पर्सामा  एक महिलाको हत्या, छिमेकी युवक पक्राउ

अनिल तिवारी

शुक्रवार बिहान वीरगन्जमा एक महिलाको हत्या भएको छ । पर्सामा दुई हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा  महिलाको हत्या भएको हो । धारिलो हतियारले प्रहार गरी छपकैया  की पुनम देवीको हत्या भएको  प्रहरी स्रोतले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारको लागि नेशनल मेडिकल कलेज पुर्‍याइएको थियो ।  मृतकको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको जनाइएको छ ।
स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन्। पुनम देवीको श्रीमान् भारत राजस्थानको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको बिहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन्।
घटनाबारे प्रहरीलाई बिहान ४ बजे जानकारी गराइएको थियो । जितिया पर्वका लागि बिहानै उनको घरमा पुगेकी बहिनीले  दिदीलाई अचेत अवस्थामा बेडमा लडिरहेको देखे पछि प्रहरीलाई जानकारी गराइएको थियो ।
लगभग दुई हप्ताको अन्तरालमा पर्सा जिल्लामा दुई  महिलाको  हत्याले स्थानीयवासीको शान्ति सुरक्षालाई लिएर ठुलो त्रास उत्पन्न भएको छ ।
यसअघि २ असोजमा जगरनाथपुर मसिहानीक कान्तिदेवी बिनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
मृतक पुनम देवी हत्या प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । हत्याको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसँग सोधपुछ चलिरहेको र आरोप पुष्टि भई नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखी उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
पर्सामा  एक महिलाको हत्या, छिमेकी युवक पक्राउ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link