छाउ अर्थात् स्त्रीको रजस्वला अवस्था वा धर्म। पडी अर्थात् भएकी वा सानो (साँघुरो) घर। रजस्वला भएकी महिलालाई पश्चिमी नेपालमा छाउपडी भनिन्छ। छाउपडीलाई धर्म र परम्परासँग जोडेर अनेक गैरवैज्ञानिक चिन्तन र अन्धविश्वास व्याप्त छ। छाउपडी प्रथाले कसरी महिलाहरूलाई अशक्त पारिरहेको छ भन्ने आँखोदेखा हाल हामीले कालीकोट, बझाङ, बाजुरा, अछाम, मुगु, कैलाली र कञ्चनपुरको भ्रमण गरेर थाहा पायौं। स्थानीय महिलाको दयनीय अवस्थालाई नजिकबाट नियाल्यौं। एक महिलाको नाताले आफूलाई त्यहाँ उभ्याएर कल्पना गर्यौं र समस्यालाई अनुभूत गर्यौं।
मनमा अनेक तर्कना चलेपछि स्थानीय धार्मिक गुरुहरूसँग पनि महिनावारीको बारेमा छलफल गर्यौं। त्यहाँका पुरुषहरूले यो समस्यालाई कसरी बुझेका छन् ? राजनीतिक दलका नेताहरूले यसलाई मुद्दा बनाएका …
विचार
बजेटको तर्जुमालाई अन्तिम रूप दिने बेलामा अर्थ मन्त्रालयभन्दा बाहिरको अनधिकृत मान्छेलाई मन्त्रालयको गोप्यतम कक्षमा प्रवेश गराएर कर र अन्तशुल्कका दरहरूमा व्यापक हेरेफेर गराएको भन्ने अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको गम्भीर आरोपका सम्बन्धमा सत्यतथ्यको वस्तुपरक ढङ्गमा खुलासा अहिलेसम्म पनि हुन सकेको छैन। न अर्थमन्त्रीले आफूमाथि लागेको आरोपको विश्वसनीय किसिमले खण्डन गर्न सकेका छन् न त सरकार प्रमुखले नै आफ्नो क्याबिनेटको एक वरिष्ठ सदस्यले गरेको भनिएको पदको दुरुपयोगलाई लिएर कुनै प्रकारको स्पष्टीकरण दिन जरूरी ठानेका छन्। त्यसैले त्यस दिन (जेठ १४ गते) रातको अन्तिम प्रहरतिर अर्थ मन्त्रालयमा नीति, नियम, विधि र पद्धतिको कसरी चिरहरण गरिएको थियो र त्यस्तो नैतिकहराम कृत्यमा संलग्न देखिने/नदेखिने पात्रहरू …
रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो पदार्थ वा सिद्धान्तलाई आदर्श भनिन्छ । यसलाइ बृहत् नेपाली शब्दकोषले कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर भनेर पनि अर्थ्याएको छ । आदर्श संस्कृत शब्द हो । यो शब्दमा वाद थपे आदर्शवाद बन्छ । आदर्शवाद भनेको मानिसले सधैं आदर्श वा असल कुरालाई लक्ष्य गरेर त्यसको सिद्धि वा प्राप्तिका निम्ति काम गरेमा संसार अवश्य सुन्दर र सुखद हुनेछ भन्ने एउटा सिद्धान्त पनि हो । अर्थ हेर्ने हो भने यो शब्द आफैंमा श्रद्धा जगाउन सक्ने शब्द हो भन्ने बुझ्न कठिन छैन ।
कुनै व्यक्ति, वस्तु, वा संस्थाको लागि यो शब्द प्रयोग …
आफ्ना छोरा छोरी पढ्न अष्ट्रेलिया‚ अमेरिका जस्ता देशमा पठाउने उतै काम गर्ने घर बनाउने आफ्नो सामाजिक जीवन ती देशहरूमा बिताउने‚ छोरा छोरी पाएपछि वृद्धभत्ता खादैँ गरेका आमाबुबा नातिनातिना हेर्नको लागि विदेश जाने यो प्रवृत्तिले नेपालको अर्थतन्त्र कहाँ पुग्छ?
एक जना वरिष्ठ नेताले भनेको यो कुरा मनन गर्नु भएको छ?
कि आर्थिक वर्ष ०७९/८० को साउनदेखि ६८ वर्षको उमेरका सबै नेपालीले नेपाल सरकारले हालै गरेको निर्णय अनुसार वृद्धभत्ता पाउने छन् भनेर दंग परेर बस्नु भएको छ।
शिक्षा आर्जन र रोजगारीका लागि क्षमतावान शैक्षिक बेरोजगारहरू धमाधम विदेश पठाइदै छ। स्वदेशमा उनीहरूलाई कुनै अवसर न त सरकारले देखाएको छ‚ न स्वयम् शिक्षित विद्यार्थीहरूले …
शरीर ढाक्नलाई कपडा लगाइन्छ। पहिले पहिले शरीर ढाक्नलाई सहज र सफा लुगा भए पुग्थ्यो। विस्तारै मानिसलाई त्यतिले मात्र पुगेन कपडा लगाएपछि राम्रो पनि देखिनुपर्छ भन्ने भयो। मानिसको सोच परिवर्तन हुँदै गयो। जब शरीरलाई सुन्दर देखाउन वा अरुलाई आकर्षित गर्न कपडा लगाउन थालियो तब त्यहाँ सहजता कमै मतलवको विषय हुनथाल्यो।
हामीले लगाउने लुगाहरू मोजा, पेन्टी, गञ्जी, ब्रा आदि प्राय:ले लगाउने भित्रि पहिरन हुन्। जुन शरीरको छालाको प्रत्यक्ष सम्पर्कमा रहन्छन्। यी भित्री पहिरनहरू छालाको स्वास्थ्य र मानसिक स्वास्थका दृष्टिले निकै संवेदनशील हुन्छन् तर प्राय:ले यसबारे ध्यान पुर्याएका हुँदैनन्। भित्री पहिरन अरुले देख्ने होइनन् भनेर जस्तो सुकै भए पनि चल्छ …
हङकङमा हरेक वर्ष जुन महिनाभरि आन्दोलन हुन्छ। प्रजातन्त्र, मानवअधिकार तथा स्वतन्त्रताका पक्षधरहरूले चीन निर्देशित सरकार र प्रणालीका विरुद्धमा प्रदर्शन गर्छन्। यसको सुरुवात हरेक वर्षको जुन ३ तारिखबाट हुने गरेको छ। त्यसैले त्यहाँको सरकारले तियानमेन नरसंहारको विरोध गर्दै स्वतन्त्र प्रजातान्त्रिक प्रणाली माग्दै आन्दोलन गर्नेहरूलाई निशाना बनाउँछ। पक्राउ परेकाहरू मुलुकको शान्ति सुरक्षामा गम्भीर खलल पुर्याउने गरि दंगा भड्काएको आरोपमा आजीवन जेल बस्छन्। यो विगत २५ वर्षयता हङकङमा चलिरहेको शृंखला हो।
१ जुलाई १९९७ अर्थात हङकङका नागरिकको खुशी खोसिएको दिन। जुन दिन चिनियाँ सैन्य बलले प्रजातन्त्र र मानवअधिकार हनन् गरेर एकदलीय शासन प्रणाली लादेको थियो। कडा सुरक्षा प्रणालीका बीचमा पनि स्वतन्त्रता प्रेमी हङकङका …
भाषा भनेको के हो? वातावरणसँग भाषाको कस्तो सम्बन्ध हुन्छ ? भाषा र वातावरणबीचको अन्तरसम्बन्ध भनेको के हो? भाषा र पर्यावरणबीचको सम्बन्धले मानिसमा कस्तो प्रभाव पार्छ ? भाषा र वातावरण बीचको प्रभाव एकदिशात्मक (युनिडिरेक्सनल) वा द्विदिशात्मक (बाइडिरेक्सनल) हुन्छ ? २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुमा यस्ता सम्बन्धको अध्ययनमा नयाँ ढोका खुलेको छ।
मानव समाज र पारिस्थितिकी सन्दर्भमा अनुसन्धान गर्न पारिस्थितिकीय भाषाविज्ञानले धेरै ठूलो सहयोग पुर्याएको छ। भाषिक पर्यावरणशास्त्रले मानिस अन्य प्रजाति , वनस्पति र भौतिक वातावरणको विश्लेषण गरी मानव जीवन र दिगो विकासमा भाषिक भूमिकाको महत्व दर्शाएको छ। मानव समाजको पारिस्थितिक सन्दर्भ र व्यावहारिक परिणामलाई विचार गर्दै …
“सर्वोच्च अदालतको आदेशविपरीत पूर्व विशिष्ट पदाधिकारीहरूलाई आवास, गाडी र इन्धन सुविधा दिने नेपाल सरकारको तयारी” राजधानीबाट निस्किने एउटा चल्तीको दैनिक समाचारपत्रको पहिलो पृष्ठमा छापिएको ब्यानर हेडलाइन हो यो । नयाँ नेपालमा प्रतिदिन जस्तो सुन्नू / पढ्नू पर्ने यस्तै अप्रिय समाचारहरूको अनन्त शृङ्खलाको नवीनतम कडीका रूपमा आएको यो समाचारले दिने सन्देश चिन्ताजनक त छँदै छ हाम्रोजस्तो गरीब मुलुकका सन्दर्भमा निक्कै त्रासद पनि छ । यो समाचारले आजका हाम्रा नेताहरूको विवेकहीनताको पोल त खोलेको छ नै साथै यसले “अहिले सरकार चलाइरहेकाहरू यस देशमा त्यस्तो निरंकुश प्रणालीलाई स्थापित गर्ने मनसुवा राख्छन्। जुन प्रणालीमा कार्यपालिकाले अदालतको आदेशको सम्मान गरिरहनु पर्दैन” भन्ने सन्देश पनि दिन …
एक किशोरीउपर भएको भनिएको बलात्कार छ वर्षपछि आएर खुलासा भयो। बलात्कारको घटना भएको एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने हदम्याद मुलुकी फौजदारी संहिता २०७४ को करणीसम्बन्धी कसुरको परिच्छेदले किटान गरेको छ।हदम्यादका कारण बलात्कारमा मुद्दा नचल्ने भएपछि सरकारले बालयौन दुर्व्यवहारसहितको मानव बेचबिखन तथा ओसारपसारको कसुर बनाएर कथित कसुरदारलाई मुद्दा चलाएको छ र अदालतले पुर्पक्षार्थ थुनामा राखेको छ। एउटा फौजदारी कसुर (बलात्कार) लाई अर्कै कसुर (मानवबेचविखन) बनाएर मुद्दा चलाउनु र पुर्पक्ष गर्नु कति विधिसम्मत संवैधानिक र वैधानिक छ? यो प्रश्नले बृहत्तर बहस माग गरेको छ तर यहाँ उठाउन खोजिएको विषय त्यो होइन। उठान र छलफल गर्न खोजिएको विषय हो- जबरजस्ती करणीजस्ता यौनअपराधका सन्दर्भमा हदम्यादका …
नेपालमा महिलाहरू पनि स्मार्ट‚ स्वतन्त्र र सुरक्षित हुन चाहन्छन्। महिलामैत्री वातावरण चाहन्छन्। त्यसको अर्थ के पनि हो भने हिँडिरहेकी एउटा महिला महिनावारी हुँदा नजिकै रहेको महिलामैत्री शौचालयमा पुग्न सकुन्‚ थकाइ लाग्दा थकान मेटाउने सुरक्षित विश्रामालय पाउन सकुन्‚ सवारी साधनहरूमा यात्रा गर्दा सुरक्षित सिटमा बस्न पाउन्।
महिलाप्रतिको धारणा र उनीहरूलाई गरिने व्यवहारमा राज्यको पहिचान पनि लुकेको हुन्छ। त्यसकारण ती व्यवहारहरू यस्ता होउन् कि त्यो कम्तिमा दक्षिण एसियामा मात्रै भए पनि उदाहरणीय बन्नसकोस्। महिलाप्रतिको सम्मानजनक व्यवहार देशभरिका धनि तथा गरिब वा जुनसुकै तह र तप्काका महिलाले अनुभूत गर्न सकुन्।
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल महिलाको आरक्षणमा मात्र होइन साँच्चै महिलाको प्रतिनिधिको रूपमा …