परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिनुभएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘परिवारमा सुख समृृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ। तपाईंहरुको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डोर्याउने छ। स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन्।’
उद्यमशीलताको संस्कृतिलाई …
