Home » स्वास्थ्य » Page 12
Category:

स्वास्थ्य

सरकारी बेवास्ता र अव्यवस्थापनको सिकार भएको महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा सोमबार २४ घण्टाभित्र २४ जना बिरामीले ज्यान गुमाएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार मृत्यु हुनेमा अन्य अस्पतालबाट गम्भीर अवस्थामा ल्याइएका १२ नवजात शिशु पनि छन् ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार तीमध्ये अधिकांशको मृत्यु अस्पतालमा औषधीको अभावका कारण भएको हो भने उक्त अस्पतालमा जनशक्तिको पनि अभाव छ।

भारतीय सञ्चार माध्यम प्रेस ट्रस्ट अफ इन्डिया- पीटीआईका अनुसार, प्रदेश सरकारले छानबिन सुरु गरी मङ्गलवारसम्म प्रतिवेदन बुझाउन विज्ञ टोली नियुक्त गरेको छ।

मृत्यु भएका नवजात शिशुमा सर्प दंश, विषाक्तता, सुत्केरी हुने जस्ता विभिन्न स्वास्थ्य समस्या रहेको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय सञ्चार …

0 comment
0 FacebookTwitterEmail

सन् २०२३ को नोबेल पुरस्कारको घोषणा सोमबारदेखि सुरु भएको छ । यस अन्तर्गत आज फिजियोलोजी वा मेडिसिन क्षेत्रकालागि यो सम्मानका विजेताको नाम घोषणा गरिएको हो । यस वर्ष, क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्सा तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। उहाँहरूलाई यो सम्मान न्यूक्लियोसाइड आधार परिमार्जनसँग सम्बन्धित उहाँहरूको खोजको लागि दिइएको हो। यो खोजले कोरोनाभाइरस अर्थात् कोभिड-१९ विरुद्धको प्रभावकारी खोपको विकासमा मद्दत गरेको थियो ।

नोबेल समितिका सचिव थोमस पर्लम्यानले सोमवार कोरोलिन्स्का इन्स्टिच्युटमा विजेता घोषणा गर्नुभएको हो । उहाँले विश्वभरि १ करोड भन्दा बढीको ज्यान लिइसकेको कोरोना महामारीको विरुद्ध लड्न योगदान पुर्‍याउने पुरस्कार विजेताहरूको प्रशंसा गर्नुभएको थियो ।

क्यारिको र …

0 comment
0 FacebookTwitterEmail

आज विश्व मुटुरोग दिवस। देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। सन् १९९९ बाट पहिलो पटक मनाउन सुरु गरिएको मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाइन्छ। यो वर्ष ‘युज हार्ट, नो हार्ट’ अर्थात् हरेक मुटुलाई प्रयोग गरौं र मुटुलाई चिनौं भन्ने नारासहित मनाइँदै छ।

मुटु मानव शरीरकै महत्वपूर्ण अंग हो। मानव जातिलगायत भर्टेब्रेट (ढाड भएका) प्राणीहरूको शरीरको एक अंग हो। यो अंग शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित हुन्छ। मुटु मानव तथा अन्य जनावरमा भएको पेसी अंग हो, जसले रक्तनलीमार्फत सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ। एक दिनमा स्वस्थ मुटु झन्डै एक लाखपटक धड्किन्छ।

सामान्यतः एउटा वयस्क मानिसको मुटुको …

0 comment
0 FacebookTwitterEmail

घरभन्दा केही पर जस्तापाताको खोर छ। खोर भन्नासाथ बाख्रा र अन्य जनावर राख्न बनेको भन्ने लाग्न सक्छ। तर, यो खोर कुनै जनावरलाई राख्न निर्माण गरिएको होइन। बरु यहाँ मान्छे बस्छन्। हो, यो खोरभित्र जाजरकोटको बारेकोट गाउँपालिका ४ रावतगिरी गाउँका हेमराज रावत बस्नुहुन्छ।

रावत उमेरले १८ वर्ष पुग्नुभयो। सानैबाट मानसिक रोगी भएकाले उहाँलाई खोरमा बस्नुपर्ने अवस्था आएको हो। सानैबाट मानसिक अवस्था बिग्रिएपछि छुट्टै खोर बनाएर राख्नुपरेको हेमराजका बुवा कालीबहादुर रावत बताउनुहुन्छ।

‘पहिले अवस्था राम्रै थियो,’ कालीबहादुरले भन्नुभयो, ‘पाँच वर्षको उमेरमा ज्वरो आयो। हस्पिटल लगियो। पहिले बोल्ने तीन दिनपछि नबोल्ने भयो। बिस्तारै मानसिक अवस्था बिग्रँदै गयो। अनि उसको बास खोरमा हुन थाल्यो।’…

पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
0 comment
0 FacebookTwitterEmail

सन् २०२० मा क्यान्सरजस्तो घातक रोगबाट विश्वभर ५३ लाख जनाले ज्यान गुमाएका छन्। द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित चिकित्सा अध्ययनमा २०२० मा ५३ लाख जनाले अनाहकमा ज्यान गुमाएको उल्लेख छ। मृत्यु हुनेमा २९ लाख पुरुष र २३ लाख महिला छन्। २३ लाख महिलामध्ये करिब १३ लाखको मृत्यु तमाखु, मदिरा, मोटोपन र संक्रमणका कारण भएको बताइएको छ। कुल मृत्यु हुनेमध्ये ७० प्रतिशतको ज्यान बचाउन सकिने अध्ययनले देखाएको छ।

इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) को मृत्यु दरमाथि ग्लोबोक्यान २०२० डेटा प्रयोग गर्दै शोधकर्ताले अध्यनमार्फत समयमै क्यान्सर पत्ता लगाएमा र त्यसको उपचार सुरु गरेमा लाखौंलाई मृत्यु हुनबाट जोगाउन सकिने सुझावसमेत दिएका …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय डाक्टरमाथि सांघातिक हमला गर्ने क्रम बढेको छ। यही हमलाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। मंगलबार काठमाडौँको माइतीघर मण्डलामा चिकित्सकले विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भएमा उनीहरुका आफन्तले उपचारमा संलग्न चिकित्सक, नर्समाथि हातपात गर्ने गरेका छन्। एक महिनाभित्र मात्रै ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ।

चिकित्सकमाथि पटकपटक हातपात भएपछि त्यसको प्रतिकारमा चिकित्सक नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले मंगलबार देशभर पोसाकमै प्रदर्शन गरेका छन्। उनीहरूले ‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट’, ‘अस्पताल नआऊ, डाक्टर …

0 comment
0 FacebookTwitterEmail

मुटु रोगबाट बच्नका लागि स्वास्थ्यकर खानपान र जीवनशैलीमा ध्यान दिनु पर्ने विज्ञहरूले बताएका छन्। विश्व मुटु दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ पाटन र नेपाल एनसीडी एलायन्सले संयुक्त रूपमा सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरूले सो कुरा बताएका हुन्। मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटु रोगबाट विश्वमा सबैभन्दा धेरै मानिसले अकालमै ज्यान गुमाइरहेको बताउनुभएको छ। डा. प्रकाशराज रेग्मीले विश्वभर बर्सेनि २ करोड मानिसले मुटु रोगको कारण ज्यान गुमाउने गरेको तथ्यका बारेमा बताउनुभयो। विभिन्न कारणले नेपालमा पनि बर्सेनि मुटु रोगीहरूको सङ्ख्या बढ्दै गएकोले यसतर्फ सचेत हुनु पर्ने डा. रेग्मीले बताउनुभएको छ। डा. रेग्मीका अनुसार नेपालमा वार्षिक ३० लाख मानिसको मुटु …

0 comment
0 FacebookTwitterEmail

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो।

आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउनेछ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भएपनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेन्डर आह्वान गरेको थियो।

नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ। ५ वर्षका लागि …

0 comment
0 FacebookTwitterEmail

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२१ मै प्रयोग गर्न नहुने भनेका १०३ प्रकारका एन्टिबायोटिकमध्ये १४ प्रकारका एन्टिबायोटिक औषधि नेपालमा प्रयोग हुँदै आएको थियो। औषधी व्यवस्था विभागले बल्ल ती सबैमा बन्देज त लगायो तर व्यापारीको हित मनन गर्दै ती औषधिको स्टक बेचिसक्न ६ महिनाको समय दिएको छ। ६ महिनाको समयको यो छुट समय आम मानिसको हित भन्दा पनि व्यापारीहरूको हितमा भएको भनेर जनस्वास्थ्यकर्मीहरूले आलोचना गरेका छन्।

यो साताको सुरुमा नै एक सूचना प्रकाशित गरेर औषधी व्यवस्था विभागले एक सय तीन प्रकारका प्रति जैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती …

१०३ एन्टिबायोटिकमा प्रतिबन्ध तर स्टक बेचिसक्न ६ महिनाको छुट
0 comment
0 FacebookTwitterEmail

मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा बुटवलसहित देशभरका चिकित्सकहरू आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलित बन्दा बिरामी भने अत्यावश्यक उपचार सेवा पाउनबाट वञ्चित भएका छन्।

नेपाल चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भनेको थियो। संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ।

देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरंग (ओपिडी)को टिकट वितरण गरेका छैनन्। लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका चिकित्सकहरू विरोध कार्यक्रमसहित धर्ना दिएका छन्। उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न बन्द गर’, …

लुम्बिनी प्रादेशिकसहित देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, बिरामी उपचारबाट वञ्चित
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved