अव्यवस्थित सहरीकरण, जग्गाको लोभले पुरिएका खोल्सा एवं नालाहरू मात्र होइन जलवायु परिवर्तनका कारण पहिला पहिला दुई दिनमा पर्ने पानी अहिले दुई घण्टामै आउँछ जसले गर्दा एक छिनमै पानी धेरै ठाँउमा जमिसकेको हुन्छ र त्यसले निकास पाउँदैन र काठमाडौँ पानी परेको केही क्षणमा नै डुब्छ।
काठमाडौको थापागाउँ नजिक धोवी खोलाको किनारमा वर्षौंदेखि छाप्रो हालेर बसेका ८० वर्षीय चक्रबहादुर लामा रातभरि परेको झरीका कारण छाप्रो भित्र पसेको पानी सफा गर्दै हुनुहुन्थ्यो। लामाका लागि यो नित्य कर्म जस्तै सामान्य समस्या हो। ‘सानो दर्के झरी परेपछि धोवीखोला उर्लिएर आउँछ’, लामाले भन्नुभयो– ‘खोलाले ढलको निकास छेक्छ अनि बाटोबाट ढल उम्लिन थाल्छ। पानी दर्किन थालेपछि सामान …
