तामाकोसी नदीमा पानीको बहाव कहिले बढ्छ पत्तो हुँदैन। हिमालको हिउँ पग्लिएपछि तामाकोसीको बहाव बढ्छ। हिमाली खोला खोल्छामा आउने वर्षे भेलले पनि कोसीमा पानीको सतह बढिरहेको हुन्छ। जब कोसीमा पानीको बहाव बढ्छ– तटीय क्षेत्रमा एकोहोरो खतराको सूचक साईरन बज्न थाल्छ। किनकी तामाकोसी नदी, कैयौं जोखिमयुक्त हिमतालको पानीमा निर्भर छ।
दोलखा, बैतेश्वर गाउँपालीका बुस्ति की ६५ वर्षीया कान्छी माया तामाङ… कोसीको भेल, स्थानीय प्रशासनको अवरोध र संभावित बाढीको जोखिम छल्दै सबेरै तामाकोसीको भँगालोमा पस्नुहुन्छ।
अहिले पानी नपर्ने र नदीमा भेल नआउने मौसम भएकाले प्राकृतिक रूपमा उहाँलाई कत्ति पनि त्रास छैन। खोला भित्र पसेर बालुवा निकाल्दा चिसो हिमाली पानीले हात गोडा कटक्कै पार्छ …
खोज
सिन्धुपाल्चोकको नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योगमा आग्लो लागेको दुई दशक नाघेको छ। २०३६ सालमा तीन अर्ब ५९ करोड रुपैयाँको लगानीमा सञ्चालन शुरु गरिएको दक्षिण एसिया कै प्रचुर सम्भावना बोकेको यो उद्योग अहिले बन्द छ।
यस उद्योगमा तत्कालीन सरकारको औद्योगीकीकरण अभियानमा हातेमालो गर्ने दातृ मुलुकले, नेपालको समृद्धिको गतिलो पिरामिड नाम दिएर लगानी गरिदिएका थिए। कृषि, पशु र खाद्य उद्योग तथा निर्माण सामग्री बनाउन प्रयोग हुने क श्रेणीको म्याग्नेसाइट उत्पादन गर्ने यो उद्योग ०५९ सालयता नेपाल सरकारको रुग्ण उद्योगको सूचीमा छ।
२०५४ सालसम्म राम्रोसँग चलेको र एशियाली देशमा गुणस्तरका हिसाबले खपत हुने औद्योगिक ईट्टालाई निरन्तर प्रतिस्थापन गरिरहेको यो उद्योग चल्न नसक्ने गरी थला …
नेपालमा सडक दुर्घटनामा हरेक वर्ष करिब २५ सय जनाको ज्यान जान्छ, त्यसको कयौँ गुणा बढी घाइते हुन्छन् र कयौ हजारौं अपांग हुन्छन्। यस्ता दुर्घटनामा तीन मूल कारण हुने विशेषज्ञहरू बताउँछन्। ती तीन मूल कारणमा पहिलो चालकको लापरबाही र तीव्र गति, दोश्रो कारण यान्त्रिक गडबडी र तेश्रो सडकको अवस्था हो। तेश्रो कारणलाई खासै ध्यान दिइदैन। राष्ट्रिय योजना आयोगका लागि गरिएको एउटा अनुसन्धानका क्रममा अनुसन्धानकर्ता कृष्णबहादुर कुँवरले नेपालका नेपालमा सडक निर्माणका ५९ समस्या पत्ता लगाउनु भएको छ।यहाँ ती ५९ कारणलाई बहसका लागि प्रस्तुत गरिएको छ।
नीतिगत अस्पष्टता, नीतिगत दुरुपयोग, समन्वयको कमी, पटके ठेक्का नवीकरण, विलम्वतामा …
सिन्धुपाल्चोक जिल्लामा हरेक वर्ष ठूलाठूला प्राकृतिक विपत्ति दोहोरिइरहेका छन्। अघिल्लो वर्षको असार एक गते जिल्लाको मेलम्ची क्षेत्रमा आएको अकल्पनीय बाढीले तटीय क्षेत्रमा मच्चाएको विनाश लीलाबाट स्थानीय अझै बाहिर निस्कन सकेका छैनन्। जुन विनाश लीलापछि राजनीतिक नेतृत्वले देखाएको उदासीनता यस पटकको चुनावी नारा नै बन्यो। स्थानीयहरूको विश्लेषण छ, यही मेलम्चीको घाउमा समयमै मलहम लगाउन नसकेकै कारण एमालेका नेता शेरबहादुर तामाङलाई यस पटक जनताले दण्डित गरे।
यही मेलम्चीले भत्काएको संरचना निर्माण गर्ने तथा यो क्षेत्रको प्रकोपमा सँधै जनताको माझमा उभिने भन्दै प्रतिवद्धता जनाएर कांग्रेस नेता मोहन बस्नेतले चुनाव जितिसकेका छन्। मेलम्ची मात्र हैन अधिकांश प्राकृतिक प्रकोपका घटनाका पीडितले अहिलेसम्म न्याय पाएका छैनन्। …
दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ खरिढुंगा माथिको विशाल पहाडी मैदानमा एउटा भव्य अन्तराष्ट्रिय चलचित्र ग्राम बनिरहेको छ। त्यही चलचित्र ग्रामसँगै जोडिएको एउटा खर्क। हिमाली कुहिरो र कुहिरोले गराइरहने झरी छल्दै, अनकन्टार अक्करे भीर तथा घनघोर जङ्गलमा वर्षौँदेखि व्यवसायिक चौँरी पालन गरिरहेका ४१ वर्षीय दोर्जे शेर्पा।
न मानव बस्ती, न भरपर्दो सडक, न विजुली, न सञ्चारको पहुँच…। अनकन्टार जङ्गलको बीचमा एकोहोरो भोटे कुकुर भुकेको आवाज मात्रै सुनिन्छ। नजिकै निर्माण भइरहेको फिल्मसिटीको पूर्वाधारले दोर्जे शेर्पालाई कुनै सुविस्ता दिएको छैन। चकमन्न जङ्गलको बीचमा ससाना छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क।
कलकल सुसाइरहेको हिमाली खोल्सो। हुस्सुले ढपक्क छोपिएको …
झापा र मोरङ जिल्लालाई सुगम जिल्लाका रूपमा चिनिन्छ तर यही जिल्लाबासी दक्षिणी भेगका स्थानीय भने एक दशकदेखि रतुवा खोला वार पार गर्दा पैसा तिरिरहेका छन् भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ। कतिसम्म भने खोला तरेको पैसा तिर्न तयार नहुने हो भने भने झापा र मोरङ आउजाउ गर्न स्थानीयले अझै पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।
प्रत्येक चुनाव ताका उम्मेदवारले चुनावी मुद्दा बनाइरहेको यो पुल उनीहरूले जितिसकेपछि चटक्कै बिर्सने गरेका छन्, त्यसैले यो पुल सधैं गुमनाम अबस्थामा रहँदै आएको स्थानीयको दुखेसो छ। गौरीगञ्ज र रतुवामाई जोड्ने सडक अभावका कारण त्यस क्षेत्रका मानिसले भारतीय बाटो प्रयोग गर्न बाध्य हुनु परेको हो। स्थानीयलाई …
सरकारले सात दशक अघिदेखि बोझिलो सरकारी संरचना छरितो बनाउने भन्दै नागरिकलाई झुक्याएको छ। विगतदेखि नै आफैँले बनाएका समितिका प्रतिवेदन समेत दराजमा थन्क्याएर नागरिकलाई भ्रममा पार्न नयाँ सुझाव बटुल्ने बानी परेको सरकारले फेरिपनि विज्ञहरूबाट प्रतिवेदन बुझ्ने कर्मकाण्ड दोहोर्याएको छ। एउटा समितिको प्रतिवेदन कार्यान्वयन जान नपाउँदै अर्को समिति गठन गर्ने सरकारले हालसम्म बुझेका कुनैपनि प्रतिवेदन सार्थक बनाउन भने सकेको छैन।
२००९ देखि २०७९ सम्म गठित विभिन्न आयोगले सरकारी संरचना चुस्त बनाउने, एकै प्रकृतिको काम गर्ने कार्यालय खारेज गर्ने, अनावश्यक कर्मचारी कटौती गर्ने जस्ता सुझाव दिए, तर कुनै पनि पूर्ण रूपले कार्यान्वयनमा गएनन्। राजनीतिक क्षेत्रमा आएको परिवर्तनसँगै प्रशासनिक क्षेत्रमा समेत सुधारको अपेक्षा गरिने …
- २०७२ सालमा नै ६ वटा देशका हकमा लागू भएको ‘फ्रि भिसा फ्रि टिकट’ लाई मेनपावरको स्वार्थका लागि उल्टाउन प्रयास गर्ने नेताहरू अहिले त्यही नारा दिएर मतदाता मूर्ख बनाउन खोजिरहेका छन्।
- वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्कसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले श्रम गन्तव्य मुलुकमा फ्रि भिसा र फ्रि टिकेटको नीति अवलम्बन गर्न सिफारिस गरेको थियो तर त्यो प्रतिवेदन दबाइयो।
- यससम्बन्धी सर्वोच्चको आदेश समेत लत्याइएको छ।
- ६ वटा देशमा फ्रि–भिसा र फ्रि–टिकट लागू गर्ने निर्णयको प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि २ हजार ७ सय ५० रोजगार पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरेर २ अर्ब ७१
राजनीतिक दलपिच्छेका ट्रेड युनियनका कारण कर्मचारीतन्त्रमा राजनीतिकरण भएकाले कर्मचारीको छाता संगठन बाहेकका ट्रेड युनियन खारेज गर्नुपर्ने आवाज कर्मचारीहरूबाटै उठ्न थालेको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको एक मन्त्रालयको विभागीय कार्यसमितिका सदस्य समेत रहेका शाखा अधिकृतले प्रशासनमा कर्मचारी युनियनहरूको दादागिरी बढेकाले दलैपिच्छेका संगठन खारेज गर्नुपर्ने बताए । कर्मचारीको हकहितका लागि काम गर्न एउटा आधिकारिक संगठन पर्याप्त भएकाले दलैपिच्छेका संगठन अनावश्यक रहेको उनको तर्क छ । आधिकारिक संगठनको कार्यसमितिमा आफ्नो दल निकटका कर्मचारी नआएपछि आफ्नो स्वार्थ अनुकूलका काम गर्न पाइँदैन भनेर छुट्टाछुट्टै युनियनमार्फत प्रशासनमा हैकम चलाउन थालेको उनले प्रष्ट पारे ।
कर्मचारीहरूका ट्रेड युनियनले गर्ने गतिविधिबाट आम सेवाग्राही वा कर्मचारी मात्र …
भन्सार विभागकै डाटा सेन्टरको अवस्था असुरक्षित भएको कुराको खुलासा भएको छ। डाटा सेन्टरको अध्ययन पछि महालेखा परीक्षकको कार्यालयले तयार गरेको कार्यमूलक लेखापरीक्षणले सो खुलासा गरेको हो।
कार्यमूलक लेखापरीक्षणको प्रतिवेदन अनुसार भन्सार विभागका विभिन्न निकायहरूले सेवा प्रवाहका लागि खरिद गरेको यन्त्र, उपकरण, एप्लिकेशन, प्रणालीको उपयोगका क्रममा चोरी, आगलागी, दुर्घटना तथा प्राकृतिक प्रकोप वा दैवी विपत्तिका कारण जुनसुकै बखत क्षति तथा नोक्सानी हुने सम्भावना रहन्छ।
डाटा सेन्टर सञ्चालनमा हाई भोल्टेज विद्युत् निरन्तर प्रवाह हुने, ठूलो क्षमताका मेशिनहरू निरन्तर सञ्चालनमा रहने, कुलिङ, मोनिटरिङ लगायतका उच्च जोखिमयुक्त उपकरण प्रयोग भैरहने भएका कारण जुनसुकै बखत दुर्घटना हुने जोखिम रहन्छ। निरन्तररुपमा हाई भोल्टेजको विद्युत् र बढी …