कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग भयावह बन्दै गएको छ। प्रदेशका १३ जिल्लामा डेंगु फैलिए पनि प्रदेश सरकार भने केन्द्रको मुख ताकेर बस्दा अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको हो। डेंगुको ‘हटस्पट’ धरानमा जेठ दोस्रो सातायता आठ जना संक्रमितको मृत्यु भइसकेको छ।
प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा हाल साढे चार हजार बढी डेंगुका बिरामी छन्। पछिल्ला दिनमा डेंगु क्रमिक रुपमा अन्य जिल्लामा पनि फैलिएको मन्त्रालयले जनाएको छ। यद्यपि मन्त्रालयले डेंगु फैलिन नदिन ठोस योजना बनाएर अघि बढेको भने पाइँदैन।
मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले गएको दुई सातामा प्रदेशका १४ जिल्ला मध्ये १३ जिल्ला (सोलु) बाहेकका अन्य जिल्लामा डेंगुका बिरामी देखा …
