समुन्द्र सतहबाट लगभग २१०० मिटरको उचाइँमा रहेको प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा अवस्थित स्वर्गद्वारी साँच्चिकै सुन्दर, शान्त,रमणीय र अलौकिक स्वर्गतुल्य छ। महाभारत कालमा पाँच पाण्डव स्वर्ग जाने क्रममा यज्ञ गरेको स्थान भएकोले स्वर्गद्वारी नाम रहन गएको भन्ने लोकमान्यता छ। विसं १९१६ साल श्रावण शुक्ल एकादशीका दिन साविकको सखी गाविस वडा ९ रून्टी रोल्पाको गौतम (खत्री) परिवारमा जन्मनु भएका महाप्रभु ( बाल्यकालको नाम नारायण) जन्मको छैठौं दिनमा आमाले मासु खाएको थाहा पाएर आमाको दूध खान छाड्नुभएछ। तत्पश्चात गाईको दूध खाएर महाप्रभुको भौतिक देह हुर्किए छ। महाप्रभु सानैदेखि विलक्षण प्रतिभा भएको र अपत्यारिला (सामान्य रुपमा बालकले गरेको हो भनेर …
