मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा बुटवलसहित देशभरका चिकित्सकहरू आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलित बन्दा बिरामी भने अत्यावश्यक उपचार सेवा पाउनबाट वञ्चित भएका छन्।
नेपाल चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भनेको थियो। संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ।
देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरंग (ओपिडी)को टिकट वितरण गरेका छैनन्। लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका चिकित्सकहरू विरोध कार्यक्रमसहित धर्ना दिएका छन्। उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न बन्द गर’, …
