अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ ।
भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठौँ गन्तव्य सूचीमा राखेको थियो ।
जिल्लाको सागुरीगढी गाउँपालिका–६ स्थित सो गाउँलाई सिएनएन टोलीले स्थलगत भ्रमण गरेपछि विभिन्न नौ सूचकका आधारमा नाम्जेलाई आफ्नो गन्तव्य सूचिमा राखेको थियो । सो समयमा सिएनएनले नाम्जे क्षेत्रका आत्मघर, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, विभिन्न एफएम टावरहरू, मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धबिहार र आग्र्यानिक गाउँलाई आधार मानेर नाम्जेलाई आठौँ गन्तव्य घोषणा गरेको थियो …