Home » खोज » Page 12
Category:

खोज

जुन बेला नेपालमा राज्यलाई ढाँटेको, फर्जी कागजपत्र मार्फत सरकारी सुविधा प्राप्तगरेको विषयमा छानविन गरेर कारबाही गर्नु पर्ने दायित्व भएका राज्यका सम्बन्धित निकाय अभियोगी बहावलाला नेपालका गृहमन्त्रीलाई जोगाउन लागि परेका बेलामा अमेरिकाका वहालवाला राष्ट्रपति भने यस्तै निकायबाट कारबाही भोगी रहेका थिए।

नेपालमा सुशासन कस्तो छ भन्ने सन्दर्भमा यो उदाहरण प्रस्तुत भएको हो। माघको पहिलो र दोस्रो हप्ता नेपालका वहालवाला उपप्रधान तथा गृहमन्त्री (रवि लामिछाने) माथि दुइवटा नागरिक र दुइवटा राहदानी प्रयोग गरेको आरोपले औपचारिक रुप पायो। तर यो कुराको पुष्टी छानविन गर्ने प्रमुख दायित्व भएको निकाय गृहमन्त्रालय मार्फत होइन। साधारण नागरिकको सूचनाले गृहमन्त्री आफैले आफुबाट यस्तो फर्जी काम भएको स्वीकार्न वाध्य …

0 comment
0 FacebookTwitterEmail

तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छ । निर्माणपक्षले जलविद्युत आयोजना निर्माण कार्यलाई तीब्रता दिइएको छ । आयोजनास्थलमा खुल्ला रुपमा शक्तिशालि बम विस्फोट गर्दा घरहरू चर्किएको र धुलोधुँवाले आजित बनाएकाले बस्तिनै बिस्थापित हुने खतरा बढेको प्रभावित क्षेत्रका बासिन्दाले बताउन थालेका छन् ।

तनहुँ जलविद्युत आयोजनाको प्याकेज १ अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) निर्माणको काम भइरहेको छ । उक्त कामका लागि खुल्ला रुपमा शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गर्दा आसपास क्षेत्रका घरहरू चर्कने, खेतबारी भाँसिने समस्या देखिएका छन् ।

गत असोज महिनादेखि आयोजनाको डाइभर्सन टनेल निर्माणका लागि निर्माण पक्षले विस्फोटक पदार्थको प्रयोग गर्दै आएको छ …

0 comment
0 FacebookTwitterEmail

सुन्दरी बन्नका लागि तपाईँ पनि ब्युटिपार्लरमा गएर अनेकन रसायन प्रयोग गरेर कपाललाई सिधा बनाउनुहुन्छ? कपाल स्ट्रेट गर्नुहुन्छ भने यो खबर तपाईँका लागि हो। तपाईँलाई थाहा छ कपाल स्ट्रेट गर्ने रसायनले महिलाहरूमा पाठेघरको क्यान्सरको जोखिम बढाउन सक्छ? अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले गरेको नयाँ अनुसन्धानबाट यो कुरो पत्ता लागेको हो। कपाल स्ट्रेट गर्ने उत्पादनहरू प्रयोग गर्ने महिलाहरूलाई अन्य महिलाहरूको तुलनामा पाठेघरको क्यान्सरको उच्च जोखिम रहेको अनुसन्धानले के देखाएको छ ।

तर, अनुसन्धानले अन्य कपाल उत्पादनहरू जस्तै कपाल डाई, ब्लीच, हाइलाइट्स वा पर्म्स र पाठेघरको क्यान्सरबीच कुनै सम्बन्ध फेला पारेन। तिनीहरूको अध्ययनको लागि, शोधकर्ताहरूले ३५ देखि ७४ वर्षका ३३,४९७ अमेरिकी महिलाहरू …

0 comment
0 FacebookTwitterEmail

संसदको तेस्रो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा संसदको ९९.२६ प्रतिशतको संख्याले विश्वासको मत पाए। बलियो प्रधानमन्त्रीका लागि यो ऐतिहासिक नै थियो। प्रधानमन्त्री जन्माउने र हटाउने संसदले नै हो।
प्रचण्डले प्रधानमन्त्रीमा यस्तो समर्थन पाउँदा यो सरकारको समर्थक मध्येको ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जलन भयो। केपीबाट त्यस दिनको संसदमा नै भने ‘ढोसा थाप्ने’ र ‘जाल हाल्ने’ काम भयो।
यस अघि सरकार जसरी गठन भयो, प्रधानमन्त्रीले प्रधानमन्त्री बाहेक अरु केही गर्न नपाउने भए, त्यसले नै शासन कतै अन्यत्रबाट चल्ने हो कि भन्ने शंका जन्माएको थियो। सरकार र निकायहरूले पूर्णता पाउँदै जाँदा त्यस्तो देखियो।
मन्त्रीपरिषद् र संवैधानिक परिषद्

0 comment
0 FacebookTwitterEmail

सलाईका काँटी जस्तै हुँदो रहेछ रोग । बेलैमा नियन्त्रण गर्न सकिएन भने आगो झैँ फैलिन बेर लाग्ने रहेनछ । बाँकेमा अहिले दादुरा त्यस्तै देखिएको छ । बाँके पूर्ण खोप घोषित जिल्ला हो ।  राष्ट्रिय खोप अभियान अन्तर्गत बाँकेलाई २०७७ चैत ६ गते  पूर्ण खोपयुक्त घोषणा गरिएको हो । तर, दुई वर्ष नपुग्दै दादुराको संक्रमण मात्र देखिएन, यसले महामारीको झैँ रूप लियो । नियमित खोप अन्तर्गत पर्ने दादुरा खोप नलगाएकै कारण बाँकेमा १२ पुष देखि दादुरा फैलिइरहेको छ । नेपालगञ्जबाट देखिएको दादुरा अहिले कोहलपुर, खजुरा, डुडुवा र नैरनापुर गाउँपालिकासम्म फैलिसकेको छ । सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने

नेपालगञ्जमा दादुराः कहाँ चुक्यो सरकार ?
0 comment
0 FacebookTwitterEmail

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ समुनाय पनि एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसंख्या ६८ हजार ३९९ रहेको छ। यिनीहरू तनहुँ, गोरखा, लमजुङ, मकवानपुर, धादिङ, चितवन जिल्लाहरूमा छरिएका बसेका पाइन्छन्। चेपाङहरूको जीवन वनजंगल र जमिनसँग अति नजिकसँग जोडिएको छ। त्यसैले उनीहरूको बसोबास वनजंगल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर बसेको पाइन्छ।

तनहुँका चेपाङ समुदाय पनि भिरालो जमिन तथा जंगलको छेउछाउमा बसोवास गर्दै आएका छन्। विश्व आधुनिक प्रविधियुक्त बन्दै गएको छ। नेपालीहरू पनि आधुनिक प्रविधिसंगै हातेमालो गर्दै अगाडि बढेका छन्। तर, तनहुँमा बसोवास गर्ने चेपाङ समुदाय भने …

0 comment
0 FacebookTwitterEmail

जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने राउटे समुदायको छुट्टै संसार थियो। बाँदरको शिकार, कन्दमुललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे । जंगलमै भएता पनि उनीहरू खुशी र बलिया थिए। लोभलालच गर्दैन थिए। अलग्गै पहिचान थियो। आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय परिचित थियो।

जंगलमा काठका भाडाकुडा उत्पादन गरेर नजिकका गाउँहरूमा अन्नसँग साट्दै उनीहरू आत्मनिर्भर थिए। आफ्नै चालचलन रितिथितीमा अडिक थिए। उनीहरूको एक बोली थिए। अरुले भनेको पनि र आफुले भनेको पनि पु¥र्याउथे। आफुले भनेको कुरामा विश्वास घात नगर्ने उनीहरू अरुले केही दिन्छु भनेर विश्वासघात गरेको कुरामा अडिक र आफु बलियो भएर पनि लैजान्थे। त्यसैले पनि गाउँमा …

पैसा र मदिराले सकिदै गएका राउटे
0 comment
0 FacebookTwitterEmail

भक्तपुरको मृगौला प्रत्यारोपण केन्द्रमा रहेका बिरामीमध्ये एक तिहाइ चर्को गर्मीमा विदेशमा काम गर्ने युवाहरु छन् ।
जनकपुर अस्पतालकी हेड नर्स रानी झा आफ्नो व्यस्त समयमा मृगौला वार्ड वरिपरि घुम्दै धेरै जवान बिरामीहरूको सूची हामीलाई बताउँदै थिइन् । त्यहाँ, भित्तामा अडेस लिएर सुतिरहेका तिलककुमार शाह थिए, जो बिरामी हुनुभन्दा अघि सात वर्षसम्म खाडीमा निर्माण क्षेत्रमा काम गरेका थिए ।
रानी झाका अनुसार– नजिकैको अर्को ओछ्यानमा मोहन यादव थिए । जो मृत्यु हुनुभन्दा दुई हप्ता अगाडि कतारमा मजदुरी गरेर फर्किएका थिए ।
घरको छेउमा, कम्बलमुनि चुपचाप लडिरहेको अर्को विरामी थिए लजालु स्वभावका २८ वर्षीय सुरज थापा मगर । जो केही वर्ष अगाडि …

रुग्ण मृगौलाको कारण नेपाली श्रमिकको भविष्य उजाड
0 comment
0 FacebookTwitterEmail

काठमाडौँ । नेपालमा भ्रष्टाचारको जरो तलैसम्म गाढिनुमा उपभोक्ता समितिमार्फत गरिने विकास कार्यक्रमहरु पनि हुन् । खासगरी स्थानीय तहको ठूलो विकास बजेट उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिन्छन् ।
यस्तै प्रदेश सरकारहरुको आधाभन्दा बढी विकास बजेट उपभोक्ता समितिमार्फत नै खर्च गरिन्छ । यस्ता खर्चहरुको कार्यक्रम छनौटदेखि कार्यान्वयन र फच्छ्र्यौटसम्म विचौलियामार्फत कमिसनको आधारमा निर्णय हुने आम विकृति मौलाएको छ ।

उपभोक्ता तहमा नै भ्रष्टाचारजन्य सँस्कृति फैलाउने यो विकासे प्रक्रिया सुधारको लागि गर्नुपर्ने नीतिगत सुधारमा संघीय सरकार आँखा चिम्लिएर बसेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र संघीय व्यवस्था मन्त्रालयले गर्न खोजेको नीतिगत सुधार पनि विगतमा प्रधानमन्त्री कार्यालयमार्फत तुहाइएको थियो ।

उपभोक्ता समितिमार्फत हुने यस्तो …

भ्रष्टाचारको फैलिएको जरा : उपभोक्ता समिति
0 comment
0 FacebookTwitterEmail

आमाकै काँखमा सुतेपनि ११ वर्षकै उमेरमा तनहुँकी एक बालिका पटकपटक आफ्नै बुबाबाट यौनजन्य हिंसामा परिन। आफ्नै बुबाको त्यो घृणित कार्यबाट विक्षिप्त १४ वर्षीया बालिका अहिले आफ्नै बुबालाई देख्दा पनि घृणा लाग्ने बताउँछिन्।

बालिकाका बुबाले दुईवटा बिवाह गरेका थिए। बालिका २ वर्षको हुँदा बुबाले छोडेर गएका थिए। उनी करिव ११ वर्षको हुँदा उनका बुबा फर्किएर त्यही परिवारसंगै बस्न थाले। आमासँगै सुत्ने बालिकालाई उनका बुबाले यौनजन्य हर्कत गर्न थाले। उनी सानै भएका करण त्यो हर्कतको प्रतिवाद गर्न पनि सकिनन् र के भइ रहेको छ भन्ने बुझ्न पनि नसकेको सुनाइन्।

तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा सहभागी ती बालिकाले आफु आफन्तबाटै यौनजन्य हिंसामा परेको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved