विश्व आर्थिक मञ्चले भर्खरै जारी गरेको विश्वव्यापी लैंगिक अन्तर प्रतिवेदन, २०२२ मा पाकिस्तान अन्तिमबाट दोस्रो स्थानमा छ। प्रतिवेदनले शैक्षिक उपलब्धि, आर्थिक सहभागिता, स्वास्थ्य र राजनीतिक सशक्तिकरणलगायतका क्षेत्रमा लैङ्गिक अन्तर कति ठूलो छ भनेर मापन गरेको छ। यो सूचकांकमा समावेश भएका १४६ देशहरूमध्ये, पाकिस्तान १४५ औं स्थानमा छ, जुन अफगानिस्तान भन्दा अलिकित मात्र राम्रो छ। समाचारले कसैलाई अचम्म पार्दैन। पाकिस्तान अस्तित्वमा आएदेखि नै पुरुषको देशमा नारी हुनुको डर र असुविधाप्रति विलाप हुँदै आएको छ। असमानता ठूला छन् – र यदि कसैलाई कति ठूलो छ भनेर वास्तवमै बुझ्ने चाहना छ भने, त्यसका लागि यो प्रतिवेदन उपयोगी छ। यदि तपाईं संख्यामा हेर्न चाहानुहुन्छ …
