Home » विचार » Page 19
Category:

विचार

सुमधुर कलाकारी अनुभूतिहरू बाँड्दै कलाकार बुद्धि गुरुङका चित्रकला सतत् सिर्जनामा उचाइ अवतरणको उपलब्धिमा छन्। उहाँको यात्रा एकोहोरो कलाकर्मको व्यस्तताबाट अहिले प्राज्ञको कुर्सीमा पुगेर मोडिएको छ। आज पछाडि फर्किएर हेर्दै उहाँ आफूलाई आफैंले आत्म मूल्याङ्कन पनि गर्दै हुनुहुन्छ। लामो कलायात्राको अविरल हिँडाइपछि उहाँ विश्रामका साथ परम्परागत शिल्पकलाको संरक्षण, प्रवर्द्धन आदिको जिम्मेवारी बोझमा पनि हुनुहुन्छ। यो बोझभन्दा पनि आफूले गर्नुपर्ने कलाविकासको एक अवसरसमेत भएको कुरालाई उहाँले सगर्व मनन गर्नुभएको छ।

वि.सं. २०१५ सालमा अर्मलाकोट, कास्कीमा जन्मनुभएका गुरुङ सानैदेखि दु:ख र सुखसँग साक्षात्कार हुनुभयो। जिन्दगीलाई त्यतिबेलै बुझ्नुभएका उहाँका जीवन–सङ्घर्षका पलहरू प्राय: पीडादायी थिए। तिनै पललाई प्रेरणाका रूपमा लिएर उहाँले जीवन्त जीवनको बाटो समाउनुभयो। …

परम्परागत शैलीलाई पछ्याउँदै तिनलाई आधुनिक स्वरूप दिन क्रियाशील कलाकार बुद्धि गुरुङ
0 comment
0 FacebookTwitterEmail

हिलो बाटोमा एक ऋषि लम्पसार परेर बुद्धलाई हिँड्न सहज बनाइरहेको दृश्य समेटिएको चित्रकला बौद्ध समाजमा निकै प्रचलित छ। यो चित्र देखेर कसैकसैको मनमा यस्तो कुरा खेल्न सक्छ, बुद्ध पनि कस्ता रहेछन्, कोही भक्त लम्पसार परे भनेर तिनैमाथि टेकेर हिड्न हुन्छ ?
कसैलाई यो पनि लाग्नसक्छ, उनी लुम्बिनीमा जन्मेका गौतम हुन्। उनका अगाडि लम्पसार पर्दै गरेका ऋषि कुनै अर्कै धर्मका हुन् र आफ्नो धर्म मन नपरेर बुद्धको शरणमा आएका हुन्। गौतम बुद्धको महिमा मण्डन र अन्य धर्मको मानमर्दन गर्नका लागि यो चित्रकलाको सिर्जना गरेको भन्ने पनि कसैकसैलाई लाग्छ सक्छ। बौद्ध धर्म दर्शनको आधारभूत ज्ञानसँग सम्बन्धित यो चित्रकलालाई नबुझी बौद्ध परम्पराको ज्ञान …

सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
0 comment
0 FacebookTwitterEmail

नेपाली राजनीतिले दुर्योधनको प्रतिनिधित्व गरिरहेझैं लाग्छ । अन्धा धृतराष्ट्रले आफ्ना दमित इच्छाहरू पूरा गर्न दुर्योधनलाई प्रयोग गरिरहेका थिए। उनी दुर्योधनलाई राम्रो बाटो हिँड्न र पाण्डवप्रति सदाचार प्रकट गर्न आदेश दिन्थे तर आन्तरिक रूपमा दुर्योधनको हठी व्यवहार उनलाई निकै मन पर्थ्यो।

धृतराष्ट्रको दमित इच्छा अनुरुप नै दुर्योधनले काम गरेका हुन् भन्ने प्रमाणचाहिं भीमको ढुङ्गाको मुर्तिलाई रीसले चकनाचुर परेबाट पनि प्रकट हुन्छ।

महाभारत युद्धका थुप्रै सन्दर्भ नेपाली राजनीतिमा हुबहु मिलेझैं लाग्छ । किनभने हाम्रो देशका अनेक राजनीतिकर्मीहरूका बारेमा गहन खोजी गर्दै जाने हो भने स्वार्थ र इर्ष्याले भरिएको देखिन्छ ।

महाभारतको युद्धको प्रमुखकारण पनि इर्ष्या नै थियो। दुर्योधनले पाण्डवहरूको सन्त स्वभाव र …

नेपाली राजनीतिमा दुर्योधन प्रवृत्ति
0 comment
0 FacebookTwitterEmail

यस पटक न मधेस आन्दोलनको ‘राप–ताप’ छ न त मधेसी आन्दोलनकै माग वा अधिकारको मुद्दा छ। रातारात सत्ताधारी गठबन्धनबाट एमालेसँग लहसिएपछि इच्छाए अनुसारका भागबन्डा त पायो जसपाले तर स्थानीय चुनावमा भएको हारजितको प्रतिशोध नसेलाउँदै भएको गठबन्धनले एमाले र जसपा दुबैलाई सकसमा पारेको छ। गठबन्धनलाई ठगबन्धन भन्दै दुबैदलबाट बिद्रोहको बिगुल बजाउदै धेरै  नेता तथा कार्यकर्ताले बागी उम्मेदवार बनेर चुनौती दिएका छन्।

एमाले र ओली  सबैभन्दा ठूला मधेस विरोधी भएको आरोप लगाउने उपेन्द्र यादव र उहाँका उम्मेदवार अहिले चुनावी सहधर्मीदल एमालेलाई गंगाजल छर्केर शुद्ध बनाउदै मधेस प्रेमी बनाउने चुनावी अभियानमा लागेको छ।

 

एमाले र ओली  सबैभन्दा ठूला मधेस विरोधी भएको आरोप …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले मङ्सिर ४ को मतदानमार्फत नेपालको व्यवस्थापिका र कार्यपालिका कोरल्दै छ। संविधानबमोजिम निर्वाचन गराउने अभिभारा निर्वाचन आयोगको हो तर आयोग एक्लैले निर्वाचन गराउने होइन। निर्वाचन गराउने धेरै बल कार्यपालिकासँगै छ भने अलिकति बल न्यायपालिका (न्यायाधीश र न्याय सेवाका कर्मचारी निर्वाचन काममा वर्चस्वशाली हुनाले) सँग छ। आदर्शत: निर्वाचन न्याय, मानवअधिकार र विधिको शासनलाई जिउँदो राख्ने सबैभन्दा बलियो र अपरिहार्य काम हो तर व्यवहारत: यसले रिक्त रहेका पदहरूको पूर्ति गरेर कानुनी व्यक्तिको स्थानापन्नमा प्राकृतिक व्यक्ति छनोट मात्रै गर्ने काम हो। दसैँ, तिहार छठ आदि चाडपर्व नागरिकले उल्लासपूर्वक मनाएका छन् तर तीभन्दा राज्यकै औपचारिक पर्वका रूपमा निर्वाचनलाई सरकारी तह र स्वार्थसमूह

0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचार राष्ट्रसेवकहरूले गर्ने राष्ट्रविरूद्धको फौजदारी अपराध हो । यिनीहरू राजनैतिक, सामाजिक, नैतिक र कानूनी रूपमा पनि ‘हैसियतवाला’ हुने भएकाले भ्रष्टाचार रूपी अपराधमा संलग्न हुनु अघि वा पछि आफ्नो ‘हैसियत’ जोगाउन दोष मुक्तिका अनेकौं तरिकाहरू अपनाउने गर्छन् ।

अपराधशास्त्रमा यस्ता तरिकाहरूलाई ‘न्युट्रलाईजेशन वा र्‍यासनालाईजेशन टेक्निक्स’ भनिएको छ । नेपाली भाषामा यी शब्दहरूको अपराधको ‘सामान्यीकरण’ वा ‘औचित्यीकरण’ भन्न सकिएला । यस लेखमा भने अपराधको ‘बहाना’ भन्ने शब्दले बढी अर्थबोध हुने ठानेर यही शब्दको प्रयोग गरिएको छ ।

नेपाली शब्दकोषहरूले पनि ‘बहाना’ को अर्थ देखौवा (देखाउन मात्र) कारण भनेका छन् । भ्रष्टाचारीहरूले पनि नैतिक र कानूनी देखिएर अनैतिक र गैरकानूनी काम गर्नु परेको …

0 comment
0 FacebookTwitterEmail

समाजका हरेक गतिविधि तथा चालचलनलाई हिजोआज लैंगिक दृष्टिबाट हेर्ने र लैगिक समानताको वकालत गर्ने सोचको विकास भएको छ। यो विस्तृत तवरले हेर्नुपर्ने विषयवस्तु हो। त्यसमा एउटा पक्ष छोरा र छोरीको भूमिका हो। कतिपय समाजमा आफैंले जन्माएको छोरीलाई कुनै खास महत्व नै दिइएको हुँदैन भने कतिपय समाजमा भूमिकाको मामिलामा विविधता पाइन्छ।

कुन समाजमा छोरीको भूमिका के कस्तो हुन्छ भन्ने अध्ययन समाजशास्त्रको महत्वपूर्ण विषय हो। यस लेखमा नेवार समाजमा छोरीको भूमिकामाथि केही संक्षिप्त चर्चा गरिन्छ, जसले विस्तृत अध्ययनका लागि ढोका खोल्नेछ। साथै, यसले नेवार समाज बुझ्न पनि सघाउने छ।

नेपाली समाजको बनावटबारे चर्चा गर्दा हामी प्राय: ब्राह्मण, क्षेत्री, तामाङ, मगर, गुरुङ, थारु, …

नेवार समाजमा छोरी
0 comment
0 FacebookTwitterEmail

एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो। पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन। एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन। खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन। काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन्। व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन्। पकाइएको केही परिकार प्याक गरेर राखिन्छ। यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ। भात, रोटी, …

0 comment
0 FacebookTwitterEmail

हिजोआज असुर शब्दको सबैलाई थाहा भएको सामान्य अर्थ दैत्य, दानव वा राक्षस हो। हुन्दु धर्मका धार्मिक ग्रन्थहरूमा देवता र असुरहरू एकअर्काका वैरी हुन् भन्ने प्रसङ्ग जोडिएको पाइन्छ। आजकल त सुरहरू आर्य र असुरहरू अनार्य वा राईलिम्बु वा मङ्गोलियन परिवारका जाति हुन् भन्नेसम्मको भ्रम छ। हिन्दु धर्ममा जन्मका आधारमा वर्ण व्यवस्था हुने परम्परा स्थापित गराउन वेदको गलत व्याख्या गर्ने परम्परा नै बसेको छ।

वर्ण व्यवस्था र जाति व्यवस्था फरक कुरा हुन्। वैदिक वर्ण व्यवस्था गुण र कर्मको विशिष्टीकरणसँग सम्बन्धित हो। वैदिक ग्रन्थमा वर्ण रङ्गको अर्थमा पनि प्रयोग भएको छ। मानिसका सन्दर्भमा वर्णको समानान्तर शब्द वर्ग हुन सक्ला तर जाति हुन सक्दैन। …

गलत बुझिएको “असुर”
0 comment
0 FacebookTwitterEmail

देशभर तिहार अर्थात यमपञ्चकको रौनक छाएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। विभिन्न धर्मग्रन्थमा उल्लेख भएअनुसार यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। यमपञ्चकको  अन्तिम तथा यम पाँचौं दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ। यही दिन दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्ति आदिको वृद्धिको कामना गर्दै भाइटीका लगाइदिने गर्छन्।

पछिल्लो समय तिहारको महत्व तथा रौनक देशमा मात्र होइन नेपालीहरू बसोवास गरिएका अरु देशहरूमा पनि उत्तिकै फैलँदै गएको देखिन्छ।  रोजगार र अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपाली र स्थायी रूपमा विदेशमा बस्ने नेपालीले दशैँ पनि उल्लासका साथ मनाए भने …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved