Home » विचार » Page 24
Category:

विचार

गत महिना, भारत सरकारले संसदलाई भारतका बैंकहरूको सन् २०१७ देखि २०२२ को बीचमा लगभग १० लाख करोड रुपैयाँको खराब कर्जा  अपलेखन गरिसकिएको बताएको छ।

१० हजारभन्दा बढी जानीबुझीकन कर्जा नतिर्ने (विलफुल डिफल्टर) मा २५ संस्थानहरू शीर्ष स्थानमा रहेका छन्। २५ संस्थानहरूमध्ये प्रत्येकले  ११५०–७१०० करोड रुपैयाँ ऋण लिएका छन्।  अपलेखनबारे बताएको चार दिन पछि भारत सरकारले संसदमा सन् २०१४ यता बैंकहरूले ६.४१ लाख करोड रुपैयाँको ऋण असुली गरेको घोषणा गर्‍यो।

अघिल्लो जुलाईमा, सरकारले खराब ऋण (निष्क्रिय सम्पत्ति, वा एनपीए) को अनुपातमा संयुक्त राज्य अमेरिका, बेलायत र चीन जस्ता ठूला अर्थतन्त्रहरूको तुलनामा  भारतको अवस्था निकै प्रतिकूल रहेको स्वीकार गरेको थियो। कुल ऋणमा …

0 comment
0 FacebookTwitterEmail

वैदेशिक रोजगारी नेपालीहरूको लागि आम्दानी वृद्धि गर्ने बलियो विकल्प बनेको छ । देशभित्रै रोजगारीका पर्याप्त अवसरहरू नहुनु नै यसको मुख्य कारण मानिन्छ । त्यसैले अहिले वार्षिक लाखौं नेपालीहरू रोजगारीका लागि विदेशिने गरेका छन् । २०७७ को तथ्यांकको आधारमा ४५ लाख हाराहारीको जनशक्ति देश बाहिर रहेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा श्रम नवीकरण गर्ने र नयाँ श्रम स्वीकृति लिनेको संख्या मात्र करिब ५ लाख ९ हजार छ । कोभिडको विश्वव्यापी समस्याले गर्दा यो संख्या केही घटे पनि फेरि उकालो लाग्न  थालेको अवस्था छ । नेपालका करिब ५६ प्रतिशत घरधुरीबाट वेदैशिक रोजगारीमा सहभागिता रहेको र यसले पारिवारिक आम्दानी वृद्धिमा ठूलो टेवा …

0 comment
0 FacebookTwitterEmail

नेपालमा धेरै अगाडिदेखि सोह्र वर्ष पुगेपछि मानिसलाई जवान/तन्नेरी भयो भन्ने मानिँदै आएको थियो। नेपालको संविधान (२०७२) सँगै नाबालक मानिने उमेर १८ बनाइयो। बालअधिकार र बालसंरक्षणका अनेक नारा राज्यले उराले पनि यथार्थमा बालअधिकार र संरक्षणका लागि सरकारी कदम निम्छरा खालकै रहे। तथापि कानुनमै बालबालिकाको उमेर १८ वर्ष पूरा नभएसम्म कायम गरिएपछि नाबालकको उमेरको सीमा १६ वर्ष नै रहनुपर्थ्यो र उमेर बढाउँदा बालबालिकाविरुद्ध हुने अपराध पनि बढे भनेजस्ता विषयले सार्वजनिक चर्चामा चाहिएभन्दा बढी ठाउँ पाउन थालेका छन्।

नाबालिक मानिने उमेर घटाउँदैमा बालबालिकाउपरको अन्याय घट्ने होइन अरू बढ्छ भन्नेतिर चाहिँ खासै चर्चा भएको पाइँदैन। सूक्ष्म रूपमा हेर्ने हो भने अहिले भएका यौनअपराधबाट पीडित …

0 comment
0 FacebookTwitterEmail

नेपालको नागरिकतामा राष्ट्रिय दृष्टिकोण अपनाइएको देखिँदैन। यो राजनैतिक स्वार्थ परिपूर्तिका लागि उपयोग गरिएको देखिन्छ। यसकारण अहिले राष्ट्रपति विद्या भण्डारीले वर्तमान संसद्लाई नागरिकताबारे राष्ट्रिय अवधारणा बनाउन अनुरोध गर्नुभएको थियो। वर्तमान नागरिकता विधेयकले नेपालको नागरिकता समस्या पूरै सुल्झिँदैन भनेर सरकार आफैले मानिसकेको छ। यसको लागि अर्को विधेयकको आवश्यकता पर्छ भनेर पनि मानिसकेको छ। त्यसकारण हालको नागरिकता विधेयक अपूर्ण छ भनेर पनि मानिसकेको छ।

नेपालको नागरिकता सम्बन्धी विचार २००७ साल पछि मात्र अपनाउन थालिएको हो। २००९ सालमा पहिलो पटक यस सम्बन्धी कानुन बनेको हो। दक्षिणमा चारकोसे झाडी थियो भने उत्तरमा हिमालयले यो देश छुट्टयाएको थियो। जब सो झाडी हटाउँदै मानिसहरू बसोबास गर्न थाले। …

नागरिकतामा राष्ट्रिय दृष्टिकोण
0 comment
0 FacebookTwitterEmail

आखिर ‘जन्मले नेता बन्ने तिम्रो तन्त्र हामीलाई मान्य छैन’ भनेर नै हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रोजेका हौँ। अहिले लोकतन्त्र त पायौँ तर यसको प्रयोग गर्ने पद्धति न पर्याप्त मात्रामा अरुबाट सिक्न सक्यौँ न आफैले मौलिक प्रकारको लोकतान्त्रिक पद्धतिको विकास गर्न सक्यौँ। हामीले भन्ने  गरेको लोकतन्त्रको कैयौँ पक्षहरूमा विकृततन्त्रको ऐजेरु मौलाएको हुँदा लोकतन्त्ररूपी वृक्ष होइन त्यही विकृतिको ऐजेरुलाई नै लोकन्त्रकारूपमा चित्रित गर्ने गरिंदै छ। अर्को परीक्षित उत्तम विकल्प उपस्थित नहुदाँसम्म लोकतान्त्रिक प्रणालीको विकल्प छैन र यदि यसको विकल्प केही छ भने त्यो केवल उन्नत लोकतान्त्रिक परिपाटी नै हो। यस्तो लोकतन्त्र भनेको समाजवादका आदर्शहरू बोकेको जनकेन्द्रित (पिपलसेन्टर्ड) र सहभागितामूलक (पार्टीसिपेटरी) लोकतन्त्र हो। …

लोक र आचार छाडेको लोकतन्त्र
0 comment
0 FacebookTwitterEmail

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले बहत्तर वर्षको परम्परालाई अगाडि बढाउँदै भारतका थलसेना अध्यक्ष महासचिव मनोज पाण्डेलाई यो सोमबार नेपाली सेनाको मानार्थ जर्नेलको उपाधिबाट अलंकृत गर्नुभयो। तर दुर्भाग्यको कुरा , भारतीय सेनाको गोर्खा रेजिमेन्ट नेपाली सैनिकहरूको नियुक्तिको २ सय ७ वर्ष लामो परम्परा भारतीय सेना अल्पकालिक नियुक्तिको विवादास्पद ‘अग्निपथ’ योजनाका कारण अनिश्चित भविष्यतिर लम्बिरहेको छ।

ब्रिटिश कालमा भारतीय सेनाले सन् १८१५ देखि गोर्खा भर्ती गर्न थाल्यो, तर सबैभन्दा पहिले त सेर ए पन्जाब महाराजा रणजित सिंहले सन् १८०९ मा कांगडाको लडाई पछि गोर्खाहरूलाई आफ्नो सेनामा नियुक्त गर्नुभएको थियो। सेवारत वा सेवानिवृत्त गोर्खा सैनिकहरूलाई ‘लाहुरे’ को नामले पुकार्नुका पछाडिको कहानी पनि त्यही लुकेको …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।

डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।

एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …

डेंगु रोगको उपचारमा मेवा–पात रसको वैज्ञानिक प्रामाणिकता
0 comment
0 FacebookTwitterEmail

भूगोलविद्, जापानविद्, व्यङ्ग्य साहित्यकार, चित्रकार लगभग सय कृतिका लेखक प्राध्यापक रामकुमार पाँडे ! उहाँका अनुसार २०४६ सालमा ‘उडकट प्रिन्ट’ बनाइ जापान र अमेरिकामा प्रदर्शनसमेत गर्नुभएको थियो। पूर्वीय दर्शनको विम्ब प्रयोग गरी रोचक र रहस्यमय प्रस्तुतिमार्फत् ‘पावर प्रिन्ट’ नामकरण गर्नु भई विश्वकलामा नेपाली कलाको भिन्न चिनारी दिनुभएको थियो। नेपालमा पहिलो मुहारचित्र प्रदर्शनी २०४१ मा सरस्वती सदनमा भएको बताउँदै त्यसमा आफूले भाग लिनुका साथै आयोजकको भूमिका खेलेको उहाँ सम्झना गर्नुहुन्छ। आफू मात्रै होइन श्रीमती अमीता पाँडेले नेपाली संस्कृति र जनजीवन झल्किने पुतली बनाउने र ती कला विभिन्न मुलुकमा एकल प्रदर्शनीसमेत गरिसकेको उहाँ बताउनुहुन्छ।
साहित्यकार प्राध्यापक रामकुमार पाँडेको चिनारीलाई साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको …

साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको एक कुशल कलाकार प्रा रामकुमार पाँडे
0 comment
0 FacebookTwitterEmail

स्थानीय नेवार समाजमा ‘यँया:’ नामबाट चिनिएको साँस्कृतिक पर्व इन्द्रजात्राले राज्य स्तरबाट ठूलै मान्यता पाएको छ। यो पर्व एक दिनमा सीमित छैन। यस पर्वका अवसरमा निकालिने जीवित देवी कुमारीको रथयात्राको एक झलकलाई नै इन्द्रजात्राको रूपमा बुझ्ने र बुझाउने ‘अचम्म लाग्दो अर्को जात्रा’ पनि देख्न पाइन्छ। यो ‘अचम्म लाग्दो अर्को जात्रा’ अनावश्यक त हो नै तर यसैलाई आवश्यक कुराको रूपमा लिइनु सांस्कृतिक ज्ञान नहुनु हो। अझ भनौं, ‘जसको बिहे उसैलाई हेर्न नदे’ भनेजस्तो क्रियाकलाप यति बेला हुन्छ।
यँया: नेवार समाजमा प्रचलित एक भव्य र रमाइलो पर्व हो। यस अवसरमा अनेक खालका सांस्कृतिक गतिविधिहरू बडो हर्षोउल्लासका साथ सम्पन्न हुन्छन्। एक समय धार्मिक तथा …

सांस्कृतिक अनभिज्ञताको प्रतीक यँया: (इन्द्रजात्रा)
0 comment
0 FacebookTwitterEmail

के तपाईँलाई ख्याल छ, काठमाडौँ महानगरले उठाएको मनोरञ्जन कर वाग्मती प्रदेशको सञ्चित कोषमा समेत दाखिला हुन्छ ? हो यो रकम अन्तरसरकारी वित्त हस्तान्तरण ऐन र प्रदेशको आर्थिक कानुन अनुसार प्रदेश सञ्चित कोषमा समेत दाखिला हुन्छ। काठमाडौँ महानगरले सात वर्षदेखि फनपार्कले नतिरेको कर २४ घण्टे उर्दी दिएर उठायो। प्रदेश कानुनमा समयमा उक्त कर नतिरे ब्याज समेत असुल उपर गर्ने प्रावधान छ। यसैले उसले सात वर्षदेखि उक्त कर ब्याजसमेत असुलेको हो।

सम्बन्धित प्रदेशको सम्बन्धित लगाएको मनोरञ्जन कर सम्बन्धित स्थानीय तहले सङ्कलन गरी प्रदेशको सञ्चित कोषमा ६० र उठाउने स्थानीय तहको सञ्चित कोषमा चालीस प्रतिशत हिस्सा दाखिला हुन्छ।  यस्तै विज्ञापन कर चाहिँ …

सङ्घीयताको सुन्दर पक्ष : तलबाट उठाएर माथि बाँडफाँट
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved