने स्पष्ट सङ्केत देखिएको छ’ बैठकमा सहभागी एक नेताले बताए । उनले भने ‘यो गठबन्धनको विरोधमा ८ देखि १० सांसदहरू रहेका छन् ,त्यस कारण पार्टीलाई जोगाउन उपेन्द्र यादव पछि हट्ने निश्चित छ, नभए पार्टीको अध्यक्ष अरू कोही बन्ने अवस्था सिर्जना भएको छ ।’

नयाँ गठबन्धनमा सामेल हुन खोजेको जसपासँग १२ सांसद छन् । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नहुने पक्षको नेतृत्व पूर्वमन्त्रीहरू रेणु यादव र इस्तियाक राइन तथा सा‌ंसद प्रदिव यादवले गरिरहेका छन् ।  जसपाले साथ नदिए प्रचण्डलाई बहुमत जुटाउन मुस्किल पर्न सक्छ । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link