रगत अभावले बिरामीको मृत्यु हुने वा उपचारमा समस्या नहोस् भनेर बारा र पर्साका केही पालिकाहरूले आफ्ना पालिकाका बिरामीहरूका लागि आवश्यक रगत सञ्चार केन्द्र (ब्लड बैँक) वीरगञ्जबाट निःशुल्क रूपमा उपलब्ध गराउन थालेका छन्। ती पालिकाले बिरामीलाई रगत शुल्कको भार खेप्न नपरोस् भन्ने चाहना पालिकाहरूको छ।
अहिले वीरगञ्जको रक्त सञ्चार केन्द्र ( ब्लड बैँक)बाट दैनिक ४० देखी ७० पोका रगत खपत हुने गरेको केन्द्रका सौरभराज पाण्डेले जानकारी दिनु भयो।पालिकाका बिरामीलाई आवश्यक पर्दा ब्लड बैँकबाट निशुल्क रगत उपलब्ध गराउने गरि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग बारा र पर्साका आठ वटा पालिकाले सम्झौता गरेको छन्।
पर्सामा रगत निःशुल्क दिने पहिलो सम्झौता बहुदरमाई नगरपालिकाले …
