Home » साहित्य/कला/संस्कृति » Page 25
Category:

साहित्य/कला/संस्कृति

आजको आधुनिकता शब्दले पश्चिमा संस्कृति र सभ्यताले बाइबलसँग विद्रोह गरे यताको समयावधि जनाउँछ। नेपालीहरूले भने आधुनिकताको प्रयोग पश्चिमी सभ्यताले नेपाली समाजमा प्रभाव पार्न थालेका मानकहरूका आधारमा प्रयोग गरिन्छ कि भन्ने लाग्छ। आधुनिकताको सवाल र अर्थ विद्वान्‌हरूले आ-आफ्नो समझअनुसार गर्छन् तर समग्रमा आधुनिकताको अर्थबोधमा विज्ञानप्रतिको अभिरुचि, शिक्षा-स्वास्थ्यको कल्याणकारी व्यवस्थापन गर्ने चेतना, नारी तथा बालबालिकाको अधिकार मानवतावादी चिन्तनको विकाससँग जोडेर हेर्ने गरिन्छ। यसबाहेक नेपाली समाजमा आधुनिकताको थप अर्थपछि छ- निर्धक्क रूपमा सुरा र यौनको प्रयोग, धनका लागि नातागोताको महत्व अवमूल्यन र अधिकारसँग जोडेर शरीरलाई पनि बजारमा फरकफरक किसिमले बेच्ने स्वतन्त्रताको प्रयोग र मौलिक इतिहास, संस्कृति तथा संस्कारहरूप्रति अरुचि अथवा घृणावादी दृष्टिकोण र …

0 comment
0 FacebookTwitterEmail

नेपाली समाजमा महिलाले भोगेका धेरै किसिमका हिंसाका बारेमा चेतना बढाउनका लागि नाटक ‘अभिप्सा’ विभिन्न स्कूलमा देखाउने तयारी गरिएको छ। दृश्य सादृश्य नामक नाट्य समूहले यो कचहरी नाटक तयार गरेको हो। नेपाली समाजमा महिला आधा आकाश ओगट्ने भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको दृश्य सादृश्यले जनाएको छ।

दृश्य सादृश्यका अनुसार छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन।  महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ। यसैलाई मनन गर्दै  महिला अब कमजोर छैनन् भनेर समाजलाई देखाउन लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान कचहरी नाटक  हुने भएको छ।

नाटकमा …

0 comment
0 FacebookTwitterEmail

थाहा छैन, किन हो हिजोआज अक्सर ऊ आफू स्कुल पढ्न गएको सपना देख्छे। गएराति पनि उसले त्यस्तै सपना देखी, तीन–चारजना उसकै छिमलका केटीहरूसँग स्कुलको पोसाक लगाएर, किताबको झोला भिरेर, आपसमा कहिल्यै नटुङ्गिने कुरा गर्दै, हाँस्दै हाँस्दै हिँडेकी तर स्कुलको ढोकासम्म नपुग्दै उसको त्यो मीठो सपना टुट्यो। त्यसपछि उसलाई असाध्यै नरमाइलो लाग्यो। केहीबेर उसका आँखा पनि रसाए।

उसले बुझ्न सकेकी छैन किन हिजोआज ऊ यस्तो सपना देख्न थालेकी छे। एउटै सपना धेरैपटक देख्दा त्यो सपना साकार पो हुन्छ कि ? उसको मनमा झिनो आशा पनि पलाउँछ। सपनाकै कारणले ऊ हिजोआज बिहान १० बज्ने बेलातिर बाटोतिर उत्सुक भएर हेर्न थालेकी छे। उसकै …

0 comment
0 FacebookTwitterEmail

अग्रज कलाकार केशव दुवाडी नेपाली चित्रकला र कलाशिक्षाका एक मूर्धन्य एवम् गुरु कलाकारका रूपमा ख्यातिप्राप्त व्यक्ति हुनुहुन्थ्यो। उहाँ बाँचिरहनुभएको भए पर्सी मङ्सिर १२ गते १०१ वर्षको हुनुहुने थियो। उहाँको जन्म वि.सं. १९७८ सालमा भएको थियो भने २०५३ साल पुस १८ गते ७५ वर्षको उमेरमा उहाँको निधन भयो। नेपाली ललितकलाका लागि उहाँको निधन ठूलै दुर्घटना भए पनि त्यस दु:खद् घडीमा त्यतिबेला खासै हार्दिक समवेदनाको सामूहिक स्वर सार्वजनिक भएको पाइएन। शिक्षण अस्पताल, महाराजगञ्जको क्याविन नं. ३०४ मा इन्तु न चिन्तुको अवस्थामा उहाँ उपचारमा रहनुभयो। अचानक रिङटा लागेपछि उहाँको मस्तिष्कमा असर परेको थियो। लगभग दुई सातासम्म उहाँको अवस्था सुध्रिने बिग्रिने स्थितिका बीच गुज्रिरह्यो। …

चित्रकला र कलाशिक्षाका मूर्धन्य कलाकार केशव दुवाडी
0 comment
0 FacebookTwitterEmail

मानवअधिकार विश्वका समस्त मानव जातिसँग सम्बन्धित कुरा भएकाले यो स्वत: विश्वव्यापी सरोकारको विषय बनेको हो । सबैको चासो रहेको यो विषय संवेदनशील छ । मानवअधिकार मानव भएर जन्मेपछि स्वत: प्राप्त हुने जन्मसिद्ध अधिकारको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एप्लाइड बुद्धिज्म’ अन्तर्गत ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा विगत केही वर्षदेखि प्राध्यापन गर्दै आइरहेको छु । प्रत्येक वर्ष पढाउन थाल्दाका सुरुका दिनहरूमा विद्यार्थीहरू मानवअधिकारको अवधारणा पनि गौतम बुद्धबाटै सुरु भएको अनुमान गर्छन् । मेरो पुस्तक ‘बुद्ध र मानवअधिकार’ को गाता हेरेको वा शीर्षक मात्रै सुनेकाहरूमा पनि यही बुुझाइ रहेको पाइन्छ । बुद्ध र मानवअधिकार दुई बेग्लाबेग्लै विषय हुन् तर भिन्न पनि …

0 comment
0 FacebookTwitterEmail

नेपाली पौभाकलामा उदयचरण श्रेष्ठको नाम र काम यौटा अलग शैली र शिल्पका दर्बिलो स्तम्भका रूपमा लिइने गरिन्छ। कलाकार श्रेष्ठ नेपाली पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्ने कलाकारका रूपमा चिनिनुहुन्छ। पौभाकलामा शास्त्रीय मान्यतालाई स्थापित गराउँदै त्यसमा आफ्नो मौलिकता प्रस्तुत गर्ने कार्यमा पनि उहाँ त्यत्तिकै सफल र सशक्त सर्जक मानिनुहुन्छ। वि.सं. २०२१ सालमा काठमाडौंस्थित नरदेवीमा उहाँको जन्म भएको हो। उहाँका बुबाआमा बद्रीचन्द्र श्रेष्ठ र विष्णुदेवी श्रेष्ठ हुनुहुन्छ। हाल उहाँ स्वयम्भूमा बसोबास गर्नुहुन्छ।

आफ्नो बाल्यजीवन सम्झिँदै उहाँ भन्नुहुन्छ– ‘सुरुमा महेन्द्र आदर्श विद्याश्रममा पढ्थें।  त्यहाँ हप्ताको दुई कक्षा चित्रकला सिकाइन्थ्यो। त्यसै ताकादेखि म राम्रो ‘ड्रइङ’ बनाउँथेँ। पछि म नेपाल आदर्श मा. वि. मा …

0 comment
0 FacebookTwitterEmail

छयासी वर्षको उमेरमा आफ्नी जीवनसंगिनीको स्वर्गारोहण भएपछि एकजना वृद्ध भावविह्वल हुनुहुथ्यो। उहाँका ६ भाइ छोरा, बुहारी र नाति नातिनाहरू भएको ठूलो परिवार थियो। आमाको निधन भएपछि छोराहरूसहितका परिवारजनले आफ्नो रीति परम्परा अनुसार काजक्रियाको कर्म सके र बुबालाई सोधे – ‘अब तपाईं कहाँ, को (कुन छोरा /बुहारी ?) सँग बस्नुहुन्छ त ? वृद्ध बुबाले आँखाभरि बरर आँसु झारेर सबै छोरा, बुहारीतिर हेर्नुभयो र भन्नुभयो– ‘पख, म मेरो मनलाई सोध्छु, अनि भनुँला।’ आखिर मन के हो ? जससँग ती वृद्ध बुबाले सोध्छु भन्नुहुन्छ।
मन के हो ?
नेपाली शब्दकोषका अनुसार –“मन भनेको प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा …

0 comment
0 FacebookTwitterEmail

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ। यो विमानस्थलको प्रयोजन लुम्बिनी आउने धार्मिक पर्यटकसँग मात्र सीमित त होइन तर यसको प्रमुख लक्ष्य भने धार्मिक पर्यटक नै रहेको पाइन्छ। यस अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भएका कागजात तथा विचारविमर्शहरूले यो कुराको पुष्टि गर्दछ। यसरी नै प्रचार गरिँदै आएको वर्षौवर्ष भइसक्यो पनि तर बौद्ध स्थलको भ्रमणमा आउने पर्यटकहरू मात्रै होइन, अन्यका लागि पनि यो विमानस्थल अपेक्षा गरिएजस्तो उपयोगमा आउन सकिरहेको छैन।
विमानस्थलको उद्घाटनका बेला दैनिक दशदेखि पन्ध्र वटासम्म उडान भर्ने अपेक्षा राखिएको थियो तर उद्घाटनको छ महिना बितिसक्दासमेत हप्तामा बल्ल एउटा उडान भरेर …

0 comment
0 FacebookTwitterEmail

कलाकार श्रीजनकुमार राजभण्डारी समसामयिक नेपाली कलाजगत्मा ‘एकेडेमिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै आएका सीमित कलाकारकामध्ये एक हुनुहुन्छ । जलरङ होस्, वा तेलरङ वा अन्य माध्यम नै किन नहोस्, कलाकार राजभण्डारी तिनमा एकदम सूक्ष्म र श्रमपूर्वक काम गर्नुहुन्छ । उहाँका ती कलाकृतिले नेपाली मन र माटोलाई प्रतिनिधित्व गर्दै आइरहेका छन् । ती चित्रलाई उहाँको मौलिक शिल्प–दक्षताको उदाहरण भनेर निकै प्रशंसनीय बटुल्दै आएको छ ।

काठमाडौंको अट्कोनारायणस्थानमा उहाँको जन्म वि.सं. २०१९ सालमा भएको हो । उहाँका बुबाआमा मोहनधर राजभण्डारी र गङ्गादेवी राजभण्डारी हुनुहुन्छ । आफ्नो समयमा उहाँका बुबाले विभिन्न किसिमका मूर्तिहरू बनाउनुहुन्थ्यो । उहाँ पनि सानैदेखि बुबाले बनाउनुभएका मूर्तिदेखि प्रभावित हुनुहुन्थ्यो । त्यसैले मूर्तिकलामा …

‘प्राज्ञिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै कलाकार श्रीजनकुमार राजभण्डारी
0 comment
0 FacebookTwitterEmail

वर्तमान विश्वमा बौद्ध धर्म–दर्शन लोकप्रिय छ। आफ्नै प्रयासले सत्यको बोध गरी त्यही सत्यरूपी शिक्षालाई सर्वसुलभ गर्ने गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालभित्रै परेकाले नेपालीहरू उनीसँग भावनात्मक सम्बन्ध राख्न मन पराउँछन्। बुद्ध नेपालमा जन्मेको भनी गौरव गर्ने, मन परेको कुरा व्यक्त पनि गर्ने तर उनी र उनका शिक्षा वा धर्म–दर्शनबारे अनभिज्ञ हुनु एक खालको विरोधाभास हो। बौद्ध धर्म–दर्शनबाट विश्व लाभान्वित भइरहेको अवस्थामा आफू त्यसबारे अनभिज्ञ हुनु कतिपय नेपालीलाई निको लाग्दैन र अध्ययन तथा अभ्यास गर्नतिर लागेको पाइन्छ।

बौद्ध अध्ययन क्षेत्रमा भर्खरभर्खर मात्र प्रवेश गरेका होऊन् वा उचित मार्गदर्शन बिना नै लामो समयदेखि लागेका, धेरैले सामना गर्ने एउटा साझा समस्या हो, बौद्ध धर्म–दर्शन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved