Home » वातावरण/जलवायु » Page 39
Category:

वातावरण/जलवायु

राजा वीरेन्द्र शाहले आफ्नो सम्बोधनमा ‘पछौटेपन’ शब्दलाई विशेष रूपमा प्रयोग गर्थे। धन नभएर हामी गरीब भएका होइनौं, हाम्रो प्रमुख समस्या ‘पछौटेपन’ हो भन्ने सन्दर्भमा यो शब्दको प्रयोग भएको पाइन्छ। यसको शब्दकोशीय अर्थ त उहिल्यै बुझिएको हो तर सिन्धुपाल्चोकको एउटा गाउँमा पुगेपछि अझ गहिरोसँग बोध भयो।

एउटा अनुसन्धानका लागि केही वर्षअघि सिन्धुपाल्चोक पुगेको समूहमा म पनि सहभागी थिएँ। अनुसन्धानको विषयवस्तु बेग्लै थियो तर जुन घरमा वास बसियो, त्यो घर नै पनि हाम्रा लागि अनुसन्धानको विषयवस्तु बन्यो। दुई तले ठूला दुई वटा घर सँगसँगै थियो। पूरै पाखा खेतीयोग्य जमीन, ठूलै बारी, भेडाबाख्रा पनि आठ दशवटा अनि गोठमा दुई वटा गाई पनि थिए। …

0 comment
0 FacebookTwitterEmail

एक दशकअघिसम्म बिरलै देखिने गिद्ध यतिबेला झुण्डमै देखिन थालेका छन्। सानो हुँदा गाउँको गौचरमा सिनो खान लुछाचुँडी गर्ने गिद्ध एक्कासि देखिन छाडेको स्मरण गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा तथा नेचर गाइड एशोसिएसनका संस्थापक अध्यक्ष ईश्वरराज पन्त भन्नुहुन्छ, ‘लामो अन्तरालपछि गिद्ध देखिन थालेका छन्।’

विश्वमै लोप हुन लागेको गिद्ध फेरी आकाशमा उडेका र सिनो लुछाचुँडी गरेको दृश्य देखिनु गिद्ध संरक्षणका लागि राम्रो संकेत भएको पूर्व अध्यक्ष पन्तको भनाई छ। ‘सुदूरपश्चिमलाई डाइक्लोफेनेक मुक्त घोषणा गरिएपछि यस्तो सम्भव भएको हो। त्यसयता गिद्धको संख्या पनि वृद्धि हुँदै आएको छ।’ पूर्व अध्यक्ष पन्तले प्रकृतिको कुचिकार मानिएको गिद्ध जोगाउन गरिएको निर्णयको सकारात्मक प्रतिफल औँल्याउँदै …

फेरि उड्न थाल्यो प्रकृतिको कुचिकार
0 comment
0 FacebookTwitterEmail

तनहुँमा विगत पाँच वर्षदेखि देखिएको मानव वन्यजन्तु बीचको द्वन्द्व अझै अन्त्य हुन सकेको छैन्। द्वन्द्वका कारण ठूलो मात्रमा जनधनसँगै ३४ चितुवा पनि मारिएको छ। अनेकन प्रयास भएपनि चितुवा आतङ्क रोकिन सकेको छैन।

चितुवा आतङ्क रोकिनुको सट्टा झन बढ्न थालेको छ। घरघरमै चितुवा आएर विशेष गरी बालबालिकालाई आक्रमण गर्न थालेको छ। आइतबार राती करिब १२:३० बजेको समयमा घरको बरन्डामा सुतिरहेका आमा छोरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।

तनहुँको व्यास नगरपालिका –११ राम्चे स्थित पातीघारीमा घरको बरन्डामा सुतिरहेका आमाछोरालाई चितुवाले आक्रमण गरेको हो। आमाको काखमा सुतिरहेको ९ वर्षीय छोरालाई चितुवाले टाउकोमा पञ्जाले हिर्काएर घाइते बनाएको ४९ वर्षीय आमा दिलमाया गुरुङले बताउनुभयो।…

0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) को एसएससी (स्पेशल सर्भिस कमिशन) को अफ्रिकी र एसियाली गैंडासम्बन्धी विशेषज्ञ समूह तथा वन्यजन्तु संरक्षणमा कार्यरत ट्राफिकले जारी गरिएको नयाँ प्रतिवेदन अनुसार, २०१८ यता गैंडा शिकारको दर घटेको छ। तस्करी बजारका व्यापारिक तथ्याङ्कले सन् २०१३ यता गैंडाको सिङको सबैभन्दा कम वार्षिक घटना भएको देखाएको छ। यो साता सार्वजनिक गरिएको यो प्रतिवेदन यस वर्ष नोभेम्बरमा पानामामा आयोजना हुन लागेको साइटिस भनिने सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनका लागि तयार गरिएको हो।

यी सबै हुँदाहुँदै पनि सिङका लागि हुने अवैध शिकारका कारण गैंडाको अस्तित्व अझै पनि गम्भीर खतरामा रहेको संरक्षणकर्ताहरूले …

0 comment
0 FacebookTwitterEmail

यो साता चितवन राष्ट्रिय निकुञ्जमा बाँकी भएका तीन वटा अर्ना मरेसँगै अमेरिकी सरकारको सहयोगमा विश्व वन्यजन्तु कोषसहितका संस्थाले चलाएको हरियो वन कार्यक्रमको १ करोड १० लाख ४६ हजार ४ सय ६२ रुपैयाँ डुब्यो।

नेपालमा कार्यरत विदेशी संघसंस्थाहरूमा  सरकारी अधिकारीबाट आफ्नो काम सजिलै फुत्काउन वा ती हाकिमहरूलाई रिझाउनका लागि विशेष कृपा वा “फेबर” गरिदिने चलन अहिले बढिरहेको छ। यस्ता “फेबर” मा विदेश भ्रमणदेखि आफन्तलाई प्रोजेक्टमा जागिर लगाइ दिनेसम्मका अनेक लाभका काम गरिएका हुन्छन्। चितवन राष्ट्रिय निकुञ्जका सूत्रहरू कोशीटप्पुका अर्नाको स्थानान्तरण कार्यक्रमलाई त्यस्तै एकजना उच्चपदस्थ कर्मचारीको आवश्यकतालाई मनन गरेर ल्याइएको बताउँछन्।

ती सूत्र अर्नामा विद्यावारिधि गर्न लागेका एक हाकिमको पक्षमा गरिएको अनावश्यक …

0 comment
0 FacebookTwitterEmail

स्थानीय तहको आम्दानीको प्रमुख स्रोत मध्येको एक प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी मापदण्ड बाहिर खर्च हुने गरेको छ। अधिकांश स्थानीय तहले प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी पूर्वाधार विकासलगायतका क्षेत्रमा मात्रै खर्च गर्न चासो देखाएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सुझाव समेत तीनचार वर्षयता कार्यान्वयन हुन सकेको छैन।

प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी परिचालन गर्न लगानी र प्रतिफल तथा लाभको बाँडफाँट सम्बन्धमा विभिन्न कानुनी प्रावधान र प्रचलन रहेकाले पनि रोयल्टी खर्चमा  विविधता पाइन्छ।  प्राकृतिक स्रोतबाट स्थानीय तहलाई प्राप्त रोयल्टीको रकम सम्बन्धित प्राकृतिक स्रोतको संरक्षण, सम्बर्धन र विकासमा उपयोग गर्नुपर्नेमा सो बमोजिम उपयोग गरेको नपाइएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त …

प्राकृतिक स्रोतबाट लिइने रोयल्टी आयोगको मापदण्ड बाहिर खर्च
0 comment
1 FacebookTwitterEmail

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले प्रदेशका छ जिल्लामा सेवा प्रवाह गर्दै आएको छ। प्रदेशका कास्की, तनहुँ, मनाङ, लमजुङ, गोरखा र नवलपुर जिल्लामा प्रदेश र संघ सरकारबाट प्राप्त बजेट तथा तोकिएर आएका कार्यक्रमहरू सम्पादन गर्ने गरेको छ।
महत्वपूर्ण र संवेदनशील जलाधार क्षेत्रको एकीकृत संरक्षणका माध्यमबाट खेतीयोग्य भूमिको संरक्षण तथा उत्पादकत्व वृद्धि गरी जनताको समृद्धिमा टेवा पुर्‍याउने गरी काम गर्ने गरेको कार्यालयले बताउने गरेको छ। कार्यालयका सेवा क्षेत्रमा जिल्ला बाढी, पहिरो, नदी कटान, भू–क्षय जस्ता समस्या बर्सेनि बढ्दै गएका छन्।

वातावरणमैत्री क्रियाकलाप नहुँदा बाढीपहिरो, नदी कटान, डुबान जस्ता समस्याबाट यी जिल्लाका नागरिकले …

एउटा कार्यालयको जिम्मामा छ जिल्ला: सेवाग्राहीलाई सेवा लिन समस्या
0 comment
0 FacebookTwitterEmail

‘हात्तीले मर्छकाई लैग्यो लालझारीका केला…’ सुदूरपश्चिममा पछिल्लो पुस्ताले अझै स्मरण गर्ने देउडा गीत हो यो।

भारतीय संरक्षित क्षेत्रबाट नेपालको उत्तर चुरे फेदको ब्रह्मदेव हुँदै महाकाली नदि तर्ने हात्तीका लस्कर र तिनले गर्ने गतिविधिलाई छ यो गीतमा। कलाकार नवीन धामी भन्नुहुन्छ, ‘हात्तीले निरन्तर गर्ने ओहरदोहर र उसले आफ्नो बाटोमा गर्ने गतिविधिलाई गीतमार्फत उजागर गर्न खोजिएको हो। यो गीत नयाँ पुस्ताका निम्ति इतिहास हो हात्तीको मार्गबारे।’

अब त न हात्तीको त्यो लस्कर बाँकी छ न हात्ती हिड्ने कोरिडोर। उसको कोरिडोरभरि मान्छे नै मान्छे भए, त्यसैले त हात्ती बेलाबेलामा वितण्डा मच्चाउँछन् आफ्नो बाटो खोसिएकामा।

नेपालको सीमान्त पश्चिमी जिल्ला कञ्चनपुरको महाकालीपारिका दोधाराचाँदनीदेखि पूर्व दक्षिण …

0 comment
0 FacebookTwitterEmail

वेलायतको राष्ट्रिय भौतिक प्रयोगशालाका वैज्ञानिकहरूले जुन २९ र अर्को छोटो दिन जुलाई २६ मा रेकर्ड गरेका छन्। यी दुवै दिनमा, पृथ्वीले आफ्नो सामान्य २४ घण्टाको परिक्रमा २४ घण्टाभन्दा कममा पूरा गर्यो। वैज्ञानिकहरूले समय मापन गर्न परमाणु घडीहरू प्रयोग गर्न थालेयता अर्थात सन् १९६० पछि सबैभन्दा छोटो दिन यसपालीको जुन महिनाको २९ तारिख भएको जनाइएको छ। २९ तारिख सामान्य भन्दा १.५९ मिलिसेकेन्ड छोटो दिन थियो । यसैगरी यो जुलाईको २६ तारिख सामान्यभन्दा १.५० मिलिसेकेन्ड कम थियो, जुन नयाँ रेकर्ड मानिएको छ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीको परिक्रमा सामान्यभन्दा छिटो भएकोले छोटो दिनहरू हुने गर्छ। तर पृथ्वी किन छिटो घुमिरहेको छ? बैज्ञानिकहरु यसको बारेमा …

0 comment
0 FacebookTwitterEmail

बाह्य पर्यटकको रोजाईमा हिमाली जिल्ला मनाङ पर्ने गरेको छ। बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिका सहित आउने पर्यटक मनाङ पुग्ने गर्दछन्। सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव सँगाल्ने लक्ष्यका साथ यहाँ आउने गर्दछन्।

करिब दुई वर्ष भने कोभिड १९ को महामारीका कारणले पर्यटक आगमन ठप्प भयो। गत आर्थिक वर्षमा भने कोभिड १९ को सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि हिमाली जिल्ला मनाङ भित्रिन बाह्य पर्यटक बढेका हुन। कोभिड न्यूनीकरण भएपछि आर्थिक वर्ष २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा भित्रिने कूल दुई लाख …

मनाङमा यो वर्ष ७ हजार २० पर्यटक
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved