Home » विचार » Page 29
Category:

विचार

पाटनका मल्लकालीन नेवार राजा सिद्धिनरसिंह मल्लले मन्दिर, मूर्ति तथा वास्तुकलाका साथै अमूर्त कलातर्फ समेत धेरै रूचि लिए। हरेक वर्ष पाटन दरबार परिसरमा कात्तिक नाच नचाउने तथा शास्त्रीय सङ्गीतमा भजनहरू गाउन लगाउने परम्परा बसाले। चारसय वर्ष पूर्वका कृष्णका भक्त कवि राजाले कृष्णप्रतिको आस्थाबाट प्रेरित भई नेवार भाषामा थुप्रै भक्ति गीतहरू रचना गरे। ती गीतहरूमा प्रयोग गरिएका कतिपय शब्दहरू विभिन्न भाषाबाट आएको देखिएको हुँदा उपत्यका बाहिरका कला, संस्कृति, एवम् भाषाको प्रभाव उनीमा परेको बुझ्न सकिन्छ। उनले धेरै गीति कविता रागमालाको रूपमा लेखे। ती भक्तिगीतहरू विभिन्न ऋतु र पर्व सुहाउँदो रागमा त्यो बेलादेखि अद्यापि गाइने चलन छ।

ती भजनहरूलाई सङ्कलित गरी रागमाला सिर्जना …

सिद्धिनरसिंह मल्लका गीतमालामा आधारित चित्रकला
0 comment
0 FacebookTwitterEmail

सबैभन्दा पहिला सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएकोमा पार्टी सभापति शेरबहादुरजीलाई बधाइ दिन चाहन्छु । आगामी संसद् र प्रदेशसभाको निर्वाचनको बेलासम्म सरकारको नेतृत्व गरिरहन सफलता पाउनु होस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।
नेपालमा लोकतन्त्र र नेपाली कांग्रेसका लागि कांग्रेस नेतृत्वमा वर्तमान गठबन्धनको सरकार रहनु स्वभाविक हो र यो आवश्यक पनि छ । त्यसका लागि हामी सबैको सहयोग रहनु पर्दछ ।
सभापति शेरबहादुरजीले स्थानीय तहको चुनाव गराउनु भयो– त्यो पनि एकै दिनमा । हाम्रो जस्तो भौगोलिक अवस्थाका कारण चरणबद्ध गराउनु पर्छ र एकै चरणमा संभव होला कि नहोला भन्ने आशंका भइरहेका बेला एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न हुनु …

सिद्धान्त र व्यवहारिक राजनीति दुबैलाई सँगसँगै लानुपर्छ
0 comment
0 FacebookTwitterEmail

विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा अध्येताहरूको अध्ययनले यी स्थलहरूको महत्ता दर्साउँछ। यी सम्पदा स्थलमा अनेक क्रियाकलाप भइरहेका हुन्छन् जसले सम्पदा क्षेत्रलाई जीवन्त राख्छन् तर कतिपय क्रियाकलाप अवाञ्छनीय हुन्छन्– तिनलाई रोक्नु अति आवश्यक छ।

पाटन दरबारक्षेत्रमा (२०७९ साल असार १४ गते मंगलबार) केही किशोरहरूको एउटा समूह पार्कर गर्न आए। दौडधुप गर्ने, …

सम्पदास्थल पार्कर खेल्ने ठाउँ होइन
0 comment
0 FacebookTwitterEmail

विक्रम संवत् २०५२ को अन्त्यतिर जलस्रोत मन्त्री पशुपतिशमशेर राणाले मलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट अफिसर अन स्पेशल ड्युटी (ओएसडी) को पगरी भिराएर मन्त्रालयमा भित्र्याउने निर्णय गराए। साथै उनले मेरो साविक पदमा कीर्तिचन्द ठाकुरलाई ल्याउने निर्णय समेत गराए। यी दुवै निर्णय कार्यान्वयन गर्ने व्यक्ति हुन्- जलस्रोत मन्त्रालयका सचिव डा. द्वारिकानाथ ढुङ्गेल।

भारतमा अफिसर अन स्पेशल ड्युटीमा रहने व्यक्तिलाई विशेष मान्यता दिइए पनि नेपालमा त्यस्ता व्यक्तिलाई जगेडाको रूपमा भण्डारण गरिएको सम्झिइन्छ। अत: मलाई अफिसर अन स्पेशल ड्युटी पदमा थन्क्याउने कोठा मन्त्रालयमा नहुँदा हिउँदका वेला ४।५ महिना चिया बनाउने जस्तो कोठामा चिसिएर पनि बसियो। त्यस समयमा मन्त्रालय, देश र सारा सांसदहरू …

चक्रव्यूहमा नेपालको जलस्रोत
0 comment
0 FacebookTwitterEmail

देशको आर्थिक अवस्था जतिनै जर्जर भएपनि बजारमा साउन महिनाको तयारी सुरु भइसकेको छ। जताततै हरियो, पहेँलो र रातो चुरापोते अनि कपडाको किनमेल देखिदैछ। यी रङ्ग लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। यसैले त साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको होला।

चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरू पनि उत्तिकै पाइन्छ। तर यथार्थमा चाहिँ रसायन हालेका मेहन्दीका कारण गाढा मेहन्दीको रङ्गले श्रीमान्‌को माया भन्दा पनि हानिकारक …

0 comment
0 FacebookTwitterEmail

हाम्रो देशमा अहिलेको जस्तै आर्थिक बेथिति अरू केही समय कायम रहने हो भने नेपाल छिट्टै श्रीलंका बन्न सक्छ। सबैका लागि यो चेतावनी हो: सत्तासीन गठबन्धनको सदस्य दल नेकपा माओवादी केन्द्रका नम्बर २ नेता नारायणकाजी श्रेष्ठ प्रकाश।

नेपाल छिट्टै श्रीलंका बन्दैछ भनेर एकथरी गैरजिम्मेवार मानिसहरू अनर्गल हल्ला फैलाइरहेका छन्। यथार्थमा त्यस्तो कुनै सम्भावना छैन। ढुक्क हुनुहोस् नेपाल श्रीलंका बन्ने छैन: सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की।

“नेपाल श्रीलंका बन्दैछ / नेपाल श्रीलंका बन्ने छैन” आजको नेपाली जनमानस यिनै दुई परस्पर विरोधी अड्कल / अनुमानको भुमरीमा फसेको छ। यो अड्कल / अनुमान हल्ला बनेर ट्रोल भएको छ। तथाकथित बौद्धिक वर्गमा पर्ने …

0 comment
0 FacebookTwitterEmail

तपाईलाई स‌ंसारको कुनै कुनाको जानकारी चाहियो भने गुगलबाट डाउनलोड गर्न सक्नु होला तर भाषा, संस्कृति, सम्पदा, सभ्यता डाउनलोड गरेर प्राप्त गर्न सक्नुहुन्न। हाम्रो भाषा र संस्कृति चाहिँ अन्धविश्वास अनि अङ्ग्रेजी भाषा र संस्कृतिचाहिँ विज्ञानसम्मत हो भन्ने मानसिकताले हाम्रा भाषाको ज्ञान पश्चिमी भाषिक परम्पराको छायामा परेको छ।

 

भाषा संस्कृतिको वाहन हो । आमाबाट प्राप्त गरेको भाषा त्यस भूमिको संस्कृति हो। हाम्रा गाउँघरका दोहोरी, सङ्गिनी  हाक्पारे,  साकेवा,  देउसी, भैलो, व्रतकथा, पुराण र परम्पराका कथा भाषा हुन्। घाँस, दाउरा, मेलापातमा भोक, खुसी र विरहका कथाले भाषा बाँचेको हुन्छ। सम्पदाभित्र भाषा, साहित्य, संस्कृति, सभ्यता सबै पर्छन् । भाषा मर्दा सम्पदा मर्छ । पहिचान …

खाना, भाषा र संस्कृति बचाउन सम्पदा ज्ञान बैक आवश्यक
0 comment
0 FacebookTwitterEmail

असार २१ गते मङ्गलवार बिहान राजधानीका केही अखबारमा सन्‌सनीखेज भन्न मिल्ने समाचार निस्केको थियो। भएछ के भने अघिल्लो दिन अर्थात् सोमवार बिहान लैनचौरस्थित् भारतीय दूतावासमा उनीहरूकै एक सुरक्षाकर्मीको ज्यान गएछ। पहरेदारीमा खटिएकै बखत ३२ वर्षीय दीपक सिंहको आफ्नै साथमा रहेको बन्दूक पड्केर लागेको गोलीबाट मृत्यु भएको कुरो उल्लेख छ। यसबारे दूतावासले गराउने छानबीनको नतीजा सार्वजनिक नहोउञ्जेल उनले आत्महत्या गरेको मान्नुपर्ने समाचारको सङ्केत छ। उनी उत्तराखण्ड राज्यका बासिन्दा  रहेछन्।

यस घटनाबारे समाचार प्रवाह गर्ने अखबारहरूमध्ये नेपालीमा छापिने एउटा पत्रिकाले नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार के सी ले ‘कुनै जानकारी नभएको बताए’ भनेर लेख्यो। तर यस वाक्यको लगत्तैपछिको बेहोरामा के सी ले यसो …

सूचनाका बेनामी स्रोतः पत्रकार भ्रममा पर्ने भय
0 comment
0 FacebookTwitterEmail

हाम्रा पालामा कति राम्रो थियो। समाज त पुरानै राम्रो, कस्तो अदब थियो, अनुशासन थियो। पहिला गाउँ वा सहर कति राम्रो थियो, खान्की कति मिठो थियो, कति पोसिलो थियो।

यसरी बितिसकेको कुरा सम्झेर त्यही राम्रो भन्ने गफ तपाईँले पनि सुन्नु भएको होला। अलिकति उमेर ढल्केका मान्छेको मुखबाट भूतकाल राम्रो भनेर प्रायः सुनिन्छ। अङ्ग्रेजीमा रेट्रोफाइल भनिने यो प्रवृत्ति सायद मानिसले वर्तमानका भावनाभन्दा पनि विगतका भावनालाई सशक्त रूपमा अनुभूति गर्ने भएकाले जन्मन्छ।

खासमा त समाज परिवर्तनशील छ। पृथ्वीको उत्पत्ति आजभन्दा करिब ४ .६ अरब वर्ष पहिले भएको भन्ने तथ्य विभिन्न प्रकारको चट्टानहरूको अध्ययनबाट वैज्ञानिकहरूले अनुमान लगाएका हुन्। नयाँ नयाँ प्रविधिसँगै मानवको विगतका बारेमा, …

विगतमा नै रमाउने हो त?
0 comment
0 FacebookTwitterEmail

काठमाडौं महानगरपालिकाले फूटपाथमा पसल थापेर व्यवसाय गर्न नदिने भन्दै पसलहरू हटाउन थालेपछि मेयर बालेन्द्र शाहको खुबै आलोचना हुन थालेको छ। स्थानीय निकायको निर्वाचनअघि उनको देवत्वकरण गर्न हौसिनेहरू अहिले दानवीकरण गर्न तम्सिएका छन्। निर्वाचनका बेला कतिपयको नजरमा उनी कार्यकारी अधिकारप्राप्त राष्ट्रपति पदका उम्मेदवारजस्तै आश गरिएका व्यक्तित्व थिए। देश विकास हुन नसक्नाको सम्पूर्ण दोष राजनीतिक दल र त्यसका नेताहरू हुन् भन्ने भाष्य त्यो बेला तयार पारिएको थियो र बालेन्द्र शाहले जिते नेपालको कायापलट हुने बुझाइ बनेको वा बनाइएको थियो।

देशमा रोजगार नभएर वैदेशिक कामदार हुनुपरेको भन्दै विदेशबाटै उनको लबिङ गर्नेहरूको पनि कमी थिएन। आफ्नो गाउँ ठाउँको भन्दा काठमाडौं महानगरपालिकाकै चिन्ता थियो। स्थानीय …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved