कर्मचारी प्रशासनमा नियम मिचेर तथा स्वार्थ अनुकूल हुने सरुवा तत्काल रोक्न प्रशासकहरूले सुझाव दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड विपरित र हचुवाको भरमा कर्मचारी सरुवा गर्ने गरेको आरोप लागिरहेको बेला प्रशासकहरूले यस्तो सुझाव दिएका हुन्।
निजामती सेवा अन्तर्गतको विशिष्ट श्रेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले निजामती प्रशासनमा स्वार्थअनुकूल हुने सरुवा तत्काल रोक्नुपर्ने सुझाव दिएको हो। कार्यदलले कर्मचारी प्रशासनमा सरुवाको बेथिति बढ्दै गएकोले सरुवा प्रक्रियामा सुधार गर्नुपर्ने निष्कर्ष निकाल्दै कामकाज गर्ने गरी कर्मचारी खटाउने व्यवस्था तत्काल बन्द गर्नुपर्ने सुझाव दिएको छ ।
अहिले नेपालको कर्मचारी प्रशासनमा राजनीतिक तथा व्यक्तिगत स्वार्थअनुसार तीन/चार महिनामै कर्मचारीको हेरफेर गर्ने …