यो संविधान सम्झौता हो। संविधानसभामा माओवादी, मधेशी दल, राजावादी सबै थिए। ६ वर्षसम्म माथापच्छी पछि सम्झौतामा आएको दस्तावेज हो। तर, सम्झौताको दस्तावेज हुँदा पनि कांग्रेसले लोकतन्त्रका मूल्य मान्यताहरूलाई संविधानमा समेटेको छ। विश्वमा अरु व्यवस्था होइन लोकतन्त्र नै उत्तम व्यवस्था हो भन्ने कुरामा निष्कर्षमा पुगेको छ। हाम्रो पनि संविधानले लोकतन्त्रको ग्यारेन्टी गरेको छ। जनताको माग अनुसार समावेशिताका सिद्धान्त समेत अवलम्बन गरेको छ। त्यसैले यो संविधानलाई कार्यान्वयन गर्न आवश्यक छ। नेपालको वास्तविकतामा आधारित विकासलाई सोच्न सक्नुपर्छ।
गठबन्धन अहिलेको व्यवहारिक आवश्यकता हो। कांग्रेसले माओवादीसँग गठबन्धन नगर्ने हो भने एमाले र माओवादीबीच गठबन्धन हुन्छ। हामीले नगरे अर्कोले गर्छ। कांग्रेसले पहिले आफूलाई टिकाउनुपर्छ। पहिले कांग्रेसले …
