यही साउन ४ गते स्वतन्त्र समाचार सेवा (आइएनएस) मा हामीले ‘निःसन्तान दम्पतीलाई वरदान बनेको प्रसूतिगृह, कम खर्चमा टेस्ट ट्युब बेबी’ शीर्षकमा समाचार प्रकाशित गरेका थियौँ। उक्त समाचारलाई लिएर धेरै जनाले चासो देखाउनुभयो। हामीलाई प्रत्यक्ष म्यासेज, कमेन्ट गरेर निःसन्तानसम्बन्धी सेवा, शुल्कलगायतका विविध विषयमा कैयौँ प्रश्नहरू सोध्नुभयो।
यसैलाई मध्येनजर गर्दै यसपटक तपाईंहरूकै जिज्ञासा र प्रश्नलाई परोपकारी प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई राखेका छौँ। अधिकांश प्रश्न एकै खालका भएकाले ती सबैको प्रतिनिधित्व हुने गरी प्रश्न छनौट गरिएको छ।
हामीले निःसन्तानसम्बन्धी गरेको समाचारप्रति धेरैले चासो देखाउनुभयो। थुप्रै प्रतिक्रिया आए। ती प्रश्नमध्ये केही प्रतिनिधि प्रश्न तपाईंलाई राख्नेछौं। एउटा प्रश्न थियो–टेस्टट्युब बेबी …