Home » समाज » Page 17
Category:

समाज

लण्डन बस्ने डायने इभान्स (परिवर्तित नाम) हरेक दिन ८५ वर्षीय आमालाई फोन गर्छिन्। उनकी आमा वेल्समा बस्छिन्। उनी आमालाई हरेक दिन सोध्छिन्, ‘आफ्नो हात नियमित रुपले धुन र अन्य व्यक्तिहरूसँग शारीरिक दूरी (सोसल डिस्ट्यान्स) कायम गर्न सम्झिरहनुभएको छ ?’ यो प्रश्नले उनकी आमा सधैं अलमलिन्छन्।

कोरोनो भाइरस महामारीका वेलामा हरेक दिन जीवनका सत्यहरू उत्साहहीन भएर झिँझोलाग्दो गरी त्यसैगरी बारम्बार सम्झाइ राखिएको हुन्छ। सुश्री इभान्स आमालाई कोभिड १९ भाइरस संक्रमण होलाकी भनेर हरेक दिन चिन्ता गर्छिन्।

उनकी आमाको अवस्था पहिलेदेखि नै खराब हुँदै गएकोमा मात्र होइन, उनले सामाजिक सम्पर्क र उनको जीवनलाई सहज बनाउन सहयोग गर्ने दिनचर्‍याहरू पनि बिर्संदै गएको हुनाले …

डिमेन्सिया बिरामीको दुस्वप्न
0 comment
0 FacebookTwitterEmail

भारतमा इतिहास शिक्षणको वर्तमान अवस्था हेर्दा यसले भूतकालका विभिन्न घटना बारे जानकारीसम्म दिन्छ भन्ने थाहा हुन्छ । त्यसोभए के इतिहासको काम केवल भूतकालका घटनाहरूबारे जानकारी दिनु मात्र हो? सत्य-असत्य घटनाहरूको ठीकठीक जानकारी दिनु चाहिँ होइन ? यदि इतिहासको काम पुराना घटनाहरूको जानकारी मात्र उपलब्ध गराउने हो भने तिनको उपयोगिता के ? इतिहास शिक्षणको सम्पूर्ण परम्परामा यस प्रश्नको उत्तर प्राप्त हुँदैन र परिणामबाट प्रष्ट बुझ्नु पर्छ कि इतिहास अध्ययनको लक्ष नै प्रष्ट छैन।

इतिहास शिक्षणको उद्देश्य नै प्रष्ट नहुँदा राष्ट्रिय पाठ्यक्रममा समावेश गरिएका सामग्री र तिनको प्रामाणिकताका विषयमा प्रश्न उठ्नु स्वभाविक हुन्छ। यदि कुनै राष्ट्रको इतिहास नै प्रष्ट छैन भने त्यसमा …

0 comment
0 FacebookTwitterEmail

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ का ८५ वर्षीय अवधेश सहनी, बाँसको चित्रो, काठ र परालले बेरिएको छाप्रो बाहिर बसेर हरेक दिन चुनावी रमिता नियाली रहनुभएको छ। अस्ति भर्खर यसैगरी हुलका हुल मान्छे आएका थिए, फेरि नयाँ नयाँ अनुहार गाउँ पसेको थियो, विश्रामपुरका सहनी भन्नुहुन्छ– म त दलित हुँ, मेरो आँगनमा कोही पनि आउँदैन। परैबाट नमस्कार गरेर हिँड्छन्।

पुरानो खिया लागिसकेको कपडा सिलाउने कल आँगनमा राखेर पुरानो कुर्चीमा टोलाई रहनुभएका सहनीको छाप्रोमा आजसम्म कोही पसेको छैन। जताततै दुलो परेको पुरानो झुल, कुच्चिएका पुराना भाँडाबर्तन, जताततै टालेको ओढ्नेओछ्‌याउने र सानो माटोको पानी भर्ने गाग्रो,सहनीको संसार नै यही हो। छोराछोरी सबै लाखापाखा …

0 comment
0 FacebookTwitterEmail

सुनमाया विश्वकर्मा भरतपुर ८ को सुकुम्बासी बस्तीमा बस्नुहुन्छ। उहाँ ७६ वर्षको भइसक्नुभयो। ५० वर्षयता बीसहजारी ताल आडैको सुकुम्बासी बस्ती उहाँको बसोबासस्थल हो।

उहाँको हिसाबमा चितवन झरे यता भएका सबैजसो निर्वाचनमा उहाँले भोट हाल्नुभएको छ। घर नजिकैको विद्यालयमा हुने मतदान केन्द्रमा हरेक निर्वाचनमा मत दिन पुग्ने उहाँलाई कुन वर्ष कसकसलाई भोट दिएँ भन्ने यकिन भने छैन।

किनकी उहाँ स्वयंले आजसम्म आफ्नो निर्णयमा मतदान गर्नुभएको छैन। सुनमायालाई सजिलो हुनेगरि उहाँका श्रीमान रामबहादुरले भन्नुभयो, ‘हामी सँधै सल्लाह गरेर भोट हाल्छौँ।’

रामबहादुरले भन्नुभएको एकदम सही हो। परिवारका ११ जना सदस्यको मत हरेक वर्ष सल्लाहमा नै एउटै चिन्हमा खस्छ। कहिले माओवादी, कहिले एमाले त कहिले

0 comment
0 FacebookTwitterEmail

वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरेका भौतिक संरचना हटाउन थालेको छ। महानगरले सम्बन्धित व्यक्तिहरूलाई पत्र नै काटेर माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न माग गरेको थियो। तर दिएको समयमा एक जनाबाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोली आइतबार सम्बन्धित व्यक्तिकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको छ।

टोलीले अबको २४ घण्टाभित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउन नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न आग्रह गरेको थियो।

महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरूलाई नगर प्रहरी र नक्सा शाखाका

0 comment
0 FacebookTwitterEmail

पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करीब ७ किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ। खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार हो, यो। बजारको मुखैमा वडा कार्यालय छ। त्यसको करीब ५०० मिटर अगाडि बढेपछि कठार माध्यमिक विद्यालयको सामुन्ने ‘व्यवस्थित’ देखिने घरहरू भएको एउटा वस्ती छ।

१३० जनाको बसोबास रहेको यो वस्तीका माध्यमबाट हामी नेपाली समाजको एउटा कुरुप पाटो खोतल्ने प्रयासमा छौं।

सरकारले अघिल्ला दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७) मा रु.१ करोड २५ लाख खर्च गरेर बनाइदिएको वस्तीका घरहरू एकै रंग र आकारका छन्।

१२ जेठ बेलुका यही वस्तीको एउटा घरमा रामचन्द्र माझी र उनकी श्रीमती गीता बेलुकीको खानासँगै रक्सी …

0 comment
0 FacebookTwitterEmail

हिलो बाटोमा एक ऋषि लम्पसार परेर बुद्धलाई हिँड्न सहज बनाइरहेको दृश्य समेटिएको चित्रकला बौद्ध समाजमा निकै प्रचलित छ। यो चित्र देखेर कसैकसैको मनमा यस्तो कुरा खेल्न सक्छ, बुद्ध पनि कस्ता रहेछन्, कोही भक्त लम्पसार परे भनेर तिनैमाथि टेकेर हिड्न हुन्छ ?
कसैलाई यो पनि लाग्नसक्छ, उनी लुम्बिनीमा जन्मेका गौतम हुन्। उनका अगाडि लम्पसार पर्दै गरेका ऋषि कुनै अर्कै धर्मका हुन् र आफ्नो धर्म मन नपरेर बुद्धको शरणमा आएका हुन्। गौतम बुद्धको महिमा मण्डन र अन्य धर्मको मानमर्दन गर्नका लागि यो चित्रकलाको सिर्जना गरेको भन्ने पनि कसैकसैलाई लाग्छ सक्छ। बौद्ध धर्म दर्शनको आधारभूत ज्ञानसँग सम्बन्धित यो चित्रकलालाई नबुझी बौद्ध परम्पराको ज्ञान …

सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
0 comment
0 FacebookTwitterEmail

समाजका हरेक गतिविधि तथा चालचलनलाई हिजोआज लैंगिक दृष्टिबाट हेर्ने र लैगिक समानताको वकालत गर्ने सोचको विकास भएको छ। यो विस्तृत तवरले हेर्नुपर्ने विषयवस्तु हो। त्यसमा एउटा पक्ष छोरा र छोरीको भूमिका हो। कतिपय समाजमा आफैंले जन्माएको छोरीलाई कुनै खास महत्व नै दिइएको हुँदैन भने कतिपय समाजमा भूमिकाको मामिलामा विविधता पाइन्छ।

कुन समाजमा छोरीको भूमिका के कस्तो हुन्छ भन्ने अध्ययन समाजशास्त्रको महत्वपूर्ण विषय हो। यस लेखमा नेवार समाजमा छोरीको भूमिकामाथि केही संक्षिप्त चर्चा गरिन्छ, जसले विस्तृत अध्ययनका लागि ढोका खोल्नेछ। साथै, यसले नेवार समाज बुझ्न पनि सघाउने छ।

नेपाली समाजको बनावटबारे चर्चा गर्दा हामी प्राय: ब्राह्मण, क्षेत्री, तामाङ, मगर, गुरुङ, थारु, …

नेवार समाजमा छोरी
0 comment
0 FacebookTwitterEmail

स्वस्थ शरीर र दिमागको लागि शारीरिक गतिविधिहरू धेरै महत्त्वपूर्ण छन् भनेर बाल्यकालमा तपाईँले पनि पढ्नु भएको थियो होला। त्यो सत्य पनि हो, हरेक दिन नियमित व्यायामले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि सुधार गर्छ। तर संसारमा जसरी आलस्य बढ्दै गएको छ र सोफामा बस्नेe बानी पर्दै गइरहेको छ, त्यसले आममानिसको स्वास्थ्य मात्रै होइन देशलाई पनि बर्बाद गरिरहेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदन ‘ग्लोबल स्टेटस रिपोर्ट अन फिजिकल एक्टिभिटी २०२२’ ले मानिसहरू जसरी शारीरिक रुपमा शिथिल बन्दै गएका छन्, त्यसका कारण आगामी १० वर्षमा ५० करोडभन्दा बढी मानिस मोटोपना, मधुमेह, मुटु रोग जस्ता अनगिन्ती नसर्ने …

0 comment
0 FacebookTwitterEmail

घरसँगैको खेतमा लह–लह धान पसाएर झुल्न थालेको छ। शहर बजारमा चाडपर्वको चहलपहल सुरू भइसकेको छ। पैसावालाहरू भड्किलो खर्च गर्ने योजना बनाइरहेका छन्। रामेछापको मन्थली नगरपालिका वडा नम्वर नौ की चमेली मगर भने घरको पिढीमा बसेर छामछाम छुमछुम गर्दै मकैको खोस्टाको चकटी बुनिरहेकी छन्। वरिपरि चमेलीका सात वटी छोरी बसेका छन्। जेठी माइली, साइली, काइँली, ठाइँली, अन्तरी, जन्तरी, लखन्तरी। जेठी छोरीको बिहे भइसक्यो। कान्छी छोरी भर्खरै–एक कक्षामा पढ्छिन्। चमेलीको आँखा बन्द छ।

जलविन्दु भएर विस्तारै आखाँको दृष्टि गुमाएकी चमेली र उनका श्रीमान्ले एउटा छोरा कुर्दा कुर्दै आठ छोरी जन्माए। उपचार गर्दा गर्दै आँखा पुरै बन्द …

दृष्टिविहीन आमाको दु:ख: सात वटा टुहुरा सन्तान कसरी पालौं ?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved