Home » स्वास्थ्य » Page 16
Category:

स्वास्थ्य

स्वास्थ्यमा गरिब विपन्न, असहाय र बेवारिसे बिरामीको सहज पहुँच पुर्याउन सरकारले देशका विभिन्न सातवटा अस्पतालमा दुई हजार २८ शय्या बेड निःशुल्क गरेको छ। यी शय्या क्याबिनबाहेकका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो निर्देशनबमोजिम वीर अस्पतालमा सात सय, कोशी अस्पतालमा तीन सय ३०, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चार सय ५०, कान्ति बाल अस्पतालमा दुई सय ४८ शैय्या निःशुल्क गरेको हो। साथै राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ५० शय्या, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० शय्या गरी जम्मा दुई हजार २८ शय्या निःशुल्क गरेको हो।

देशकै जेठो अस्पताल वीर अस्पतालमा …

0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा ठेउला रोग देखा परेको छ । एकै घरका पाँच जनासम्म यो रोगबाट ग्रसित रहेको सुगौली बिर्ता स्वास्थ्य चौकी इन्चार्ज रामकुमार यादवले जानकारी दिनुभयो ।

अठरहाँ गाउँका २५ जनाभन्दा बढीमा देखिएको र दैनिक पाँच/छ जनाका दरले बिरामी सम्पर्कमा आउने गरेको इन्चार्ज यादवको भनाइ छ ।

त्यस्तै, सुगौली बिर्तामा पुस–माघ महिनामा ठेउला फैलिएको तर बीचमा कम देखिएको भए पनि बर्खा लागेसँगै पुनः देखिएको स्वास्थ्यकर्मी श्रवण कुमारले बताउनुभयो ।

यता ठेउला रोग देखा परेपछि महानगरपालिका तथा सुगौली बिर्ताको स्वास्थ्यकर्मीहरूको टोली गाउँमा पुगेर परीक्षण गरेको थियो । परीक्षण गर्दा ठेउला रोग नै भएको प्रस्ट भएको छ ।

परीक्षणमा …

वीरगन्जमा देखियो एकै घरका पाँच जनासम्म ठेउला रोग
0 comment
0 FacebookTwitterEmail

रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ। बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौँतारिनुपर्ने र कतिको रक्ताभावकधा कारण ज्यानैसमेत जाने अवस्था छ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ। रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ। रोटरी क्लब अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स नेपाल रेडक्रस सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ।  एम्बुलेन्स खरीदमा लागि रेडक्रसले पनि साझेदारी गरेको छ।

रोटरी क्लब अफ बुटवलको सिग्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाख रुपैयाँमा भित्र्याइएको क्लबका अध्यक्ष बोनिन पियाले बताउनुभयो। उहाँका अनुसार एम्बुलेन्समा बसेर एकपटकमा …

एक पटकमा पाँच जनाले रक्तदान गर्न मिल्ने मोबाइल एम्बुलेन्स सञ्चालनमा
0 comment
0 FacebookTwitterEmail

मानिसको मृत्युपश्चात् पनि अंगदान गर्न सकिन्छ भन्नेबारे समाजमा जनचेतना जगाउनु जरुरी भएको बुटबलमा सरोकारवालाहरूले बताएका छन्। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा सञ्जीवनी हेल्थ मिडियाको आयोजनामा बुटवलमा मस्तिष्क मृत्युपश्चात् गरिने अंगदानसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे भएको अन्तरक्रिया यस्तो बताइएको हो।

प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा. पुकार श्रेष्ठले तीन करोड जनसंख्या भएको देशमा अहिलेसम्म दुई हजार दुई सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको बताउनुभयो।

छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै डा. श्रेष्ठले यो अभियान देशव्यापी गराउने उल्लेख गर्नुभयो। नेपालमा प्रत्येक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको र त्यसबाट आठ हजार अंगहरु …

तीन करोड जनसंख्यामा दुई हजारले मात्रै गर्छन् मृत्युपछि अंगदान
0 comment
0 FacebookTwitterEmail

विश्व प्रसिद्व अमेरिकाको न्यूयोर्क सहर शुक्रबार विश्वको सबैभन्दा खराब बायु गुणस्तर भएको सहरको सूचीमा परेको छ। IQAir द्वारा संकलित सूची अनुसार हिजो शुक्रबारसम्म साँझ , न्यूयोर्क, टोरन्टो, मोन्ट्रियल र वाशिङ्टन डीसी विश्वव्यापी प्रदूषणको सूचीमा शीर्ष स्थानमा थियो। क्यानडाको जङ्गलमा लागेको डढेलोबाट निस्कने कणको भारी मात्राले प्रमुख अमेरिकी सहरहरूमा बाक्लो धुवाँ फैलिएको छ।

क्यानाडाका प्रान्तहरूमा ५०० भन्दा बढी आगो बलिरहेको छ जसको कारण धुवाँले गर्दा पूर्वी क्यानडा र अमेरिकाको मध्यपश्चिम र उत्तरपूर्वलाई असर गरेको छ। धुवाँको कारण, जनस्वास्थ्य अधिकारीहरूले मास्क वितरण गरेका छन् र मानिसहरूलाई घर भित्रै बस्न सल्लाह दिएका छन्। १२० मिलियन भन्दा बढी अमेरिकीहरू, जनसङ्ख्याको लगभग एक तिहाइ शुक्रबारसम्म

0 comment
0 FacebookTwitterEmail

नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहलाई फार्मासिस्टको दरबन्दी सिर्जना गर्न आग्रह गरेको छ। औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिस्ट हुनुपर्ने बताउँदै त्यसको दरबन्दी सिर्जना र कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरेको हो।

नेपाल फार्मेसी संघको सम्पन्न दोस्रो साधारणसभामा बोल्ने फर्मासिस्टहरूले जनस्वास्थ्यसँग जोडिएको औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिस्ट हुनुपर्ने बताउँदै त्यसका लागि स्थानीय सरकारले कामको थालनी गर्नुपर्ने बताए। नेपाल फार्मेसी संघले ‘जहाँ औषधि त्यहाँ फर्मासिस्ट’ भन्ने विषयलाई मूल मुद्दा बनाएको छ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले सुरुदेखि नै ‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ को विषय उठाउँदै आए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनुभयो। औषधिको बिक्रीवितरणमा फर्मासिस्ट अनिवार्य हुनुपर्ने …

रुपन्देहीका व्यवसायीको ‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ लागू गर्न सरकारलाई आग्रह
0 comment
0 FacebookTwitterEmail

आन्तरिक आम्दानीको स्रोत बन्द हुँदा लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा सिर्जना भएको छ। सटर भाडाबाट वार्षिक १२ करोड स्थायी आम्दानी गर्दै आएको अस्पताललाई लुम्बिनी प्रदेश सरकारले सो रकमबराबरको शोधभर्ना नगर्दा र अन्य बजेटको समेत व्यवस्था नगर्दा अस्पताल आर्थिक संकटमा पर्न थालेको हो।

यस क्षेत्रको पुरानो र ठूलो अस्पतालका रुपमा रहेको प्रादेशिक अस्पताल आर्थिक समस्यामा पर्न थालेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अस्पताल विकास समितिले चिकित्सक र कर्मचारीहरुसँग छलफल गरेको हो। अस्पतालको सेवा प्रवाह र विकासको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा बोल्ने अधिकांश विज्ञहरुहरुले अस्पतालमा गुरुयोजना मात्र बनाउने तर कार्यान्वयन नगर्ने समस्याका कारण अस्पतालमा आर्थिक श्रोत अभाब भएको बताउनुभएको छ।

अस्पतालमा …

आर्थिक संकटमा लुम्बिनी प्रादेशिक अस्पताल, करोडौंको उपकरण प्रयोगविहीन
0 comment
0 FacebookTwitterEmail

राउटे समुदायकी १७ वर्षीय बाङ्गे शाही गर्भवती हुनुहुन्छ। १३ वर्षको उमेरमा विवाह भयो।  १६ वर्षमा पहिलोपटक गर्भवती हुनुभयो। मदिरा सेवनका कारण बाङ्गे शाहीको गर्भपतन भयो। अहिले बाङ्गे दोस्रो पटक गर्भवती हुनुभएको छ। चार महिनाको छ गर्भ । तर, बाङ्गे गर्भजाँचका जानुहुन्न।

राउटे समुदायकै ४२ वर्षीया फुल्लेरी शाही गर्भवती भएको सात महिना भयो। तीन बच्चा छन्। पहिले पनि धेरै जन्माउँदै बितेका थिए। यहाँ सम्म पुग्दा समेत फुल्लेरी एक पटक पनि अस्पताल जानु भएन। जाने चाहना पनि छैन। बाङ्गे शाही र फुल्लेरी शाही मात्र नभएर यो समुदायका सबैजना महिलाहरू गर्भवती भएपछि स्वास्थ्य संस्थामा गर्भजाँच नगर्ने गरेको राउटे परियोजनामा कार्यरत  शिक्षक दुर्गा खत्री …

0 comment
0 FacebookTwitterEmail

दैलेखकी २७ वर्षीया गमता (परिर्वतित नाम) १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन् । गर्भपतनका लागि औषधि पाइन्छ भन्ने सुनेकी गमताले आफूले पनि औषधि सेवन गरेरै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् । श्रीमान्ले गर्भपतनका लागि केही औषधि ल्याइदिए । ती औषधि तोकिएको विधिअनुरूप सेवन गरिन् ।

औषधि सेवन गरेको केही घण्टापछि औषधि पसलेले भनेझैँ रक्तस्राव हुन थाल्यो । गर्भपतन भयोे भनेर ढुक्क थिइन् उनी । तर, लामो समयसम्म रक्तस्राव रोकिएन । कमजोरी महसुस भयो, रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन् । चिन्तित …

कर्णालीमा गर्भपतनको भयावह स्थिति, जथाभावी औषधिको प्रयोगले जोखिममा महिला
0 comment
0 FacebookTwitterEmail

अहिले काठमाडौँ उपत्यकामा रेबिजको आतंक फैलिएको छ। प्रत्येक दिन ४०० देखि ५०० जना मानिसहरु रेबिजविरुद्धको भ्याक्सिन लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग पुग्छन्। तीमध्ये ९० प्रतिशत मानिस काठमाडौँ उपत्यकामै बसोवास गर्ने रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका शाखा अधिकृत भक्तबहादुर खड्काले बताउनुभयो।

यस्तै भ्याक्सिन लगाउन आउनेमध्ये ९० प्रतिशत भुस्याहा कुकुरको टोकाइ र ५ प्रतिशत घरेलु जनावरको टोकाइका कारणले हुने अस्पतालका बहिरंग विभागका चिकित्सक डा.शङकर पाण्डेको भनाइ छ। ‘अन्य ५ प्रतिशत बिरामी जंगली जनावर स्याल, ब्वाँसा, बाँदर, चितुवालगायतकोे टोकाइका कारण भ्याक्सिन लगाउन आउने गर्छन्,’ डा. पाण्डेले बताउनुभयो।

डा. पाण्डेका अनुुुसार समयमै उपचार नपाएर कैयाैँ व्यक्तिले अकालमै ज्यान गुमाएका छन्। यसरी …

उपत्यकामा दैनिक ५ सय जना रेबिजका बिरामी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved