Home » स्वास्थ्य » Page 15
Category:

स्वास्थ्य

कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग भयावह बन्दै गएको छ। प्रदेशका १३ जिल्लामा डेंगु फैलिए पनि प्रदेश सरकार भने केन्द्रको मुख ताकेर बस्दा अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको हो। डेंगुको ‘हटस्पट’ धरानमा जेठ दोस्रो सातायता आठ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा हाल साढे चार हजार बढी डेंगुका बिरामी छन्। पछिल्ला दिनमा डेंगु क्रमिक रुपमा अन्य जिल्लामा पनि फैलिएको मन्त्रालयले जनाएको छ। यद्यपि मन्त्रालयले डेंगु फैलिन नदिन ठोस योजना बनाएर अघि बढेको भने पाइँदैन।

मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले गएको दुई सातामा प्रदेशका १४ जिल्ला मध्ये १३ जिल्ला (सोलु) बाहेकका अन्य जिल्लामा डेंगुका बिरामी देखा …

कोशी प्रदेशमा भयावह बन्दै डेंगु, ‘हटस्पट’ बन्यो धरान, दुई महिनामा आठको मृत्यु
0 comment
0 FacebookTwitterEmail

दातृ निकायको आठ करोडभन्दा बढी लगानीमा निर्माण भएको लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्नुभएको छ। एड्स, क्षयरोग र मलेरियाविरुद्धको ग्लोबल फन्डको अनुदान र सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा अत्याधुनिक प्रविधि जडित प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमार्ण भई प्रदेश सरकारलाई हस्तान्तण गरिएको हो।

भवन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री चौधरीले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउने लक्ष्य रहेको बताउनुभयो। प्रयोगशालाको गुणस्तरलाई ध्यान दिन सुझाव दिँदै यसमा आवश्यक पर्न सबै किसिमको गुणस्तरीयताप्रति सहज रहन र यसलाई रिसर्च सेन्टरका रूपमा विकास गर्न पनि आग्रह गर्नुभयो। ‘दक्ष जनशक्ति तयार गर्ने गरी यहाँबाट तालिम चलाउने र नयाँ दक्ष जनशक्ति तयार गर्ने गरी …

दातृ निकायको आठ करोड लगानीमा बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला
0 comment
0 FacebookTwitterEmail

बर्खा लागेसँगै डेंगुको संक्रमण देशभर तीव्र रूपमा फैलिएको छ। डेंगुकै कारण करिब सात महिनाको अन्तरालमा चार हजार २८९ जनामा संक्रमण देखिएकाे छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको झन्डै आधा जनसंख्या अर्थात् चार अर्ब मानिस डेंगु भाइरसको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्छन्।  प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु संक्रमण हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। नेपालमा भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार ०६० (सन् २००४ देखि ०२३) देखि ८० को साउनसम्म ८३ हजार ६ सय ८१ संक्रमित र ११० जनाको मृत्यु भएको छ।

नेपालमा पहिलोपटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो। त्यसपछि …

दुई दशकमा डेंगुका ८३ हजार संक्रमित, ११० को मृत्यु
0 comment
0 FacebookTwitterEmail

भारतको गोरखपुरका स्थायी बासिन्दा विनयकुमार यादव बुटवल देवीनगरमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा भेटिनुभयो। उहाँ खुट्टामा सिल्का हान्ने, पोल्ने, झमझम गर्ने रोगबाट पीडित भएपछि एक सातापहिले बुटवल आउनुभएको थियो।

सरकारी चिकित्सालय बारेमा साथीले भनेको सुनेका यादव सरासर देवीनगर चौपारीनजिकै रहेको प्रदेश सरकारमातहतमा रहेको लुम्बिनी प्रदेश आयुर्वेदिक चिकित्सालयमा गएर उपचार गराउनुभयो। सात दिनको उपचारपछि निको भएर घर जाँदै गरेका यादवले भन्नुभयो, ‘धेरै खुसी लागेको छ। उपचारपछि निको भएँ।’

भारतबाट उपचारका लागि आएका यी एक प्रतिनिधि उदहारण मात्रै हुन। पछिल्लो समयमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै जाँदा उपचार गराउन आउनेहरूको संख्यासमेत बढ्दै गएको छ।

रूपन्देही ओमसतियाका त्रिलोचनप्रसाद यादव पनि अन्य अस्पतालमा प्यारालासिसको उपचार गर्दा …

लुम्बिनी आयुर्वेद चिकित्सालयः भारतबाट पनि उपचार गर्न आउँछन् बिरामी
0 comment
0 FacebookTwitterEmail

अस्वस्थ जीवनशैली तथा विभिन्न कारणले नेपालमा निःसन्तानपनको समस्या बढ्दै गएको छ। यही समस्याका कारण कतिपय महिलाले सामाजिक अन्धविश्वासको सिकार बनी अकालमा ज्यान गुमाएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार संसारभरमा १७.५ प्रतिशत महिला निःसन्तानसम्बन्धी समस्याले ग्रसित छन् भने नेपालका आठ जिल्लाका ७.५ प्रतिशत महिला निःसन्तान तथा बाँझोपनको समस्याले पीडित छन्।

नेपाल सरकारको अधीनमा रहेको परोपकारी प्रसुति तथा स्त्री रोग अस्पतालले निःसन्तापनसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ। प्रसूति गृहले चिनिने यो अस्पतालमा २४ सै घण्टा निःशुल्क डेलिभरी सेवा उपलब्ध छ। धनी मानिसको मात्र पहुँचमा रहेको टेस्ट ट्युब बेबी सेवा प्रसूति गृहले साधारण व्यक्तिको पहुँचमा पनि पुर्‍याएको छ।

अस्पतालका सूचना अधिकारी …

0 comment
0 FacebookTwitterEmail

भारतको बिहारसँग खुला सिमाना जोडिँदा पर्सा जिल्लामा अनधिकृत रूपमा गर्भपतनको औषधि बिक्रीवितरण हुँदै आएको छ।

नेपाल सरकारले देशमै सुरक्षित गर्भपतनका लागि विभिन्न १० प्रकारका औषधिलाई मान्यता दिएको छ। तर पर्साका थुप्रै निजी स्वास्थ्य संस्थामा भारतबाट अवैध रूपमा ल्याइएका औषधि बिक्री हुने गरेका छन्। यस्ता औषधि तस्करले उपलब्ध गराउँदै आएका छन्।

सरकारबाट इजाजत निलई खुलेका स्वास्थ्य क्लिनिकमा भारबाट ल्याइएका गर्भपतनसम्बन्धी औषधि पाइन्छ। उनीहरूले लुकीछिपी बिक्री गर्दै आएका छन्। यो कार्य नियमविपरीत रहेको डाक्टरहरू बताउँछन्।

खुला सिमानाको फाइदा उठाई लुकीछिपी भारतबाट औषधि ल्याएर बिक्रीवितरण भएको सुनिएको र यसबारे अनुगमन गर्ने औषधि व्यवस्था विभाग कार्यालय वीरगन्जका प्रमुख किरण बज्राचार्यले बताउनुभयो। ‘तस्करले अन्य औषधिको …

खुला सिमानाले बढ्यो गर्भपतनसम्बन्धी अवैध औषधिको बिक्रीवितरण
0 comment
0 FacebookTwitterEmail

असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिलाको संख्या लुम्बिनी प्रदेशमा बढी देखिएको छ। असुरक्षित गर्भपतनका कारण नेपालमा एक लाखमा एक सय ५१ जना महिलाले ज्यान गुमाएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै एक लाखमा दुई सय ७ जनाले ज्यान गुमाएको नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक छ।

सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट र हेल्थ टुडे मिडियाले बुटवलमा आयोजना गरेको असुरक्षित गर्भपतन र सुधारमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले गर्भपतन गराउनेको संख्या पनि लुम्बिनी प्रदेशमा बढी रहेको जानकारी गराउनुभयो।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा भएको कुल गर्भपतनमध्ये २० प्रतिशत …

असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिला लुम्बिनीमा बढी
0 comment
0 FacebookTwitterEmail

प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय प्युठानले विभिन्न समयमा गरेको १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली भेटिएको पाइएको हो।

जिल्लाका नौ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उहाँको भनाइ छ।

परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो।

जनस्वास्थ्य प्रमुख पाण्डेका अनुसार माण्डवी गाउँपालिकाको ११ नमुनामा परीक्षण गर्दा आठ वटामा इकोली भेटिएको छ। यस्तै प्युठान नगरपालिकामा १७ वटा नमुना परीक्षण गर्दा …

प्युठानको खानेपानीमा ३९ प्रतिशत दिसाजन्य पदार्थ मिसावट
0 comment
0 FacebookTwitterEmail

सर्पले डसाइबाट कपिलवस्तुमा दुई दिनमा चार जनाको निधन भएको छ। सोमबार राति घरमा सुतिरहेका बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो।

निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो।

दुवै जना आफ्नी हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए। बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो।

नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले …

कपिलवस्तुमा सर्पको डसाइबाट दुई नाबालिगसहित चार जनाको निधन
0 comment
0 FacebookTwitterEmail

पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगुको संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगुको संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराउनुभयो । डेंगु सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, ‘असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेंगु संक्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेंगु नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।’

डा. मरासिनीका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको संख्या धेरै छ । ‘हाम्रो रेकर्डमा धेरै …

बर्खा लागेसँगै भयावह बन्दै डेंगु
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved