Home » स्वास्थ्य » Page 13
Category:

स्वास्थ्य

मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा बुटवलसहित देशभरका चिकित्सकहरू आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलित बन्दा बिरामी भने अत्यावश्यक उपचार सेवा पाउनबाट वञ्चित भएका छन्।

नेपाल चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भनेको थियो। संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ।

देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरंग (ओपिडी)को टिकट वितरण गरेका छैनन्। लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका चिकित्सकहरू विरोध कार्यक्रमसहित धर्ना दिएका छन्। उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न बन्द गर’, …

लुम्बिनी प्रादेशिकसहित देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, बिरामी उपचारबाट वञ्चित
0 comment
0 FacebookTwitterEmail

बैतडीको दोगडाकेदार गाउँपालिका–६ का कृष्णसिंह कार्कीले भारतमा वर्षौंदेखि रोजगारी गर्दै आउनुभएको थियो। त्यहाँको एक अस्पतालमा स्विपरदेखि चौकीदारको काम गर्नुहुन्थ्यो। भारतका विभिन्न अस्पतालहरूमा काम गरेको अनुभव रहेको भन्दै विगत एक दशकदेखि दोगडाकेदार गाउँपालिका ६ को पन्ज्युनयाँ बजारमा कबिर मेडिकल हलको नाममा अवैधानिक तवरले मेडिकल सञ्चालन गरिरहेको खुलेको छ।

अवैधानिक रुपमा मेडिकल सञ्चालन भएको गुनासो पाएपछि स्वास्थ्य कार्यालय र सुरक्षा निकायबाट गएको प्रतिनिधिमण्डलले भाद्र १९ गते मंगलबार अनुगमन गरेर सिल गरिदिएको छ। यसैगरी गैरस्वास्थ्यकर्मीसमेत रहेका ६१ वर्षीय कार्कीलाई नियन्त्रणमा लिई मुद्दासमेत चलाएको छ। ‘स्वास्थ्यसम्बन्धी शिक्षा त परको कुरा, सामान्य लेखपढसमेत नगरेका व्यक्ति रहेछन्, एक दशकदेखि अवैधानिक मेडिकल रुपमा चलाइरहेको पाइयो,’ स्वास्थ्य कार्यालय …

बैतडीमा अवैधानिक मेडिकलको बिगबिगी, स्वास्थ्यमाथि चरम लापरबाही
0 comment
0 FacebookTwitterEmail

मोरङको सुन्दरहरैँचा नगरपालिका घर भएकी ६५ वर्षीय राधा भण्डारी अहिले नियमित चेकजाँचका लागि सुन्दरहरैँचा नगर अस्पताल पुग्नुहुन्छ। भण्डारीमा लामो समयदेखि श्वासप्रश्वासको समस्या छ।

सदरमुकाम विराटनगरलगायतका ठूला सबै अस्पताल चहारिसकेकी उहाँलाई अहिले घर÷आँगनको यो अस्पतालको सेवा मन परेको छ। घरबाट आधा घन्टामा पुग्न सकिने अनि दुई घन्टामा सबै चेकजाँच गरेर फर्किन सकिने भएकाले उहाँ नियमित जाँचका लागि नगर अस्पताल पुग्नुहुन्छ।

कुनै समय प्राथमिक स्वास्थ्यचौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो एक वर्षमा यो नगर अस्पताल अन्य सम्पन्न अस्पतालझैं बनेको छ। यहाँ सबै रोगको नियमित परीक्षण …

सरकारी अस्पतालप्रति स्थानीयको भरोसा जगाउँदै सुन्दरहरैँचा नगर अस्पताल
0 comment
0 FacebookTwitterEmail

१. मिथ्या कुरा : स्तनपान गराउन सहज छ।

शिशुहरू आफ्नी आमाको स्तनको खोजी गर्ने प्रवृत्तिसहित जन्मिएका हुन्छन्। यद्यपि,  धेरै आमाहरूलाई स्तनपान गराउँदा उनीहरूका शिशु सही तरिकाले बोकिएको र स्तनसँग सही तरिकाले जोडिएको छ भन्ने सुनिश्चित गर्न व्यावहारिक सहायता चाहिन्छ। स्तनपानका लागि आमा र शिशु दुवैलाई समय र अभ्यास चाहिन्छ। स्तनपान गराउन समय पनि लाग्दछ,  त्यसैले आमाहरूलाई घरमा र काममा उचित स्थान र सहायता आवश्यक हुन्छ।

२. मिथ्या कुरा : स्तनपान गराउँदा दुख्नु सामान्य कुरा हो – मुन्टो पक्का दुख्छ।

धेरै आमाहरूले शिशुको जन्मेपछि स्तनपान गराउन सिक्दै गर्दा सुरुका केही दिन असहज अनुभव गर्दछन्। तर स्तनपानका लागि शिशुलाई सही तरिकाले बोक्न …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैंगिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको छ । प्रादेशिक अस्पतालका लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की नर्सिङ अधिकृत कान्ति पाण्डेका अनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएका छन् ।

आज प्रादेशिक अस्पतालमा भएको (ओसिएमसी)को आर्थिक वर्षको बजेट स्वीकृत तथा गत वर्षको समीक्षामा अघिल्लो वर्षभन्दा यस वर्ष यो केन्द्रबाट सेवा लिनेको संख्या वृद्धि भएको बताइएको छ।

प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रलाई स्थानीय तहमा सहकार्य गरेर फराकिलो बनाएर जानुपर्ने बताउनुभयो ।

‘जुन पालिका हिंसाबाट …

0 comment
0 FacebookTwitterEmail

कुनै बेला रुपन्देहीसहित प्रदेशभरि क्षयरोग (टिबी) का बिरामीहरुको अवस्था र तथ्यांकबारे ठोस तथ्यांक थिएन। जसका कारण अन्दाजको भरमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका थिए।

अहिले लुम्बिनी प्रदेशसहित कर्णली र सुदूरपश्चिम क्षेत्रमा समेत हेर्ने गरी सेभ द चिल्ड्रेनको तर्फबाट वरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहको आगमन भएपछि प्रदेशको तथ्यांक व्यवस्थापनमा नेपालकै नमुना अभ्यासको सुरुवात गर्नुभएको छ। तथ्यांक व्यवस्थापनका लागि डेटा म्यानेजमेन्ट कमिटी गठन गरी सबै पालिकाका सबै निकायमा यसको पहुँच विस्तार गर्नुभएको छ।

अहिले प्रदेशमा क्षयरोगसम्बन्धी बिरामीको यकिन तथ्यांक उपलब्ध हुन थालेको छ। टिबी रोग बारेमा जानकारी भए पनि सरकारी निकाय, अस्पतालहरुमा यसको फोकल पर्सन तोक्ने परिपाटी नै थिएन। यो …

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको ठूलो र पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो। यहाँ अन्तरंग, बहिरंगलगायत सबै विभागमा विरामीले उपचार गराउँदा सहज रुपमा सेवा पाउन सक्छन्। तर अहिले अस्पतालमा दैनिक क्षमताभन्दा बढी अर्थात् २५ सय जनाभन्दा बढी बिरामीले उपचार गराइरहेका छन्।

लुम्बिनी प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क बनाएपछि बिरामीको संख्या ह्वात्तै बढेको हो। अस्पतालका नायब सुब्बा चिरञ्जीवी घिमिरेका अनुसार अस्पताल ५ सयभन्दा बढी बेड सञ्चालनमा छन्।

५ सय बेड क्षमता भएको अस्पतालमा दैनिक ओपीडी टिकट मात्रै १५ सय ९४ जनाले टिकट लिन्छन्। यो सामान्यतर्फको हो भने स्वाथ्य बिमाबापतको संख्या योभन्दा अझ बढी …

लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र
0 comment
0 FacebookTwitterEmail

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिस्टभन्दा फार्मेसीको संख्या बढी हुन नहुने बताउनुभएको छ।

औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिस्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्याससम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिस्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दाबी गर्दै फर्मासिस्टबिना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको  बताउनुभयो।

‘यसरी फर्मासिस्टबिनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो। यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौं,’ उहाँले भन्नुभयो।

केही दिनपहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरुको अनुगमनका क्रममा धरैजसो फार्मेसी फर्मासिस्टबिनै चलिरहेको पाइएको, अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढिरहेका विद्यार्थी फार्मेसीमा राखेर …

फर्मासिस्टबिनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो : स्वास्थ्यमन्त्री बस्नेत
0 comment
0 FacebookTwitterEmail

बेलायतको म्यानचेस्टर क्राउन अदालतले ७ नवजात शिशु मार्ने नर्सलाई न्यायाधिश जस्टिस गसको इजलासले जन्मकैदको सजाय सुनाएको छ ।

लुसी लेटबी नाम गरेकी नर्सलाई काउटेन्स अफ चेस्टर हस्पिटलमा ७ जना नवजात शिशुको हत्यामा दोषी पाइएको थियो । सातै शिशुलाई उनले भिन्दाभिन्दै तरिकारले मारेकी थिइन् । यस्तै ६ शिशुको हत्या प्रयाससमेत गरेकी थिइन् ।

सन् २०१५ देखि जुन २०१६ सम्म लेटबीले घटना घटाएकी थिइन् ।

अचम्म लाग्ने विषय के भने सरकारी अधिवक्ताहरूले ९ महिना लगाएर गरेको सुनुवाइमा लुसीले बच्चाको हत्या किन गरिन् भन्ने स्पष्ट रुपमा बताउन सकेका छैनन् ।

न्यायाधीश गसले पीडितहरूको बयानको कपी नर्स लुसीलाई सुम्पिने आदेश दिनुभएको छ । यही …

0 comment
0 FacebookTwitterEmail

बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्यकर्मीको  लापरवाहीले बिरामीको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएकी सृजना संग्रौलाको मृत्यु भएको छ । उनको बुधवार अपरान्ह ३:४० मा मृत्यु भएको बिर्तासिटी अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिनुभयो ।
बिर्तामोड १ स्थित २७ वर्षीया संग्रौलालाई प्रसूति गराउन गत साउन २७ गते मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भए लगत्तै सृजनाको शल्यक्रियापछि शिशु (छोरी) निकालिएको थियो । तर, शल्यक्रियाको एक घण्टापछि उच्च रक्तचापका कारण सृजनाको ब्रेन ह्यामरेज भएर त्यहाँ उपचार सम्भव नभएसँगै सृजनालाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल रिफर गरिएको थियो ।
यता सृजनाको शल्यक्रिया गर्ने चिकित्सक डा. एकराज गौतमको

स्वास्थ्यकर्मीको लापरवाहीले सृजनाको ज्यान गयो, ३५ लाख क्षतिपूर्ति
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved