Home » नीति/राजनीति » Page 49
Category:

नीति/राजनीति

अदालतको आदेशको अटेर गरी सरकारी जमिनमा रातारात आफ्नो कार्यालय बनाएको चितवनको नेकपा माओवादी निकट कर्मचारी संगठनले सरकारी जग्गाबाट आफूलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएको छ।

भोगचलनको लागि यातायात व्यवस्था कार्यालय चितवनसँग सम्झौता भएको जिल्ला समन्वय समितिको जमिनमा रातारात घर बनाएका नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनले समितिलाई पत्र लेखेर आन्दोलनको चेतावनी दिएको हो।

साउन २२ गते आइतबार जिल्ला समन्वय अधिकारीलाई नेपाल राष्ट्रिय कर्मचारी महासंघको लेटरहेडमा पत्र लेखेर संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद ढकालले ‘अन्य दुई संगठनले (काँग्रेस एमाले निकट) जिल्ला समन्वय समितिको जमिनमा बनेको भवन उपयोग गरिरहेको सन्दर्भमा हामीलाई असमान व्यवहार गरिए चरणबद्ध आन्दोलन गर्छौँ,’ भन्नुभएको छ।

यातायात

सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा, हटाए आन्दोलन
0 comment
0 FacebookTwitterEmail

सरकारले मंसिर ४ गते प्रदेश सभाहरू र संघीय प्रतिनिधि सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सो मितिमा निर्वाचन गराउन उम्मेदवारीको कार्यक्रम नै अगाडि सारेको छ।

अब संविधानसभाबाट बनाएको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो चरण पूरा भई दोस्रो चरण सुरु हुनेछ। आवधिक निर्वाचनको यो शृङ्खला सुचारू हुनु लोकतन्त्रको भविष्यका लागि जरूरी पनि छ। त्यसैले यो निर्णय सुखद् र स्वागतयोग्य छ। यसको अर्थ यो कुनै प्रशंसनीय उपलब्धि होइन तर आवधिक निर्वाचन प्रतिको प्रतिवद्धता देखिनुले थप निराशा विस्तार गर्दैन, त्यसैले यो स्वागतयोग्य भएको हो।

यो निर्वाचन वास्तवमा अघिल्लो निर्वाचनबाट स्पष्ट बहुमत पाएर शासनमा पुगेको नेकपाका नेता केपी ओलीको सरकारले गराउन …

आगामी आम निर्वाचन र मौन मतदाता
0 comment
0 FacebookTwitterEmail

भारतीय सेनामा बढिरहेको तलब र निवृत्तीभरणको खर्च कटौती गर्नका लागि ल्याइएको अग्निपथमा नेपालीहरूलाई पनि समावेश गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो योजना लागु भएमा तलब र निवृत्तीभरणको खर्च पचास प्रतिशतसम्म खर्च कटौती हुनेछ। भारतीय सेनाले अग्निपथ योजनाको विस्तार गर्न तयारी गर्दै नयाँ अग्निवीर योजनामा नेपालीहरूलाई आफ्नो सात वटा गोर्खा रेजिमेन्टहरूमा भर्ती गर्ने भएको छ।  द प्रिन्टले रक्षा तथा सुरक्षाका स्रोतहरू   उद्धृत गर्दै उल्लेख गरे अनुसार गोर्खालीहरू चार वर्षको अवधिका लागि भर्ती हुनेछन् र त्यसपछि २५ प्रतिशत जति गोर्खालीहरू लामो अवधिको लागि कार्यरत रहने छन्। यो भर्ती हुने प्रक्रिया योजना अनुसार भारतीय सैनिकहरूको जस्तो रहने छ।
रिपोर्टमा जनाइए अनुसार गोर्खालीहरूले …

0 comment
0 FacebookTwitterEmail

महाकाली सन्धिमा हस्ताक्षर भएर कार्यान्वयनमा आएको दुई दशक भन्दा बढी भइसक्यो। त्यतिवेला जन्मेका युवायुवती आज तरुण भइसके। सन्धि पनि यही अवस्थामा पुगेको छ। तत्कालीन समयमा विरोध गर्ने बामदेव गौतम लोकेन्द्रबहादुर चन्द सरकारमा शक्तिशाली उपप्रधानमन्त्री हुँदा नै अनुमोदनसम्बन्धी दस्तावेज आदानप्रदान भएको थियो। आज पनि उनी प्रभावशाली नेता नै मानिन्छन्।
महाकाली नदीको हैसियत, पञ्चेश्वर आयोजना पश्चात् पानीको समान बाँडफाँट आदि विषयमा सरकारलाई मार्गदर्शन तथा यी विषयमा सरकारबाट हुने कामको अनुगमन गर्न संसदीय अनुगमन संयुक्त समिति गठन हुनुपर्नेमा जोड दिने माधवकुमार नेपाल प्रधानमन्त्री भइसके। तत्कालीन नेकपा एमालेद्वारा सन्धिका प्रावधान केलाएर अध्ययन गर्ने कार्यदलका संयोजक केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसके। उनी मात्र …

चक्रव्यूहमा नेपालको जलस्रोत: फर्केर हेर्दा
0 comment
0 FacebookTwitterEmail

लोकतन्त्र र सुशासन

सुशासन र राष्ट्र, सरकार, शासन, लोकतन्त्र/प्रजातन्त्र एक्कासि हैन क्रमश: प्रौढ हुँदै आएका अवधारणा हुन्। जनताको सर्वोपरिता र शासकीय शैलीसम्बन्धी यस्ता अवधारणा खोज्ने हो भने मानवसभ्यताका प्राचीन समयविन्दुसम्मै पुग्नुपर्छ।यिनलाई वर्तमान अवधारणासम्म ल्याइपुर्‍याउन अनेक चिन्तक, दार्शनिक र विचारकहरूले अनेक पटक निधार खुम्च्याएर तिनका दिमाग खियाएका छन्।डुक अईको शासनका मुख्यमन्त्री जी कान्जीले कन्फुसियससँग सोधेका थिए: “जनतालाई सम्मानकारी, बफादार, अध्यावसायी (उद्यमशील/लगनशील) बनाउन मैले के गर्नुपर्छ”। कन्फुसियसले भनेका थिए: “तिनलाई मर्यादापूर्ण व्यवहार गर्नुभए तिनीहरू सम्मानकारी हुन्छन्, मातापिता र जेठा जनसँग पुत्रवत् र आफूभन्दा कलिलासँग स्नेहशील भए उनीहरू बफादार हुन्छन्।सक्षमहरूलाई प्रवर्द्धन गरे र अक्षमहरूलाई पढाए/शिक्षित बनाए उनीहरू अध्यावसायी हुन्छन्” (ब्राउन, २०१८)।विद्वान् राजाले प्रजासँग …

चौथो अङ्गलाई कजाइँको छुट छ र?
0 comment
0 FacebookTwitterEmail

गएको फागुन ११ गते, अर्थात फेब्रुअरी २३ का दिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसंख्या भएको शान्त र समृद्ध युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरेपछि धेरैले अनुमान गरेका थिए: युक्रेनले एक साता भन्दा बढी रुसी सेनाको सामना गर्नै सक्दैन। किनकी रुसी सैनिकहरू युद्धको तेस्रो दिन नै युक्रेनको रणनीतिक क्षेत्रमा धावा बोल्दै, आणविक तथा उर्जा केन्द्र कब्जा गरेर राजधानी किएभ नजिक पुगिसकेका थिए। तर रुस युक्रेन युद्धले १५५ दिन पार गरेको छ। युक्रेनी सेना अहिले रुसले कब्जा गरेको खेरसोन क्षेत्र पुन: फिर्ता लिन विशेष सैन्य अभियान चलाई रहेको छ। राजधानी किएभ कब्जा गर्ने रुसको हजार …

रुसको युद्ध अपराध: युरोपमा ग्यास युद्ध: अफ्रिकामा आठ करोड मानिस भोक भोकै
0 comment
0 FacebookTwitterEmail

प्रदेशमा कार्यरत रहेका एक कर्मचारीलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले रातारात संघका बोलायो। कर्मचारीको सरुवा मिलाउनको लागि आफूले नमागीकन सरुवा गरिएको ति कर्मचारी बताउँछन्। आफू कार्यरत रहेको ठाउँमा पहुँचवाला कर्मचारीलाई पठाउनको लागि मन्त्रालयका उच्च अधिकारी र मन्त्री मिलेर नियमविपरीत सरुवा गरेको उनको तर्क छ।अहिले मन्त्रालयले विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउनको मनोमानी ढंगले कर्मचारीको सरुवा गर्ने गरेको सरुवाबाट असन्तुष्ट कर्मचारी बताउँछन्। राजनीति पहुँच नपुगेका र मन्त्रीको सोर्स लगाउन नसकेको कारण जहाँ जहाँ पठायो त्यहीँ त्यही जानुपर्ने उनीहरूको गुनासो छ।

‘सरुवा पटकपटक गरिरहनु हुँदैन कम्तीमा ४ ५ वर्ष एकै ठाउँमा बसेर काम गर्न पाए पो नतिजा पनि दिन सकिन्छ,’ सरुवाबाट …

सरुवामा बेथितिः सीमित कर्मचारीलाई खुशी पार्न कर्मचारीको हेरफेर
0 comment
0 FacebookTwitterEmail

कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्की नेतृत्वको न्याय परिषद्ले हालै उच्च अदालतका तीनजना न्यायाधीशहरू रेणुका शाह (उच्च अदालत बुटवल), राकेशकुमार निधि (उच्च अदालत दिपायल), नसरूल्लाह अन्सारी (उच्च अदालत सुर्खेत, जुम्ला इजलास), र दुईजना जिल्ला न्यायाधीशहरू लोकजङ शाह (बर्दिया), अनिलकुमार शर्मा (काठमाडौँ) लाई योग्यता, कार्यक्षमता र स्वच्छताको प्रश्नमा अयोग्य ठहर्‍याउँदै बर्खास्त गर्‍यो। तर त्यस्तै प्रकारका अभियोगमा मुछिएका वा आलोचना हुने गरेका उच्च अदालतका न्यायाधीशहरू डिल्लीराज आचार्य,  उज्ज्वल शुक्ल, डालकुमार खड्का, बबिता उप्रेती र जिल्ला न्यायाधीश बाबुकाजी बानियाँ लगायत केहीको हकमा भने परिषद् मौन बस्यो।

उच्च अदालतको रजिष्ट्रार हुँदादेखि नै न्यायाधीश डिल्ली आचार्यमाथि आर्थिक मामिलामा छानबिन हुँदै  आएकोछ। न्याय वृत्तमा डिल्ली श्रीमान्‌लाई जहाँ …

न्यायपरिषद्‌मा वामपन्थी छाया
0 comment
0 FacebookTwitterEmail

भारतको राजधानी दिल्लीको आम आदमी पार्टीको सरकारले पहिलो पटक आफ्ना विधायक र मन्त्रीहरूको तलब बढाउन प्रस्ताव गरेको सात वर्ष पछि, दिल्ली विधानसभाले अन्ततः यो साता विधायकहरूको मासिक पारिश्रमिकमा संशोधन गर्दै  विद्यमान ५४,००० भारु बाट ९०,००० भारु ( लगभग १ लाख ४४ हजार रुपैयाँ ) प्रति महिनामा पुर्‍याउने प्रस्ताव पारित गरेको छ। विधायकहरूको तलब र भत्ताहरू अन्तिम पटक सन् २०११ मा शीला दीक्षितको नेतृत्वमा रहेको कांग्रेस सरकारमा परिमार्जन गरिएको थियो।

मन्त्रीहरू, सभामुख र उपसभामुख, प्रमुख सचेतक र विपक्षी दलका नेताहरूको तलब हालको मासिक ७०,००० भारुबाट १ लाख ७० हजार भारु पुर्‍याउन प्रस्ताव गर्ने विधेयकहरू पनि दिल्ली विधानसभाले पारित गरेको थियो।

भारतका
0 comment
0 FacebookTwitterEmail

स्थानीय तह निर्वाचनमा विभाजित भएका चितवन कांग्रेसको मन निर्वाचन सकिएको दुई महिना बित्दा समेत मिल्न सकेको छैन।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनबाट माओवादीलाई सघाएको विरोधमा मेयरकै बागी उम्मेदवार उठेर कांग्रेसको एक पक्ष निर्वाचनमा भाग लिएको थियो। उनीहरूले वडा तहदेखि नै कांग्रेसको वडा अध्यक्षको विरुद्ध उम्मेदवार खडा नगरेपनि गठबन्धनको विरोध गरेका थिए।

एउटै दलभित्र रहेर पनि आफूलाई चुनावमा नसघाएको रिस साँध्न वडा तहको नेतृत्वमा पुगेका काँग्रेस भित्रैका व्यक्तिहरू एकअर्कोलाई असहयोग गरेर असफल बनाउने बाटोमा गएका हुन्।

वडा तहका विद्यालय, सहकारी, वन लगायतका सार्वजनिक ठाउँमा असहयोग गरेर उनीहरु चुनावी तुष निकालिरहेका छन्। यसको असर स्थानीय स्तरका सार्वजनिक स्थलको …

काँग्रेस चितवन: चुनावमा चिरिएका मन अझै मिलेनन्, एकअर्कासँग निरन्तर प्रतिशोध
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved