केक काट्ने संस्कृति पश्चिमबाट नेपालमा भित्रिएको हो भन्ने विषय अधिकांशलाई थाहा छ। यो संस्कृति अहिले नेपाली संस्कृति कै रूपमा शरहदेखी गाउँगाउँ (जनस्तर) सम्म अभ्यास भइरहेको छ। दैनिक लाखौंको केकको व्यापार हुने गर्दछ। बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ। यो केक कल्चरको अभ्यास केहीले रहरले गरिरहेका छन् भने केहीले बाध्यतावश। घरघरमा केक काट्ने संस्कृति फेसनका रूपमा अभ्यास भइरहेको छ। धेरैलाई असहज लागे पनि यो अभ्यास दिनानुदिन नेपाली समाजमा बढिरहेको छ।
सानो सानो बच्चाबुच्चीले पनि हिजो आज जन्मदिन आउनु ६ महिना पहिलेदेखि नै आफ्नो जन्मदिनमा केक काट्ने कुराको चर्चा गर्छन्। आफ्ना …
