मनसुनजन्य प्रकोपका कारण विगत ११ वर्षको अवधिमा नेपालमा २ हजारभन्दा धेरैले ज्यान गुमाएका छन । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वि.सं. २०६८ चैत १ देखि २०७८ चैत ३१ गते सम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाका कारण २ हजार ३ सय ६२ सर्वसाधारणको मृत्यु भएको हो । यस अवधिमा ५ हजार ८ सय २५ वटा पहिरो र भारी वर्षाका घटना भएका छन् । यी घटनामा ८ सय ८० जना बेपत्ता भएका छन् भने ६१ हजार ४ सय ३२ वटा घरमा क्षति भएको छ । यसरी ११ वर्षको अवधिमा मात्रै विभिन्न विपद्बाट १९ अर्बभन्दा बढीको आर्थिक क्षति भएको …
