कोभिड कहरका बेला कोशी प्रदेशका प्रादेशिक र जिल्ला अस्पतालमा जडान गरिएका आइसियू कक्ष, अक्सिजन प्लान्ट र प्रदेश सरकारको सहयोगमा खरिद गरिएका भेन्टिलेटरलगायतका उपकरण जनशक्ति अभावले थन्किएका छन्। ०७७ फागुनमा कोरोना जनसुरक्षा कोषबाट २ करोड लागतमा उपकरण खरिद गरिए पनि आवश्य जनशक्तिको अभावमा ती उपकरण प्रयोगविहीन अवस्थामा छन्।
करोडौंका उपकरण प्रयोगमा नआउँदा पूर्वी पहाडी जिल्लाका बिरामी अहिले पनि धरान र विराटनगरका अस्पताल धाउनुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमितनाथ ठाकुर बताउनुभयो।
डा. ठाकुरका अनुसार बिरामी भर्ना कक्षमा जोडिएको भेन्टिलेटर सुरुबाटै चलाइएको छैन भने धेरै पार्टपुर्जासमेत झिकिएको अवस्थामा अलपत्र छ। आइसियू र भेन्टिलेटर सञ्चालन गर्न ‘क्रिटिकल केयर टिम’ चाहिन्छ। साथै पूर्वाधार …
