पढ्न र पढाउन दुवै असजिलो कार्य हुन् । पढिनस् भन्न, पढ् कि पढ् भन्न जति सजिलो छ, आफैमा लागू हुँदा पढ्न अप्ठेरै हुन्छ । शिक्षकले पढाउँदैनन्, पढाएनन्, पढाएको बुझिँदैन भन्न सजिलै छ । पढ्न र पढाउन दुवैमा आनन्द महसुस गर्नुपर्छ । यसर्थ पढ्न र पढाउन सजिलै छ र यी कामको जस पनि पाइन्छ । प्राचीन समयदेखि नै पढ्नेले पनि पढ्दै आएका छन्, पढाउनेले पनि पढाउँदै आएकै छन् । पढ्नेले कति सिके वा जाने भनेर र पढाउनेले पनि पढाए मुताबिक पढ्नेले कति सिके वा जाने भनेर पढ्नेको मूल्याङ्कन गरिन्छ । यसैले यस वेबसाइटमा प्रकाशित साधारण लेखलाई चाहिँ निरन्तर मूल्याङ्कन प्रणालीको प्रसङ्गतर्फ
