तीन महिना देखि लगातार सीमावर्ती बजारमा भारतीय रुपैयाँको अवमूल्यन जारी छ। यसबाट दुबै देशका सुरक्षा अधिकारी चिन्तित छन्। अप्रत्याशित रुपमा नेपाल भित्रिएको भारतीय रुपैयाँ ‘कसको र कस्तो’ हो ? भन्ने ठम्याउन दुबै देशका सुरक्षा अधिकारीलाई गाह्रो भएको छ। विगत तीन महिनादेखि नेपाल भित्रिने भारतीय रुपैयाँको लर्को दशैँसम्म चलिरहने छ। कालो धनको रुपमा भारतबाट नेपाल १० अर्ब भारतीय रुपैयाँ आउने योजना रहेको छ। जसले गर्दा भारतीय रुपैयाँको तुलनामा नेपाली रुपैयाँ लगभग ५ देखि १० प्रतिशतले मङ्हगो भएको छ। सीमावर्ती बजारमा भारतीय १ सय भारतीय रुपैयाँको १ सय ५३ नेपालीमा कारोबार भइरहेको छ। नेपालका सीमावर्ती बजारमा भने भारतीय रुपैयाँ चलिरहेको छैन। खाँचो …
