Home » वातावरण/जलवायु » Page 40
Category:

वातावरण/जलवायु

बाह्य पर्यटकको रोजाईमा हिमाली जिल्ला मनाङ पर्ने गरेको छ। बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिका सहित आउने पर्यटक मनाङ पुग्ने गर्दछन्। सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव सँगाल्ने लक्ष्यका साथ यहाँ आउने गर्दछन्।

करिब दुई वर्ष भने कोभिड १९ को महामारीका कारणले पर्यटक आगमन ठप्प भयो। गत आर्थिक वर्षमा भने कोभिड १९ को सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि हिमाली जिल्ला मनाङ भित्रिन बाह्य पर्यटक बढेका हुन। कोभिड न्यूनीकरण भएपछि आर्थिक वर्ष २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा भित्रिने कूल दुई लाख …

मनाङमा यो वर्ष ७ हजार २० पर्यटक
0 comment
0 FacebookTwitterEmail

बुधबार पोखरा–१३ कमलपोखरीकी सरिमा घर्तीलाई कोठामै भिजेका लत्ताकपडा, सरसामान सुकाउने हतार थियो। आईतबारदेखि अबिरल परेको वर्षा बुधबार दिउँसो केही कम भएसँगै घाम लागेको थियो। घाम लागेपछि केही राहत महसुस गर्दै घर्ती र उनका छोरा बुहारी कोठाका सामान बाहिर ल्याएर सुकाउँदै हुनुहुन्थ्यो। भारी वर्षाका कारण पोखराको कमलपोखरी क्षेत्र सोमबार डुबानमा परेको थियो।
सो क्षेत्रमा रहेको झन्डै एक सय घरका प्राय: भुइँतला जलमग्न भएका थिए। सरिमाकी बुहारी एलिजा कपडा सुकाउन व्यस्त हुँदा छोरा राजकुमार घर्ती आफ्नो दुई महिनाको बच्चा समाइरहनु भएको थियो। राजकुमारले भने– ‘पानी बढ्दै गएपछि डर लाग्न थाल्यो। सानो बच्चा पनि भएकाले आत्तिएका थियौं। कोठाका सामानमाथि मिलाएर राख्यौं। अनि परिवार …

0 comment
0 FacebookTwitterEmail

चितवन हुँदै पूर्व–पश्चिम यात्रा गर्ने मूल सडक हो– नारायणगढ मुग्लिन सडक खण्ड। यो सडक हुँदै देशका पूर्वदेखि पश्चिमसम्म १६ हजार भन्दा बढी लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनबाट मानिसहरू संघीय राजधानी काठमाडौं आउजाउ गर्छन् तर हरेक वर्ष वर्षात् सुरू भएपछि यो सडक खण्डमा हिँड्न जो कोहीले यात्रा गर्नुअघि नै ‘बन्द बाटो’ को सास्ती बेहोर्न तयार भएर हिँड्नुपर्छ।
१५ गते आइतबारबाट देशभर परेको झरी मंगलबारसम्म रह्यो। यो तीन दिनको झरीमा काठमाडौं जाने बाटोको भरतपुर २९ मा पर्ने केराघारीमा लेदोसहितको माटो निरन्तर झरिरह्यो।
यो झरीमा चितवन हुँदै गुड्ने सवारी साधन रोकिने मूल थलो नै केराघारीको पहिरो बन्यो। त्यस पहिरोमा रोकिएको सवारीको …

बर्खामा सँधै खस्ने नारायणगढ मुग्लिनको पहिरो
0 comment
0 FacebookTwitterEmail

वनस्पति र मानवबीचको अन्तरक्रियासम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ‘इथ्नोबोटनी’ भनिन्छ। कुनै पनि स्थान विशेषमा पाइने वनस्पतिहरूको तथ्य एवं तथ्याङ्क संकलित पुस्तकलाई ‘फ्लोरा’ भनिन्छ।

उपलब्ध भएजति सबै वनस्पति ‘औषधीय वनस्पति’ (जडीबुटी) को रूपमा प्रयोग हुँदैनन्। आधुनिक अनुसन्धानबाट स्थापित, परम्परागत अभ्यास (शास्त्रहरूमा उल्लेखित) एवं लोकजीवनमा औषधीको रूपमा प्रयोग हुने वनस्पतिहरूलाई मात्र जडीबुटीको रूपमा प्रयोग गरिन्छ।

परम्परागत अभ्यास (शास्त्रहरूमा उल्लेखित) एवं लोकजीवनमा औषधीको रूपमा विभिन्न जाति जनजाति विशेषले प्रयोग गर्ने वनस्पतिहरूको जैवरसायनिक औषधीय तत्त्वसँग तुलनात्मक अध्ययन गर्नुलाई ‘इथ्नोमेडिसिन’ भनिन्छ। हिजोआज आयुर्वेदीय ग्रन्थहरूमा उल्लिखित औषधीय वनस्पतिहरूको ‘इथ्नोमेडिसिनल’ पक्षको अध्ययन व्यापक रूपमा भइरहेको छ।

पृथ्वीमा लगभग १० लाख बढी जनावर र लगभग ५ लाखभन्दा बढी …

0 comment
0 FacebookTwitterEmail

सन्तोषले दिदी सुनितालाई विहानै उठेर ताल छेउमा चिया बेच्न जाने बताएका थिए। दिदि सुनिता, छोरी सिम्रन र भाइ सन्तोष पोखरा–६ डिहिकोपाटनस्थित टिनले छाएको सानो कोठामा तीन वर्षदेखि डेरा गरि बस्दै आएका थिए। कहिले ज्याला मजदुरी, कहिले लेकसाइडमा पानीको बोतल बेच्ने गर्थे सन्तोष। यता सुनिता भने नजिकको पार्लरमा काम गरिरहेकी थिइन्। दिदी भाइ मिलेर कमाएको पैसाले घरको खर्च चलिरहेको थियो। अघिल्लो दिन मात्र चिया बेच्छु भनेको भाइ सन्तोष भोलिपल्ट बिहान उठ्न सकेन। दिदी सुनिता सुनारलाई अहिले पनि राती के भयो भन्ने त्यति धेरै स्मरण छैन।

आइतबार साँझदेखि नै पोखरामा अविरल भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण नै आएको पहिरोले सोमबार …

शहरमा पहिरोः ताल छेउ चिया बेच्न पाएन ‘ठूले’ ले 
0 comment
0 FacebookTwitterEmail

थोरै क्षेत्रफलमा धेरै पाटे बाघ। नेपालका बाघ संरक्षित क्षेत्रमध्ये एक कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचान यही हो। त्यतिमात्रै नभएर विश्वसामु नेपालले गरेको प्रतिबद्धतासमेत शुक्लाफाँटाले त्यस अगावै पुरा गरिसकेको छ। त्यो हो, सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने।

प्रतिबद्धताको आठ वर्षमा नै शुक्लाफाँटामा बाघको संख्या दोब्बर भैसकेको थियो।  विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। जुन प्रतिबद्धता अनुरूप नेपालमा पनि बाघको बासस्थान रहेका संरक्षित क्षेत्रमा संरक्षणका गतिविधि तीव्र थालिएका हुन।

शुक्लाफाँटाका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार पछिल्लो …

0 comment
0 FacebookTwitterEmail

एउटा सरकारी कार्यालयमा काम गर्ने कार्यालय प्रमुखमा आफ्नो कार्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने भावना जागृत  भएपछि मुहार फेरिन सक्छ भन्ने उदाहरण पनि बनेको छ अहिले– वनस्पति अनुसन्धान केन्द्र मकवानपुर। यसो हुनुको श्रेय २१ महिना अगाडि कार्यालयको प्रमुख भएर आउनुभएका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीलाई जान्छ।

वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीकै कारण स्थापनाकालदेखि नै ओझेलमा परेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुर अहिले चर्चाको केन्द्र बन्न थालेको छ।

नेपालमा विद्यमान जडीबुटीहरूको पहिचान, संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा वनस्पति फाँटको रूपमा थालनी भएको थियो। यसलाई वि.सं. २०१६ मा नेपालमा वनस्पति विविधताको पहिचान, अध्ययन, सदुपयोग, प्रविधि विकास तथा …

कायाकल्प भयो मकवानपुरको वनस्पति अनुसन्धान केन्द्र
0 comment
0 FacebookTwitterEmail

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९मा जङ्गली जडीबुटीबाट ४० लाख १६ हजार ६४ रूपैयाँ राजश्व सङ्कलन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र टिम्बर काठ बिक्रीबाट पनि उक्त राजश्व सङ्कलन भएको हो।

यस आवमा जिम्बु सङ्कलनबाट रु.३९ हजार ९८, वन लसुनबाट रु. ४ हजार ५१२, गुची च्याउबाट रु. १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट रु.३६ लाख २९ हजार ५०१ र टिम्बरबाट रु. दुई लाख ९५ हजार ४९९ राजश्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ …

मनाङमा सङ्कलन भयो ४० लाखको जडीबुटी राजश्व
0 comment
0 FacebookTwitterEmail

सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा ‘मायाको चिनो’ अर्थात उपहारका रुपमा स्थापित भएको छ, ‘विजयसालको अम्खोरा’। यसलाई सुदूरपश्चिमको ‘ब्राण्ड’ अम्खोराका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ तर बहुउपयोगी रूख विजयसाल नै हराउन थालेपछि ‘ब्राण्ड’ अम्खोरा नै नपाउने त्रास बढेको छ।

जिल्लामा एक दशक अघिदेखि थालिएको पर्यटन महोत्सवले विजयसालबाट बनेका भाँडाकुँडाको महत्व बढेको हो। महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने ‘सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ ले यसको प्रबर्द्धन तथा प्रचारप्रसारमा थप टेवा पुर्‍यायो। उवासङ्घका अध्यक्ष जंगबहादुर मल्ल भन्नुहुन्छ, ‘उद्योग वाणिज्य सङ्घले विजयबाट निर्मित अम्खोरा लगायतका वस्तुलाई महोत्सवमा प्राथमिकता दियौं। अहिले सुदूरपश्चिमको पहिचान भएको छ।’

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विजयसालका भाडाले …

विजयसाल नै सकिए कसरी जोगिएला सुदूरपश्चिमको ‘ब्राण्ड’ अम्खोरा?
0 comment
0 FacebookTwitterEmail

६ देखि ११ वर्षका १,५८१ बालबालिकामा गरिएको एक अध्ययनले सहरी वातावरणीय विशेषताहरू र स्वस्थसँग सम्बन्धित बानी बीचको सम्बन्धका बारेमा अनुसन्धान गरिएको थियो।

जनसंख्या र सडक सञ्जाल कम भएको र धेरै वनस्पति भएको सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रो भएको पत्ता लागेको छ। बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आईएस ग्लोबल) को नेतृत्वमा गरिएको एक अध्ययनमा यो कुरा पत्ता लागेको हो ।

धेरै प्राकृतिक ठाउँहरूले घेरिएका बालबालिकाहरू शारीरिक रूपमा बढी सक्रिय हुन्छन्, धेरै शारीरिक गतिविधिहरू समावेश गर्ने गतिविधिहरूमा बढी समय बिताउँछन्, धेरै घण्टा सुत्छन्,  अनि हिडेर वा साइकल चलाएर स्कुल जाने सम्भावना बढी भएको कुरा अध्ययनले पत्ता लगाएको छ।…

रूखबिरुवाबीच शहरमा बस्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रोः अनुसन्धान
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved